भिखारी (कवितासङ्ग्रह)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भिखारी कवितासङ्ग्रह
लेखकमहाकवी लक्ष्मीप्रसाद देवकोटा
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विषयकविता
प्रकाशकनेपाली भाषा प्रकाशिनी समिति, साझा प्रकाशन
प्रकाशित मिति
२०१०
पृष्ठ५२ पृष्ठ
आइएसबिएन978-99933-2-284-9

भिखारी (कवितासङ्ग्रह) महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको कविताहरूको सङ्ग्रह हो । पृष्ठ सङ्ख्या ४७ भएको यो पुस्तक नेपाली भाषा प्रकाशिनी समितिले विसं २०१०मा प्रकाशन गरेको ।[१] यस कवितासंग्रहमा महाकविद्वारा लेखिएका २२ कविताहरू सङ्ग्रहित गरिएको छ ।

सङ्ग्रहित कविताहरू[सम्पादन गर्नुहोस्]

भिखारी[सम्पादन गर्नुहोस्]

हेर भिखारी अडि अडि आयो
करुण दृष्टिले नजर उठायो ।
गाढा दुखको मौन प्रकाश ।
झिना आशा-तार बजायो
घाम उज्यालो आँगन पास ।
एक बिन्दुमा गोल खसायो
जीवनको इतिहास ।

(२)

हेर, हेर ती झुत्रा चिथरा
हाय! हे समय निष्ठुर ।
जीवनप थमा विचार पथरा !
काँपिरहेको थुरथुर ।
झल्लर झोली बढाउँछ, बबुरा ।
करले अस्थिर, कातर ।

(३)

वर्ष-वर्षका हेर तुषारा
शिरको उपर गिरेको ।
हेर आँसुका खहरेहरूका
मुखमा खोंच परेको,
दिन-दिनको त्यो छातीमाथी
चिरा चारक्क चिरेको ।

(४)

अडि अडि धरमर स्वाँ स्वाँ गर्दै
मौन विलौना वरिपरी भर्दै
आर्तनादका हृदय फुटी,
जड लट्ठीको भरमा पर्दै
भन्दछ स्वरले छाती चिर्दै
चामल एक मुठी ।
जीवनभरको एक पुकारा
चामल एक मुठी ।

(५)

मानिससँगमा मानिसको यो
अन्तर्दिलको रोदन ।
भाइहरूसँग भिक्षाको यो
मुठी द याको याचना ।
घाम उज्यालो आँगनमा यो
एक आँध्यारो अवलोकन ।
गुलबहरूको हाँसोबिच यो
एक उन्यौँको रोदन ।

(६)

को होला यो, कसको छोरा ?
कसको बाबु गरीब ?
कुन आमाले काख लिँदामा
बल्थे दृगका दुइ दीप ?
कुन आशाले नजर खुलायो
सूर्य चाद्रको नजरसमिप?
किन मुर्झायो ? किन वौलायो ?
किन मधुरो यो जीवन्- व्दीप ?

(७)

बुद्ध देवको नजर अगाडि
यही भिखरी आएथ्यो,
मुर्ति यसैमा शब्द यिनैमा
मुटुको शूल कराएथ्यो,
महान दयाको सागर ठूलो
शब्द यिनैमा लहराएथ्यो,
भेष यसैले बलिको शेखी
पवित्र पारी निठुराएथ्यो ।

(८)

कालो बादलबाट खसेको
अन्धकारमा भित्र पसेको,
ईश्वर हो कि भिखारी ?
बोल्दछ ईश्वर हृदय घुसेका
घर, घर आँगन चारी
बोल्दछ, आर्तध्वनिमा बोल्दछ
करूणामृत दिल भारी ।
युग-युगभरको आँसुहरूको
सार अपार उतारी ।
दु:खको दिलामा ईश्वर बोल्दछ
अधर अनन्त उघारी ।
माग्दछ करूणा भाइहरूमा
आई पृथिविवारि,
माग्दछ भिक्षा ईश्वर मेरो
आँगनको एक भिखारी ?

--110.34.4.244 (कुरा गर्ने) ११:५३, २० अगस्त २०१४ (युटिसी(UTC))

बादल[सम्पादन गर्नुहोस्]

तिनको घँसियाको गीत[सम्पादन गर्नुहोस्]

माली[सम्पादन गर्नुहोस्]

सन्ध्या[सम्पादन गर्नुहोस्]

सम्झना[सम्पादन गर्नुहोस्]

यात्री[सम्पादन गर्नुहोस्]

वन[सम्पादन गर्नुहोस्]

प्रश्नोत्तर कविता आदिकवि भानुभक्त आचार्यबाट लेखिएको पद्द कविता हो‍‌‌॥ उनले यस कविता उपजाति र वसन्ततिलका छन्दमा लेखेका छन्॥

आफ्नो घर[सम्पादन गर्नुहोस्]

जीवन वन[सम्पादन गर्नुहोस्]

बालककाल[सम्पादन गर्नुहोस्]

वृक्ष[सम्पादन गर्नुहोस्]

गरीब[सम्पादन गर्नुहोस्]

किसान[सम्पादन गर्नुहोस्]

चारू[सम्पादन गर्नुहोस्]

वसन्त[सम्पादन गर्नुहोस्]

जीवन[सम्पादन गर्नुहोस्]

अन्त्यमा[सम्पादन गर्नुहोस्]

जिन्दगीको मौसम[सम्पादन गर्नुहोस्]

झरना[सम्पादन गर्नुहोस्]

घाँसी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]