निक रबिन्सन (अमेरिकी अभिनेता)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निक रबिन्सन
सन् २०१८ मा लभ, साइमन को प्रथम प्रदर्शनमा रबिन्सन ।
जन्मनिकोलस जोन रबिन्सन
(१९९५-०३-२२)मार्च २२, १९९५
सियाटल, वाशिङ्गटन, संयुक्त राज्य अमेरिका
शिक्षाक्याम्पबेल हल स्कूल
मातृ शिक्षाप्रतिष्ठानन्यू योर्क विश्वविद्यालय
पेशाअभिनेता
कार्यकालसन् २००६ - वर्तमान

निकोलस जोन रबिन्सन (अङ्ग्रेजी: Nicholas John Robinson; जन्म मार्च २२, १९९५)[१] एक अमेरिकी अभिनेता हुन् । सन् २००८ मा उनले अ क्रिसमस क्यारोलमेम को नाट्यशाला प्रदर्शनीमा बाल कलाकारको भूमिकामा अभिनय गरेपछि सन् २०१० देखि सन् २०१५ मा मेलिसा एन्ड जोई नामक टेलिभिजन कार्यक्रममा देखा परेका थिए । सन् २०१५ मा जुरासिक वर्ल्डमा सहायक पत्रको भूमिका खेलेका रबिन्सनले सन् २०१३ मा द किङ्स अफ समर, सन् २०१५ मा द फिफ्थ वेभ, सन् २०१७ मा एभ्रिथिङ, एभ्रिथिङ, सन् २०१८ मा लभ, साइमन र सन् २०१९ मा नेटिभ सनमा प्रमुख भूमिकामा देखिएका थिए ।

सन् २०१८ मा रबिन्सनलाई फोर्ब्सको ३० अन्डर ३० को हलिउड श्रेणीमा सूचिकृत गरिएको थियो ।[२]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

रबिन्सनको जन्म मार्च २२, १९९५ मा सियाटल, वाशिङ्गटनमा भएको थियो ।[१][३][४] आफ्नी आमा डेनिस पड्नारबाट उनका ४ भाइबहिनी र विमाताबाट २ दाइदिदी छन् ।[५][६] उनले सन् २०१३ मा क्याम्पबेल हाल स्कूलबाट पढाइ पूरा गरे ।[७] न्यू योर्क विश्वविद्यालयमा भर्ना भएपनि मेलिसा एन्ड जोईको अझै एउटा सत्र सक्काउने उद्देश्यले उनले पाठ्यक्रम एक वर्ष पछि सारे ।

कार्य जीवन[सम्पादन गर्नुहोस्]

११ वर्षको उमेरमा चार्ल्स डिकेन्सको अ क्रिसमस क्यारोलको नाट्यशाला प्रदर्शनीमा बाल कलाकारको भूमिका खेली रबिन्सनले आफ्नो कार्य जीवनको सुरुवात गरेका थिए ।[८] ट्यालेन्ट स्काउट म्याट क्यासेलाको सल्लाह अनुसार रबिन्सनले लस एन्जलसको स्यभेज एजेन्सीसँग साझेदारी गरे । सन् २००७ र सन् २००८ का अमेरिकी लेखक हड्तालका कारण रबिन्सन उनका परिवारका साथ वशिङ्गटन फर्किए जहाँ उनले सियाटलका नाट्यशाला प्रदर्शनीहरूमा भाग लिए ।[८][९]

सन् २०१० मा रबिन्सनले एबिसी टेलिभिजन कार्यक्रम मेलिसा एन्ड जोईमा मेलिसा जोन हार्टकी बहिनीको छोरा, राइडर स्क्यानलनको भूमिका निर्वाह गरे ।

सन् २०११ मा मेलिसा एन्ड जोईको अन्तरालमा रबिन्सनले जेन्डेयाबेला थोर्नसँग डिज्नी च्यानलको फ्रेनेमिज नामक चलचित्रमा काम गरे । फ्रेनेमिजको प्रसारण जनवरी २०१२ मा डिज्नी च्यानलमा भएको थियो ।[१०]

सन् २०१२ मा रबिन्सनलाई द किङ्ग्स अफ समरमा जो टोइको भूमिकामा राखियो ।[११] उनले एचबीओको ब्रोडवाक एम्पायरको तेस्रो सत्रमा "ब्लू बेलबोइ" को भूमिका निर्वाह गरे । उनी कक्स कम्युनिकेशन्सका टेलिभिजन विज्ञापनहरूमा देखिन थालेका थिए ।

सन् २०१५ को टोरन्टो चलचित्र उत्सवमा रबिन्सन ।

सन् २०१३ को अन्त्यतिर रबिन्सनलाई जुरासिक वर्ल्डमा सहायक पात्रको भूमिका निर्वाह गर्न राखिएको थियो । यसको प्रथम प्रदर्शन सन् २०१५ मा भयो ।[१२] टाई सिम्किन्सका साथ जुरासिक वर्ल्ड उनले ब्राइस ड्यालस हावर्डलाई भेट्न जाने दाजुभाइको टोलीको भूमिका निभाउँछन् । जनवरी २०१६ मा निकालिएको द फिफ्थ वेभमा उनी बेन प्यारिशको भूमिकामा देखिए । यी भूमिकाका कारणले उनी मेलिसा एन्ड जोईको अन्तिम सत्रको लागि आउन सकेनन् तर कार्यक्रमका अन्तिम तीन भागमा उनलाई देख्न सकिन्छ ।[१३]

उनले बिइङ चार्ली नामक स्वतन्त्र चलचित्रमा मुख्य पात्र खेलेका थिए । उक्त चलचित्र सन् २०१६ मा विस्वभर प्रदर्शन गर्नु अघि टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र उत्सवमा प्रदर्शन गरिएको थियो ।[१४]

सन् २०१७ मा उनी क्रिस्टलमा देखिए ।[१५] त्यही साल उनले एभ्रीथिङ, एभ्रीथिङमा अलिको भूमिका निर्वाह गरे ।[१६]

अल्डेन एरेनरिचलाई सोलो: अ स्टार वार्स स्टोरीमा हान सोलोको भूमिकामा राख्नु भन्दा अगाडि निक रबिन्सनलगायत अन्य अभिनेताहरूलाई यस भूमिकामा राख्ने विचार गरिएको थियो ।[१७]

सन् २०१८ मा रबिन्सनले लभ, साइमनमा साइमन स्पियरको भूमिका निर्वाह गरे । प्रख्यात स्टुडियोले पहिलो पटक समयौनिक पुरुषको कथा बनाएको हुनाले यस चलचित्रलाई क्रान्तिकारी मानिन्छ ।[१८] रबिन्सनको प्रदर्शनका कारण उनले धेरै सकारात्मक प्रतिक्रिया पाए । यस चलचित्रको संस्कृतिक प्रभावलाई ध्यानमा राखी उनले विद्यार्थीको भूमिका नखेल्ने व्यक्तिगत नियम तोडेको खुलासा गरिएको छ ।[१९]

सन् २०१९ मा उनी नेटिभ सनमा देखिएका थिए ।[२०] जून २०१८ मा उनको वीटजी ब्याटमा देखिने खुलासा भएको थियो ।[२१]

अभिनय[सम्पादन गर्नुहोस्]

चलचित्र[सम्पादन गर्नुहोस्]

वर्ष नाम भूमिका टिप्पणी
सन् २००९ सिसी २०१० सिसीको बुवा (जवान) छोटो चलचित्र
सन् २०१२ फ्रेनेमिज जेक लोगन
सन् २०१३ द किङ्ग्स अफ समर जो टोइ
सन् २०१५ जुरासिक वर्ल्ड ज्याक मिचेल
सन् २०१५ द क्याव किड पङ्क किड छोटो चलचित्र
सन् २०१५ बिइङ चार्ली चार्ली मिल्स
सन् २०१६ द फिफ्थ वेभ बेन प्यारिश
सन् २०१७ एभ्रीथिङ, एभ्रीथिङ दोस्रो बार अतिथि क्यामियो
सन् २०१७ कङ : स्कल आइल्यान्ड अलि ब्राइट
सन् २०१७ क्रिस्टल टेलर अग्बर्न
सन् २०१८ लभ, साइमन साइमन स्पियर
सन् २०१९ नेटिभ सन ज्यान एर्लोन
सन् २०१९ स्ट्रेन्ज बट ट्रू फिलिप चेस
सन् २०२० श्याडो इन द क्लाउड अघोषित पोस्ट उत्पादन
अघोषित सिल्क रोड रस अलब्राइट पोस्ट उत्पादन

टेलिभिजन कार्यक्रम[सम्पादन गर्नुहोस्]

वर्ष नाम भूमिका नेटवर्क टिप्पणी
सन् २०१० - सन् २०१५ मेलिसा एन्ड जोई राइडर स्क्यानलन एबिसी प्रमुख पात्र, ८९ भाग
सन् २०१२ ब्रोडवाक एम्पायर रोल्यान्ड स्मिथ एचबीओ भाग: "ब्लू बेलबोइ"
सन् २०२० लभ, भिक्टर साइमन स्पियर हुलु प्रमुख पात्र, १० भाग
कार्यकारी निर्माता[२२][२३]
सन् २०२० अ टीचर एरिक टल हुलु[२४] प्रमुख पात्र, १० भाग

भिडियो गेम[सम्पादन गर्नुहोस्]

वर्ष नाम भूमिका टिप्पणी
सन् २०१५ लेगो जुरासिक वर्ल्ड ज्याक मिचेल (स्वर)
सन् २०१५ लेगो डाइमेन्शन्स

नाट्यशाला[सम्पादन गर्नुहोस्]

वर्ष नाम भूमिका स्थल
सन् २००७ टू किल अ मकिङबर्ड जेम फिन्च इन्टिम्यान प्लेहाउस
अ क्रिसमस क्यारोल समूह एसिटी थिएटर
सन् २००८
सन् २००८ मेम प्याट्रिक डेनिस फिफ्थ एभेन्यू थिएटर
सन् २००९ अ थाउजेन्ड क्लाउन्स निक बर्न्स इन्टिम्यान प्लेहाउस
सन् २०१० लस्ट इन योङ्कर्स आर्टी कर्निट्स भिलेज थिएटर
सन् २०१९ टू किल अ मकिङबर्ड जेम फिन्च शुबर्ट थिएटर

पुरस्कार र नामाङ्कन[सम्पादन गर्नुहोस्]

वर्ष पुरस्कार श्रेणी काम परिणाम सन्दर्भ
सन् २०१३ फिनिक्स फिल्म क्रिटिक्स सोसाइटी अवार्ड्स प्रमुख वा सहायक पात्रको भूमिकामा सर्वोत्कृष्ट युवा प्रदर्शन - पुरुष द किङ्ग्स अफ समर मनोनित [२५]
सन् २०१५ यङ एन्टरटेनर्स अवार्ड्स सर्वोत्कृष्ट प्रमुख युवा अभिनेता - फिचर चलचित्र जुरासिक वर्ल्ड मनोनित [२६]
सन् २०१७ टीन चोइस अवार्ड्स चोइस नाट्य चलचित्र अभिनेता एभ्रीथिङ, एभ्रीथिङ मनोनित [२७]
सन् २०१८ एमटिभी मूभी एन्ड टिभी अवार्ड्स सर्वोत्कृष्ट चुम्बन] (कीनन लंसडेलका साथ]) लभ, साइमन विजयी [२८]
मानव अधिकार अभियान एलाइ फर इक्वालिटी अवार्ड विजयी [२९]
मावी चलचित्र उत्सव राइजिङ स्टार अवार्ड विजयी [३०]
टीन चोइस अवार्ड्स चोइस ब्रेकआउट मूभी स्टार विजयी [३१]
चोइस मूभी शिप (कीनन लंसडेलका साथ) मनोनित
लस एन्जलस अनलाइन फिल्म क्रिटिक्स सोसाइटी सर्वोत्कृष्ट अभिनेता मनोनित [३२]
पीपल्स चोइस अवार्ड्स सर्वोत्कृष्ट अभिनेता मनोनित [३३]
सर्वोत्कृष्ट हास्य अभिनेता मनोनित
सन् २०१९ सेटलाइट अवार्ड्स सर्वोत्कृष्ट अभिनेता मनोनित [३४]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ @5thWaveMovie (मार्च २२, २०१५), "Happy Birthday to Nick Robinson!" (ट्विट) – ट्विटरद्वारा। 
  2. रोबेमेड, नटाली (नोभेम्बर २०, २०१८), "निक रबिन्सन: ३० अन्डर ३० कलाकारलाई १० प्रश्न ।", फोर्ब्स 
  3. "निक रबिन्सन ।", टिभी गाइड, अन्तिम पहुँच जुलाई २३, २०१६ 
  4. "राइडर स्क्यानलन ।", एबिसी परिवार, अन्तिम पहुँच जून १४, २०१५ 
  5. "बाल कलाकारका पर्वरिश ।", पेरेन्ट म्याप, अन्तिम पहुँच जून १४, २०१५ 
  6. स्टिभेन्स, सरिता, "निक रबिन्सन ।", ल्यापस्प्ल्याश, अन्तिम पहुँच जून १६, २०१५ 
  7. "अलेक्सी निक रबिन्सनसँग एउटै खाटमा ।", युट्युब 
  8. ८.० ८.१ सरी एन केन्ट, "निक रबिन्सनसँग अन्तर्वार्ता ।", द सेलेब्रिटी क्याफे, मूलबाट मे २२, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जून १६, २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०५-२२ मिति
  9. "स्थानीय किशोर कलाकारहरू टेलिभिजन कार्यक्रममा ।", किङ ५, जुलाई १९, २०११, मूलबाट फेब्रुअरी २, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जून १६, २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-०२ मिति
  10. "डिज्नी च्यानलको फ्रेनेमिज चलचित्रको प्रसारणमा ४२ लाख दर्शकहरू ।", टिभी बाइ द नम्बर्स, Jजनवरी १७, २०१२, अन्तिम पहुँच जून १६, २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०१-२३ मिति
  11. स्नाइडर, जेफ (जून २७, २०१२), "टोइको घरमा नाट्यशाला त्रय ।", भेराइटी, अन्तिम पहुँच जुलाई २३, २०१६ 
  12. ""जुरासिक वर्ल्ड" मा "किङ्ग्स अफ समर" को अभिनेता ।", द हलिउड रिपोर्टर, अक्टोबर १५, २०१३, अन्तिम पहुँच अक्टोबर २०, २०१५ 
  13. माइकल प्याटरसन (अगस्ट २२, २०१५), "निक रबिन्सन", moviepilot.com, अन्तिम पहुँच अक्टोबर २०, २०१५ 
  14. "बिइङ चार्ली ।", टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र उत्सव ।, जुलाई २४, २०१५, मूलबाट अक्टोबर २०, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २०, २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-२० मिति
  15. प्याटरसन, माइकल (मार्च २३, २०१६), "विलियम एच मेसीको नयाँ चलचित्रमा अमेरिकन हरर स्टोरी, डेरडेभिल र जुरासिक वर्ल्डका कलाकार ।", मुभी पाइलट, मूलबाट सेप्टेम्बर ९, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २०, २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०९-०९ मिति
  16. Kit, Borys; Ford, Rebecca (जुलाई २०, २०१६), "अम्यान्डला स्टेनबर्ग र निक रबिन्सन "एभ्रीथिङ, एभ्रीथिङ" मा ।", द हलिउड रिपोर्टर, अन्तिम पहुँच जुलाई २५, २०१६ 
  17. Reyes, Mike, "हान सोलोको भूमिकामा राख्ने विचार गरिएका अभिनेताहरू ।", सिनेमा ब्लेन्ड, अन्तिम पहुँच नोभेम्बर १८, २०१८ 
  18. ल्याङ, ब्रेन्ट (मार्च ९, २०१८), ""लभ, साइमन" मा चित्रित समयौनिक कथाले कयौँ किशोरहरूको ज्यान बच्ने विश्वास छ ।", अन्तिम पहुँच अप्रिल २५, २०१८ 
  19. ""लभ, साइमन" को कारणले निक रबिन्सनको भाइको समयौनिकता स्वीकार्न सहज भयो रे ।", अन्तिम पहुँच अप्रिल २५, २०१८ 
  20. "निक रबिन्सनले कसरी साइमनको भूमिका पाए भन्ने बारे भन्छन ।", युट्युब, मार्च १९, २०१८, अन्तिम पहुँच मार्च २०, २०१८ 
  21. "एन्ना टेलर-जोइ, निक रबिन्सन र साशा लेन वीटजी ब्याटमा ।", डेडलाइन, जुलाई ११, २०१८, अन्तिम पहुँच नोभेम्बर २५, २०१८ 
  22. इयानुची, रेबेका (अप्रिल ११, २०१९), "लभ, साइमन शृङ्खला डिज्नी प्लसमा ।", टिभी लाइन, अन्तिम पहुँच अप्रिल १२, २०१९ 
  23. पेट्स्की, डेनिस (अगस्ट १५, २०१९), ""लभ, साइमन": माइकल सिमिनो प्रमुख पत्रको भूमिकामा ।", डेडलाइन, अन्तिम पहुँच अगस्ट १५, २०१९ 
  24. इयानुची, रेबेका (नोभेम्बर ७, २०१९), "एफएक्सले हुलुमा नयाँ कार्यक्रमको सुरुवात गर्यो ।", द हलिउड रिपोर्टर, अन्तिम पहुँच नोभेम्बर १६, २०१९ 
  25. "फिनिक्स फिल्म क्रिटिक्स सोसाइटी अवार्ड्स (२०१३) ।", अन्तिम पहुँच जुलाई ३, २०२० 
  26. "यङ एन्टरटेनर्स अवार्ड्सको पेशी (२०१५) ।", अन्तिम पहुँच जुलाई ३, २०२० 
  27. Ramos, Dino-Ray (अगस्ट १३, २०१७), "टीन चोइस अवार्ड्स २०१७ का विजेता ।", Deadline, बिजनेस मिडिया, अन्तिम पहुँच जुलाई ३, २०२० 
  28. एटकिन्सन, केटी (जून १८, २०१८), "एमटिभी मूभी एन्ड टिभी अवर्ड्स २०१८ विजेता: सम्पूर्ण सूची ।", बिलबोर्ड, अन्तिम पहुँच जून १९, २०१९ 
  29. "मानव अधिकार अभियानद्वारा अभिनेता निक रबिन्सन सम्मानित ।", मानव अधिकार अभियान 
  30. "निक रबिन्सन २०१८ मावी राइजिङ स्टार अवार्डद्वारा सम्मानित ।" 
  31. इभान्स, ग्रेग (जून २२, २०१८), "टीन चोइस अवार्ड्स २०१८ का मनोनयन ।", डेडलाइन, अन्तिम पहुँच जून २२, २०१८ 
  32. "लस एन्जलस अनलाइन फिल्म क्रिटिक्स सोसाइटीका मनोनयन ।", इआइएन न्यूज, जून २९, २०१८, अन्तिम पहुँच जून २९, २०१८ 
  33. "२०१८ पीपल्स चोइस अवार्ड्सका मनोनयन ।", इ ! अनलाइन, सेप्टेम्बर ५, २०१८, अन्तिम पहुँच सेप्टेम्बर १३, २०१८ 
  34. "प्रेस एकेडमी", नोभेम्बर २९, २०१८, मूलबाट नोभेम्बर २९, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २९, २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-२९ मिति

बाह्य कडी[सम्पादन गर्नुहोस्]