बिपी राजमार्ग
बीपी राजमार्ग | |
---|---|
विश्वेश्वरप्रसाद कोइराला | |
प्रमुख स्थानहरू | |
सुरुवात | धुलिखेल |
अन्त्य | बर्दिवास |
स्थान | |
देश | नेपाल |
प्राथमिक गन्तव्यहरू | बनेपा, धुलिखेल, भकुण्डेबेसी, दुम्जा |
राजमार्ग प्रणाली | |
बीपी राजमार्ग राजधानी काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने राजमार्ग हो । यसलाई बनेपा-सिन्धुली-बर्दिवास या मध्य पहाडी राजमार्ग सडक भनेर पनि चिनिन्छ । जापान को सहयोग मा निर्मित यो राजमार्गलाइ देश को एक उत्कृष्ट राजमार्ग को रुप मा चिन्न सकिन्छ । यो राजमार्ग १६० किलोमिटर लामो (धुलिखेल–सिन्धुली–बर्दिबास) जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको थियो जसको लागत २६ अर्ब येन बराबर थियो । जापानले बिपी राजमार्ग १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो।
लागत
[सम्पादन गर्नुहोस्]लागत २६ अर्ब येन बराबर थियो ।[१]
क्षति
[सम्पादन गर्नुहोस्]२०७२ को भूकम्प
[सम्पादन गर्नुहोस्]हस्तान्तरण गरेको दुई महिना नबित्दै २०७२ वैशाख १२ गते गएको थियो।
२०७२ को भूकम्पमा दुई स्थानमा सडक भासिएको थियो । त्यतिबेला जापान सरकारले पुनर्निर्माण गरिदिएको थियो ।[२] भूकम्पपछिको पुनःनिर्माण सकेर माघ १५, २०७७ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। पुनर्निर्माणमा गिट्टी, बालुवाबाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो।[३]
२०८१ को बाढी पहिरो
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "BP highway officially handed over to Nepal", kathmandupost.ekantipur.com, अन्तिम पहुँच २७ नोभेम्बर २०१५।
- ↑ घिमिरे, कल्पना (०२ कात्तिक २०८१), "बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि अध्ययन गर्नै २ महिना लाग्ने", रातोपाटी।
- ↑ माघ १५, २०७७, "पुनर्निर्मित बिपी राजमार्ग हस्तान्तरण", नेपाल लाइभ।