माइकल बालाक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माइकल बालाक
व्यक्तिगत जानकारी
पुरा नाम माइकल बालाक
उचाइ १.८९ m
खेल्ने स्थान(हरू) मध्यपङ्ति
क्लब जानकारी
वर्तमान टोली
चेल्सी
सङ्ख्या १३
युवा करियर
१९८३–१९९५ केम्नित्झर एफ.सी.
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९५–१९९७
१९९७–१९९९
१९९९–२००२
२००२–२००६
२००६–
केम्नित्झर एफ.सी.
१ एफ.सी. कैसर्सलौटेन
बायर लिवरकुसेन
बायर्न म्युनिक
चेल्सी
१५ (०)
४६ (४)
७९ (२७)
१०७ (४४)
४४ (११)
अन्तर्राष्ट्रिय करियर
१९९६–१९९८
१९९९–
 जर्मनी(२१)
 जर्मनी
१९ (७)
७९ (३५)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १६:१४, मे १३ २००८ (UTC)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: मार्च २६, सन् २००८

माइकल बालाक (जन्म: २६ सेप्टेम्बर १९७६) पूर्व जर्मन फुटबलर हुन् । प्रेरणादायी “बक्स टु बक्स” मिड-फिल्डर र कुशल नेतृत्व दिने खेलाडी हुनुका साथै उनी गोल गर्न पनि सिपालु मानिन्छन् । महत्त्वपुर्ण समयमा गोल गर्न क्षमतावान्, प्रेरणादायी कप्तान र हठी मिडफिल्डरको रूपमा चिनिएका उनको क्लब खेल जीवन निकै सफल रहेको मानिन्छ ।

क्लब जीवन[सम्पादन गर्नुहोस्]

पुर्व जर्मनीको गोर्लिट्जमा जन्मिएका बालाकले १९९७-९८ मा काइसरस्लाउटर्नबाट पहिलो जर्मन लिग उपाधि सहित कुल ४ लिग उपाधि र ३ जर्मन कप जिते । काइसरस्लाउटर्न पछि उनी बायर लिभरकुसेनतिर तानिए जहाँ उनले ३ सिजन बिताए । २००१-०२ को सिजन भने उनको लागि बिर्सनयोग्य रह्यो । लिभरकुसेनबाट खेल्दै उनले जर्मन बुन्डेस लिगा, जर्मन कप तथा च्याम्पियन्स लिगमा उप- विजेता मै सिमित रहे । २००२ मा उनी बायर्न म्युनिख सँग अनुबन्धित भए । ४ वर्ष बायर्नमा रहँदा उनले ३ बुन्डेस लिगासहित आधा दर्जन ट्रफी जितेका थिए । चेल्सीको साथमा उनको ४ वर्ष उत्तिकै प्रभावकारी रह्यो । चेल्सीलाई प्रिमियर लिग जिताउनु सबभन्दा ठूलो उपलब्धी रह्यो । उनले २०१२ मा बायर लिभरकुसेनबाट आफ्नो करियरको अन्त्य भएको घोषणा गरेका थिए ।

अन्तराष्ट्रिय जीवनवृत्ति[सम्पादन गर्नुहोस्]

बालाक जर्मनीको जर्सीमा २००२ र २००६ को विश्वकप र २०००, २००४ र २००८ को युइएफए युरोमा देखिएका थिए । २००२ फिफा विश्व कप फुटबलमा बालाकको जर्मनी दोस्रो स्थानमा चित्त बुझाउँदै घर फर्कियो भने डिफेन्डिङ् च्याम्पियनको रूपमा युरो २००० मा प्रवेश गरेको जर्मनी एकै खेल जित्न नसकेर लाचार भई घर फर्किएको थियो । चेल्सीमा रहँदा २०१० को एफए कप फाइनलमा केभिन प्रिन्स बोटेङको ट्याकलले गोलीगाँठोको लिगामेन्ट च्यातेसँगै उनको विश्वकप २०१० मा जर्मन टोलीको कप्तानी गरेर ट्रफी जिताउने आफ्नो सपना समेत तुहिएको थियो । जर्मनीको सो विश्वकपमा राम्रो प्रदर्शन र मेसुट ओजिल, थोमस मुलर, बास्टियन स्वाइन्स्टाइगरसामी खेदिरा जस्ता खेलाडीहरूको उदयका कारण राष्ट्रिय टोलीमा फर्कन उनलाई कठिन भयो । २०१०-११ मा पनि चोट उनीसँगै लपेटिइरह्यो । उनी राष्ट्रिय टोलीमा फर्कन असम्भव भएपछी ड्युचल्याण्ड फुटबल बन्डले उनलाई दुई मैत्रीपुर्ण खेल खेल्दै आफ्नो अन्तर्राष्ट्रिय खेल संख्या १०० पुर्याउने प्रस्ताव राख्दा प्रशिक्षक योआखिम लोसँगको चिसो सम्बन्धका कारण उनले सो प्रस्तावलाई ठाडै अस्विकार गरेका थिए ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]