प्रेम गीत ३
प्रेम गीत ३ | |
---|---|
निर्देशक |
|
लेखक |
|
निर्माता |
|
मुख्य कलाकार | |
छायाङ्कन |
|
सम्पादन |
|
सङ्गीत |
|
वितरक कम्पनीहरू |
|
वितरक |
|
प्रदर्शन मिति |
|
राष्ट्र |
|
भाषाहरू |
|
बजेट | ₹४ करोड |
प्रेम गीत ३ आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा छेतन गुरुङ र सन्तोष सेनद्वारा निर्देशित नेपाली भारतीय चलचित्र हो। यो नेपाली र हिन्दी दुवै भाषामा एकैसाथ प्रदर्शन गरिने पहिलो नेपाली भारतीय चलचित्र हो।[१] यो चलचित्र विश्वका ८० देखि ९० राष्ट्रहरू तथा भारतका ५०० देखि १,००० सिनेमा घरमा प्रदर्शन गरिने अपेक्षा राखिएको छ।[२][३]
यस चलचित्रबाट सेनले निर्देशनमा पदार्पण गर्दैछन् ।[४] यो चलचित्र सन् २०२२ सेप्टेम्बर २३ मा प्रदर्शन हुने तय गरिएको छ। यस चलचित्रको अधिकांश छायाँकन माथिल्लो मनाङमा भएको छ भने बाँकी भागको छायाँकन कीर्तिपुरमा निर्माण गरिएको चलचित्र सेटमा गरिएको छ।[५] यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ र सुनिल थापाको मुख्य भूमिका रहेको छ।[६][७] यो चलचित्रको मुख्य अभिनेत्रीको भूमिकामा रहेकी गुरुङले आफ्नो अभिनय करियरको पदार्पण गरेकी छिन्। उनी अभिनेत्री छनौटको अडिसनमा अन्य २७,०१३ सहभागीहरूलाई पछि पारेकी थिइन्।[८][९]
प्रेम गीत ३ फ्रेन्चाइजका यसअघिका चलचित्र 'प्रेम गीत' र 'प्रेम गीत २' ले व्यावसायिक सफलता प्राप्त गरेको थियो। यो चलचित्रले भारतमा आफ्नो वितरण अधिकार ४ करोडमा बेचेको दाबी गरेको छ।[१०] यस चलचित्रको हिन्दी संस्करणको लागि 'विश्वजितम' नामकरण गरिएको थियो,[११] तर पछि यसलाई 'प्रेम गीत ३' मा परिवर्तन गरिएको थियो।[१२] यो चलचित्र चीनमा पनि चिनियाँ भाषामा प्रदर्शन हुने भएको छ।[१३]
४ करोडको बजेटमा बनेको यो चलचित्र नेपालको सबैभन्दा महँगो नेपाली चलचित्र हो।[१४] यो चलचित्रलाई सुरुमा सन् २०२० अप्रिल १० र त्यसपछि सन् २०२१ फेब्रुअरी २५ मा प्रदर्शन गर्ने तय गरिएको भएता पनि कोभिड–१९ महामारीको कारण देशका धेरै सिनेमा घर बन्द भएका कारण दुवै प्रदर्शन मिति स्थगित गरिएको थियो।[१५][१६] यो चलचित्रको अनलाइन बजार वितरण र प्रवर्द्धन मिडिया फोर्थ कम्पनीले गरेको छ।
कथा
[सम्पादन गर्नुहोस्]यो चलचित्र दुई सय वर्ष पुरानो प्रेमकथामा आधारित ऐतिहासिक एक्सन चलचित्र हो।[१७][१८]
पात्र
[सम्पादन गर्नुहोस्]सङ्गीत
[सम्पादन गर्नुहोस्]नेपाली
[सम्पादन गर्नुहोस्]
क्र.सं. | शीर्षक | शब्द | सङ्गीत | स्वर | लम्बाइ |
---|---|---|---|---|---|
१. | "हर युग होस्" | राजेश कुमार श्रेष्ठ | अलिश कार्की | प्रताप दास, प्रबिसा अधिकारी | ४:५६ |
२. | "हात्ती ढुंगाना" | हर्क साउद | कल्याण सिंह | सागर आले, मेलिना राई | ४:४४ |
३. | "मायाको गाउँ" | बिष्णु भण्डारी | सरोज पोखरेल | प्रताप दास | ३:२३ |
कुल लम्बाइ: | १३:०३ |
हिन्दी
[सम्पादन गर्नुहोस्]क्र.सं. | शीर्षक | शब्द | सङ्गीत | स्वर | लम्बाइ |
---|---|---|---|---|---|
१. | "कोइ ना कोइ नाता हे" | रुबी फुलारा र सुबास काले | पवनदीप राजन | जुबिन नौटियाल | ४:५० |
२. | "जहाँ भी जाओ आई सनम बस तू ही तू" | हरिशंकर सुफी | डिएच हार्मोनी | राहत फतेह अली खान | ५:३७ |
३. | "तुम प्यार हो" | कुमार | असलम केयी | पलक मुच्छल, अंकित तिवारी | ३:५८ |
४. | "मुझ में बस जाना" | एमएम तुराज | कल्याण सिंह | पलक मुच्छल, देव नेगी | ४:५६ |
कुल लम्बाइ: | १९:२१ |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Seta, Fenil (२०२२-०८-०१), "BREAKING: Prem Geet 3, the first Indo-Nepali film, is all set to release in cinemas in India on September 23, 2022", Bollywood Hungama, मूलबाट २०२२-०८-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०१।
- ↑ Lohani, Monica (२०२२-०८-०२), "Will Prem Geet 3 create history", Nepal Minute, मूलबाट २०२२-०८-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-१३।
- ↑ "४ करोड भारुमा बिक्री भयो 'प्रेम गीत ३'को हिन्दी राइट्स, निर्माता भन्छन्, 'हामी सफल भइसक्यौँ'", Shilapatra (नेपालीमा), २०२१-११-१८, मूलबाट २०२१-११-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-१२।
- ↑ "Prem Geet 3, the first Indo-Nepali film, is all set to release in cinemas in India on September 23, 2022", Republic News India, २०२२-०८-०२, मूलबाट २०२२-०८-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०२।
- ↑ "'Prem Geet 3’ filming in frozen Manang", Republica, २०१९-१२-१८, मूलबाट २०२०-०९-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०२। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-२९ मिति
- ↑ "Prem Geet 3, the first Indo-Nepali film, is all set to release in cinemas in India on September 23, 2022", ANI News, २०२२-०८-०१, मूलबाट २०२२-०८-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०१।
- ↑ "First Indo-Nepali film, Prem Geet 3, to release in India", Cinema Express, २०२२-०८-०१, मूलबाट २०२२-०८-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०१।
- ↑ "‘प्रेम गीत–३’ को छायांकन", Annapurna Post (नेपालीमा), २०१९-११-११, मूलबाट २०२२-०८-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०२।
- ↑ "Kristina Gurung finalized as lead character of ‘Prem Geet 3’", Nagarik, २०१९-०६-३०, मूलबाट २०२२-०८-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०२।
- ↑ "असोज ७ गतेदेखि भारतमा हिन्दी भाषामा प्रदर्शन हुँदै 'प्रेम गीत ३'", Setopati (नेपालीमा), २०२२-०८-०१, मूलबाट २०२२-०८-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०१।
- ↑ "‘प्रेमगीत ३’को हिन्दी संस्करण ‘विश्वजितम’, असोज ७ मा नेपाल र भारतमा एकसाथ", Online Khabar (नेपालीमा), २०२२-०६-०४, मूलबाट २०२२-०६-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०१।
- ↑ "‘Prem Geet 3’ being performed in India under the same name.", English.MakaluKhabar.com, २०२२-०६-०६, मूलबाट २०२२-०६-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०१।
- ↑ "‘Prem Geet 3’ to be released in China", Republica (अङ्ग्रेजीमा), २०२२-०८-१७, अन्तिम पहुँच २०२२-०८-२४।[स्थायी मृत कडी]
- ↑ "‘Prem Geet 3’ overseas rights sold in Europe", Republica, २०२०-०२-१९, मूलबाट २०२०-०९-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०२। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-१० मिति
- ↑ "'प्रेमगीत-३'को प्रदर्शन स्थगित", Kantipur (नेपालीमा), २०२२-०१-०४, मूलबाट २०२२-०१-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०२।
- ↑ "Film director Chhetan Gurung no more", The Himalayan Times, २०२०-०९-०९, मूलबाट २०२२-०४-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०२।
- ↑ "'Prem Geet 3’ filming in frozen Manang", Republica, २०१९-१२-१८, मूलबाट २०२०-०९-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०२। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-२९ मिति"'Prem Geet 3' filming in frozen Manang" वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-२९ मिति. Republica. December 18, 2019. Archived from the original on September 29, 2020. Retrieved August 2, 2022.
- ↑ "First Indo-Nepali film, Prem Geet 3, to release in India", Cinema Express, २०२२-०८-०१, मूलबाट २०२२-०८-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०१।"First Indo-Nepali film, Prem Geet 3, to release in India". Cinema Express. August 1, 2022. Archived from the original on August 4, 2022. Retrieved August 1, 2022.
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- इन्टरनेट चलचित्र डेटाबेसमा प्रेम गीत ३
- Prem Geet 3 वेब्याक मेसिन अभिलेखिकरण २०२२-०९-२० मिति at Film Development Board