नेपाल राष्ट्रवादी गोर्खा परिषद्
नेपाल राष्ट्रवादी गोर्खा परिषद गोर्खा परिषद | |
---|---|
अध्यक्ष | भरत शमशेर |
स्थापना | २००७ |
विचारधारा | पुरातनवाद राजतन्त्रवादी राणा शासनवादी राष्ट्रवाद |
राजनीतिक स्थान | दक्षिणपन्थी |
निर्वाचन चिह्न | |
नेपाल राष्ट्रवादी गोर्खा परिषद राणा शासनको हिमायती मानिने राजनीतिक पार्टी थियो । पार्टीको स्थापना पूर्ववर्ती राणा वंशका सदस्यहरूले वि.सं २००७ मा गरेका थिए। पार्टीको नेतृत्व भरत शमशेर जबरा र मेजर जनरल मृगेन्द्र शमशेर जबरा र रणधीर सुब्बाले गरेका थिए। [१]
२०४६ सालमा एउटा समूहले यही नाममा पार्टीको पुनर्गठन गरेको थियो।
इतिहास
[सम्पादन गर्नुहोस्]वि.सं. २००८ मा बीपी कोइरालाको निवासमाथि आक्रमणको घटनापछि सरकारले गोर्खा दलमाथि प्रतिबन्ध लगाएको थियो । वि. सं. २००८ साल जेठ २९ गतेका दिन बिहान सबेरै गोरखा दलका जनरल सेक्रेटरी भरतसमशेर जबरा र गोरखा लिगका सदस्य रणधीर सुब्बालाई सरकारले गिरफ्तार गर्यो र केही घण्टासम्म सदर कोतवालीमा राखी त्यसपछि सदर जेलमा पठायो। उनीहरुलाई के कारणले गिरफ्तार गरिएको थियो, सो कुरा सरकारले जनाएको थिएन ।
जेठ ३० का दिन ३ बजेतिर ३०/४० जवान बबरमहलका तलबी आठपहरियाहरु गोरखा दलको झण्डामा विभिन्न प्रकारका नारा लगाउँदै सदर जेलखानामा गए र जेलखाना तोडी भरतसमशेरलाई जेलबाट उम्काए । भरतसमशेर जेलबाट उम्किएपछि आफ्नो मोटरमा केही शागिर्दका साथ टुँडीखेलतर्फ लागे । बाँकी उनका सहयोगी गोरखा दलका सदस्य आठपहरियाहरुले हातमा नांगा खुकुरी लिई त्रिपुरेश्वरस्थित गृहमन्त्री वीपी कोइराला निवासमा गेष्ट हाउसमा गई हमला गरे । त्यसबखत गृहमन्त्री वीपी कोइराला र श्री गणेशमानसिंह साथै थिए ।
वीपी कोइरालाले गोली प्रहार गर्दा गोर्खा दलका एकजना कार्यकर्ता मारिए। त्यसपछि गोर्खादलका कार्यकर्ताले त्यहाँ भएका फर्निचरहरु सल्काइदिए र बिगारिदिई त्यहाँबाट टुँडिखेलतिर लागे।
गोर्खादल र मुक्तिसेनाको जम्काभेट भयो। मुक्तिसेनाले भरतसमशेरलाई घेरी बिजुली अड्डानिर कब्जा गरे र मनमानी तवरबाट पिटे। भरतसमशेर मुक्तिसेनाबाट गिरफ्तार हुनासाथ उनका शागिर्द गोर्खादलका आठ पहरियाहरु भागे। मुक्तिसेनाका कार्यकर्ताले भरतसमशेरको मोटर जलाइदिए र भरतसमशेरलाई फाँसी होस् भन्ने नारा लगाउन थाले । भरतसमशेरलाई त्यसबखतको सरकारले श्रीमहलमा नजरबन्दीमा राख्यो । र, आखिर कुनै कारवाही नगरी गृहमन्त्री वीपी कोइरालाले आफ्नो पदबाट त्यागपत्र (राजीनामा) दिनु एकदिन अगाडि २००८ साल कात्तिक २६ गतेका दिन रिहाइ गरिदिए ।
प्रतिबन्धित गोरखा दल वि.सं. २००९ मा गोर्खा परिषदका नामबाट पुनर्गठन भएको थियो ।
आम निर्वाचन २०१५
[सम्पादन गर्नुहोस्]२०१५ को आम निर्वाचन गोर्खा परिषदले १९ सिटमा विजय हासिल गर्यो र प्रतिनिधि सभामा सबैभन्दा ठूलो प्रतिपक्ष दल बन्यो भने सो पहिलो निर्बाचित् संसद्को पहिलो प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा भरत शमशेर राणा थिए। नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो र बि पी कोइराला को नेतृत्वमा पहिलो निर्बाचित सरकार गठन भएको थियो I
२०१७ सालमा राजा महेन्द्रको प्रधानमन्त्री बीपी कोइरालालाई जेल हाल्दै कु गरे पछि भरत शमशेरले नेपाली कांग्रेससँग विनासर्त एकता गरेका थिए।
चुनावी प्रदर्शन
[सम्पादन गर्नुहोस्]चुनाव | भोट | % | सिटहरू | स्थान | सरकारको नतीजा |
---|---|---|---|---|---|
आम निर्वाचन २०१५ | ३,०५,११८ | १७.१ | १९ / १०९
|
दोश्रो | प्रतिपक्ष दल |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Bajracharya, Bhadra Ratha/Sharma, Sita Ram/Bakshi S.R.. Political development in Nepal. New Delhi: Anmol Publications, 1993. p. 114, 115