नेपाल ल क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल क्याम्पस
स्थापकप्रो. राम राज पन्त
स्थापनावि.सं. २०११
पाठ्यक्रमकानुन
संकायकानुन, त्रिभुवन विश्वविद्यालय
स्थापना कालको नामनेपाल ल कलेज
ठेगानाप्रदर्शनी मार्ग, काठमाडौँ, नेपाल

नेपाल ल क्याम्पस त्रिभुवन विश्वविद्यालय, कानुन संकाय अन्तर्गतको पहिलो शिक्षालय हो, जसको स्थापना नेपाल ल कलेजको नाममा गरिएको थियो। बि. सं. २०११ मा यसको स्थापना प्रो. राम राज पन्तको नेतृत्वमा भएको थियो र उनी त्यसका संस्थापक अध्यक्ष प्रिन्सिपल पनि थिए। नेपालकै सबै भन्दा ठूलो र पुरानो कानुन अध्ययन र अध्यापन गर्ने थलोको रूपमा रहेर यो संस्थाले देशमा कानुन र न्यायिक पद्दतीको विकास गर्नमा पनि उल्लेख्य भुमिका खेलेको छ। यस संस्थाबाट स्नातक भएकाहरूले नेपाल भित्र एवं अन्तरराष्ट्रिय क्षेत्रमा न्यायिक, सरकारी र गैर-सरकारी क्षेत्रमा पुराएको योगदानको ठूलो इतिहास छ।

कार्यक्रमकरु[सम्पादन गर्नुहोस्]

  • बि.ए.एल.एल.बि : ५ वर्षे
  • एल.एल.बि : ३ वर्षे
  • एल.एल.एम : २ वर्षे
  • एल.एल.एम : ३ वर्षे[१]

नेपाल ल क्याम्पसका केही उल्लेखनीय स्नातकहरु -[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. नेपाल ल क्याम्पस