लौह युग

लौह युग / फलाम युग (अङ्ग्रेजी: Iron Age) भनेको मानिसले फलामको प्रयोग गर्न सुरु गरेको अवधि हो। इतिहासमा यो युग ढुंगे युग र कांस्य युग पछिको काल हो। ढुंगे युगमा मानिसले कुनै पनि धातुको उत्खनन गर्न असमर्थ थिए । कांस्य युगमा फलामको खोज भएको थिएन, तर फलाम युगमा, तामा, कांस्य र फलाम बाहेक, मानवले केही अन्य ठोस धातुहरू पनि पत्ता लगाए र प्रयोग गर्न सिकेका थिए।
विश्वका विभिन्न भागहरूमा फलामको प्रयोगको ज्ञानको क्रमशः फैलावट वा उदयको कारणले गर्दा यो युग विभिन्न भागमा विभिन्न समयमा सुरु भएको मानिन्छ तर एनाटोलियादेखि भारतीय उपमहाद्वीपसम्म यसको सुरुवात ईसापूर्व १३०० तिर भएको थियो, यद्यपि केही स्रोतहरूका अनुसार, यसभन्दा पहिले पनि फलामको प्रयोगका केही संकेतहरू पाइन्छ। [१] [२]
यस युगको विशेषता यो थियो कि मानिसले विभिन्न भाषाका अक्षरहरूको विकास गरे जसको सहायताले त्यस कालमा साहित्य र इतिहास लेख्न सकियो । यस युगमा संस्कृत र चिनियाँ भाषाहरूमा साहित्य फस्टाएको थियो। ऋग्वेद र अवस्ताई गाथाहरू यसै समयमा लेखिएका थिए। यस युगमा कृषि, धार्मिक विश्वास र कला शैलीहरूमा पनि ठूलो परिवर्तन भयो। [३] [४]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- कांस्य युग
- ढुङ्गे युग
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Archaeomineralogy, p. 164 अभिलेखिकरण २०१३-०६-१५ वेब्याक मेसिन, George Robert Rapp, Springer, 2002
- ↑ Understanding materials science, p. 125 अभिलेखिकरण २०१३-०६-१५ वेब्याक मेसिन, Rolf E. Hummel, Springer, 2004
- ↑ The Junior Encyclopædia Britannica: A reference library of general knowledge. (1897). Chicago: E.G. Melvin.
- ↑ C. J. Thomsen and Jens Jacob Asmussen Worsaae first applied the system to artifacts.