भात
![]() कचौरामा भात | |
मुख्य सामग्रीहरू | चामल, पानी |
---|---|
८५० क्यालोरी (३५५९ किलोजुल)[१] | |
समान परिकारहरू | बिरयानी |
भात चामललाई पानीमा पकाएर बनाइने खानाको परिकार हो। यो नेपाल, भारत, बङ्गलादेश लगायत दक्षिण एसिया क्षेत्रमा बसोबास गर्ने मानिसहरूको प्रमुख भोजन हो।[२] चामललाई उसिनेर भात बनाइने गरिन्छ। दक्षिण एसियामा पाइने एसियाली धानबाट प्राप्त हुने चामलको भात निक्कै सेतो र सफा हुन्छ तर चीन, जापान र कोरियामा पकाइने भात धेरै लययुक्त टासिने खाले हुन्छ।[३]
तयारी
[सम्पादन गर्नुहोस्]चामललाई राम्ररी धोएर उपयुक्त मात्रामा चाहिने पानीसँग प्रेसर कुकर वा ओभनमा उसिनेर भात बनाइने गरिन्छ। चामल पाकिसकेपछि भाँडामा रहेको पानी बाफ बनेर उड्छ भने बाँकी रहेको भात मुनितिर गएर बस्छ। भात पकाउने विधि एकदमै सरल भएकोले यसलाई सामान्यतया जो कसैले पकाउन सक्छन्।[४]
विविधता
[सम्पादन गर्नुहोस्]चामल मुख्य रूपमा सेतो रङको हुने गर्दछ र यो लोकप्रिय रहेको छ। सेतो बाहेक चामल हल्का सुनौलो, रातो र खैरौँ रङको पनि हुन्छ।
खाने अवस्था
[सम्पादन गर्नुहोस्]भातलाई प्रायजसो सुख्खा अवस्थामा खाने गरिन्छ। दक्षिण एसियाली देशहरूमा घ्यू, माछा, मासु, तरकारी लगायतका खाद्यवस्तुसँग भात खाने गरिन्छ।[५]नेपालको व्यवसायिक होटल लगायत पाँच तारे होटलको खाना तालिकामा दाल, भात र तरकारी अनिवार्य हुने गर्दछ।[६]नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओलीले एक प्रसङ्गमा 'हाम्रो मुख्य खाना दाल, भात, तरकारी भनेको औषधी पनि हो, जो खाएपछि अरु औषधी खानै पर्दैन।' भनि भनेका थिए।[६]
पौष्टिक तत्व
[सम्पादन गर्नुहोस्]भातमा चिनीको मात्रासँगै कार्बोहाइड्रेट र केही मात्रामा बोसो हुन्छ। भातमा ६९% चिनी, ८% कार्बोहाइड्रेट, बोसो, भिटामिन र खनिज हुन्छ। सय ग्राम भातमा ८५० क्यालोरी आहार उर्जा हुने गर्दछ।
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]-
किमासँग भात
-
भातबाट बनाइएको केक
-
उसिनेको चामल
-
कालो चामलको भात
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "huinbap", Korean Food Foundation (कोरियालीमा), अन्तिम पहुँच १६ मे २०१७।[स्थायी मृत कडी]
- ↑ "भात भर्सेस रोटी : कुन खाने, कुन नखाने ?", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २१ सेप्टेम्बर २०२०।
- ↑ "यसरी खाना खाने बानीले स्लिम रहन्छन् जापानी महिलाहरु", नेपारू (नेपालीमा), अन्तिम पहुँच २१ सेप्टेम्बर २०२०।
- ↑ "सात प्रदेश साझा परिकार", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २१ सेप्टेम्बर २०२०।
- ↑ "भाते संस्कृति : भाते बानीले ‘सुगर’ हुँदा समेत अटेसमटेस नहुन्जेलसम्म भात खान छाड्दैनाैं", गाउँसंसार (नेपालीमा), अन्तिम पहुँच २१ सेप्टेम्बर २०२०।
- ↑ ६.० ६.१ "आहा ! थकाली खाना", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २१ सेप्टेम्बर २०२०।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)