बाँसवाडा जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाँसवाडा जिल्ला
राजस्थानमा अवस्थितिको अवस्थिति
राजस्थानमा अवस्थिति
राष्ट्र भारत
राज्यराजस्थान
मुख्यालयबाँसवाडा
क्षेत्रफल
 • जम्मा५,०३७ किमी (१९४५ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा१,७९७,४८५
 • घनत्व३६०/किमी (९२०/वर्ग माइल)
भाषा
 • प्रचलितहिन्दी, राजस्थानी
जनसाङ्ख्यिकी
 • साक्षरता५६.३३%
 • लिङ्गानुपात९८०
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
वेबसाइटbanswara.rajasthan.gov.in

बाँसवाडा जिल्ला भारतीय राज्य राजस्थानको एउटा जिल्ला हो, जसको सदरमुकाम बाँसवाडा हो।[१][२]

भूगोल[सम्पादन गर्नुहोस्]

बाँसवाडा जिल्ला राजस्थानको दक्षिणी भागमा गुजरातमध्य प्रदेशको सीमासँगै रहेको एक जिल्ला हो। यसलाई राजस्थानको चेरापूँजी भन्ने गरिन्छ। यहाँको मुख्य आकर्षण माही नदी हो, जुन मध्य प्रदेश हुँदै माही बाँधसम्म आउने गर्दछ, माही नदी बाँसवाडा जिल्लाको जीवन वाहिनी हो। यहाँ मुख्यतः वागडी भाषा बोल्ने गरिन्छ, जिल्लाको प्रमुख वस्ती कुशलगढ, परतापुर, बागीदौरा, घाटोल, अरथुना हो। यो जिल्ला जङ्गलले ढाकिएको छ र यहाँ काठ, वनस्पति लगायतका वस्तुहरू प्रचुर मात्रामा पाइने गरिन्छ।

नामोत्पत्ति[सम्पादन गर्नुहोस्]

बाँसवाडा नामको मूल स्रोतलाई लिएर दुई वटा धारणाहरू रहेका छन्। एउटा त यो क्षेत्रमा बँसिया नामक भील शासक हुने गर्थ्यो, जसको राज सन् १५२९ सम्म यहाँ महारावल जगमाल सिंहको शासन आएको थियो। दोस्रो धारणा अनुसार यहाँ बाँसको झ्याम्म परेको वन भएकै कारण यस क्षेत्रको नाम बाँसवाडा हुन गएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Uttar Pradesh in Statistics," Kripa Shankar, APH Publishing, 1987, ISBN 9788170240716
  2. "Political Process in Uttar Pradesh: Identity, Economic Reforms, and Governance वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-२३ मिति," Sudha Pai (editor), Centre for Political Studies, Jawaharlal Nehru University, Pearson Education India, 2007, ISBN 9788131707975