मानन्धर
मानन्धर(Manandhar)नेवार समुदाय भित्रको एक थर हो । देशको पूर्व मेचीदेखि पश्चिम महाकाली र विदेशमा पनि मानन्धरहरु बसोबास गर्दछन् । देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघ हो । केन्द्रीय मानन्धर संघ २०१० माघ १० गते स्थापना भएको नेपालकै सामुदायिकतर्फ सबसे अग्रनी संस्था हो । केन्द्रीय मानन्धर संघ गठन भएपछि मात्र क्रमिक रुपमा मारवाडी, ज्यापु, बज्राचार्य, उदाय, सिस्यः, नापित, मगर, गुरुङ, भट्टराई तथा नेपालका अन्य सामुदायिक संस्थाहरु स्थापना भएको हो । ती मध्ये केन्द्रीय मानन्धर संघमा ५९ गुठी, खलः, पुचः, संघ तथा टोलहरु आवद्ध छन् । संघको विधान अनुसार कम्तीमा १० घरधुरी भएको ठाउँबाट संघमा निर्धारित दस्तुर सहित निवेदन दिएर सदस्य बन्न सक्छन् । काठमाडौंको दैसाः तःबही टोलका देवीदास मानन्धरले तत्कालीन काठमाडौंका मानन्धरहरुलाई समेटेर गठन गरेको केन्द्रीय मानन्धर संघमा कालान्तरमा देशभरकै मानन्धरहरु जोडिएका हुन् । संघमा पूर्वको धरानदेखि पश्चिमको स्याङ्जासम्म विभिन्न टोलमा सघन बसोबास गर्दै आएका मानन्धरहरुको ५९ वटा समूह आवद्ध रहेको छ ।
मानन्धर समुदायका व्यक्तित्वहरु
[सम्पादन गर्नुहोस्]सुब्बा तीर्थराज मानन्धर
आजभन्दा १११ वर्ष अघि ९१९६८ मा० सुब्बा तीर्थराज मानन्धरको अगुवाइमा स्वयम्भूको खुड्किला बनेको थियो । उहाँले आफ्नै निजी खर्चमा खुड्किला बनाएर स्वयम्भू दर्शन गर्नआउने दर्शनार्थीहरूको लागि गुण गरेको देखिन्छ । वि।सं। १९५८ साउन १३ देखि १९८६ मंसिर ११ गतेसम्म शासन गरेका तत्कालीन चतुर शासक श्री ३ चन्द्र शम्शेरको पालामा उहाँले खुड्किला बनाएका हुन् । तत्कालीन सरकारको ध्यान समेत नगएको अवस्था पनि उहाँले आफ्नै निजी खर्चमा खुड्किला बनाउनु साधारण विषय थिएन । तीर्थराज मानन्धर पदीय दृष्टिले दरबारका सुब्बा भएपनि त्यो बखत उहाँले आफुलाई सामाजिक व्यक्तित्व तथा भारत, बेलायत, जापान जस्ता देशबाट सामान आयात गर्ने व्यवसायीको रूपमा स्थापित गराएको देखिन्छ । आजकल सुब्बा तीर्थराजको स्मरणमा कन्यामन्दिर अल्मुनाइ एसोसिएसनको सदस्य समेत रहेकी निर्मला मानन्धरको संयोजनमा ुसुब्बा तीर्थराज अक्षय कोषु स्थापना गरिएको छ । कोषको ब्याजलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्दैआएको छ ।
वरिष्ठ आख्यानकार मथुरा साय्मि
वरिष्ठ अाख्यानकार मथुरा साय्मिले नेपालभाषा साहित्यकाे श्रीवृद्धि, विकास र सम्बर्द्धनकाे क्षेत्रमा अतुलनीय याेगदान दिनुभएको छ । ३० वटाकाे हाराहारीमा पुस्तक लेखेका उनै वरिष्ठ अाख्यानकारले काठमाडौंका भएभरका कलेजहरूमा अध्यापन समेत गरि भ्याइसकेका छन् ।
केही वर्षअघि ब्रेन स्ट्राेक भएर पनि भाग्यले पुन्रजीवन पाएका वरिष्ठ अाख्यानकार मथुरा साय्मिलाई अाजकल दाहिने हातकाे तीनवटा अाैंला चलाउन मुस्किल छ । त्यसाे भएर डाक्टरले उनलाई धेरै नलेख्न, नपढ्न र नसाेच्न सुझाएका रहेछन् । तर लेखकलाई साहित्य रचनामा पावन्दी लगाउनु अाँखा कमजाेर भएकालाई चस्मा नलगाउ, खुट्टा नभएकालाई वैशाखी नटेक भनेजस्तै हुने उनकाे अनुभव छ । त्यसैले दुई अाैंलाकै भरमा पनि नेपालभाषाकाे कथा 'चिपनिप' लेख्न भ्याइसके । त्यतिमा सीमित छैन बरू उनले साेही कथाकाे ७८ जना पाठक, साहित्यकारहरूबाट प्रतिक्रिया संकलन गरेर कथा उल्लेख भएकाे भन्दा बढी माेटाे पुस्तक प्रकाशन गरेका छन् ।
नाम : मथुराकृष्ण साय्मि ।
जन्मदिन : ने.सं. १०५९ गुरू पूर्णिमा। (८४ वर्ष)
ठेगाना : जन्मस्थान थँहिटी काठमाडौं (अाजकल पुरानाे बानेश्वर)
शिक्षा : स्नातकोत्तर (अंग्रेजी साहित्य)
साहित्यक कृति : कथा, उपन्यास, जीवन सम्बन्धि रचना गरि ३० वटा पुस्तक प्रकाशन भइसकेको ।
सिरपा/पुरस्कार :
१) १०८० दँय् अन्तर कलेज नेपालभाषा साहित्य सम्मेलनपाखें ।
२) १०८० दँय् नवाेदित साहित्य सम्मेलनपाखें ।
३) १०८१ दँय् अन्तर क्याम्पस नेपालभाषा साहित्य सम्मलेनपाखें ।
४) १०८२ दँय् विराट नेपालभाषा साहित्य सम्मेलनपाखें ।
५) १०८२ दँय् श्वेत साहित्य सम्मेलनपाखें ।
६) १०८४ दँय् अन्तर कलेज नेपालभाषा साहित्य सम्मेलनपाखें ।
७) मणिरत्न सिरपा ।
८) शिक्षा दिवस पदक वि.सं. २०६० दँय् ।
९) गंकि धूस्वां बसुन्धरा सिरपा वि.सं. २०६७
१०) दान्य हिरा सिरपा ११३६
हना/सम्मान :
१) भाषाथुवाः नेपालभाषा परिषद् ११३७
२) बुद्धि-पूर्ण सम्मान ११३२
३) गणेश-खिलकुमारी दुवाल सम्मान ११३२
४) प्रवुद्ध व्यक्ति, केन्द्रीय मानन्धर संघ ११३७
५) थँहिटी मानन्धर गुथि हना ११३१
६) नःलि साहित्य हना ११३५
७) ईलाेहं प्रकाशनपाखें हना ११३७
८) कुतः पिकाक ११३७
९) क्षेत्रपाटी क्लब ११३७
१०) पलिस्था ११३७
११) न्हूजः गुथि ११३७
१२) प्रेममाेहन सिरपा गुथि ११३७
१३) विराट नेपालभाषा साहित्य सम्मेलन गुथि ११३७
तस्बिरमा दाेसल्ला अाेडेका वरिष्ठ आख्यानकार मथुरा साय्मि तथा सम्मान हस्तान्तरण गरिरहेका वीरगन्ज पर्साैनी गुठीलाई प्रतिनिधित्व गरी केन्द्रीय मानन्धर संघका सभापति ईन्जिनियर भाजु मनाेज मानन्धर ।
प्रा. डा. त्रिरत्न मानन्धर
प्रा. डा. त्रिरत्न मानन्धर छम्ह हनेबहःम्ह बौद्ध विद्वान व इतिहासविद् खः । प्रवुद्ध व्यक्तिया कथं थःत झीगु समाजय् ब्वयादीम्ह वय्कलं नेपाःया इतिहास व संस्कृतिया ख्यलय् ज्वःमदुगु योगदान बियादीगु दु । येँया गल्को पाखाय् च्वनादीम्ह वय्कलं त्रिभुवन विश्वविद्यालयपाखें विद्यावारिधी यानादीगु दुसा ब्रिटिस काउन्सिलं चूलाकूगु छात्रवृत्तिपाखें बेलायतया क्याम्ब्रिज विश्वविद्यालयं उच्च शिक्षा अध्ययन यानाः फेलोसिप तकं यानादीगु खः । वय्कया जन्म सन् १९४५ जनवरी १५ तारिखय् येँय् जूगु खः । समुदायदुने त्रिरत्न मारसाबया कथं नां दुम्ह वय्कलं इतिहास व संस्कृतिया विषयलय् १८ सफू प्रकाशन यानादीधुंकूगु दु । राष्ट्रिय व अन्तर्राष्ट्रिय जर्नलय् १५० मल्याक लेख रचना प्रकाशित यानादीगु दु । शिक्षण पेशाया बाबजुद थीथी राष्ट्रिय व अन्तर्राष्ट्रिय संघसंस्थाय् आवद्ध जुयाः ज्या यानादीगु दु । वय्कलं आःतक यक्व हे मानसम्मान व सिरपा तकं चूलाकादिल । उकि मध्ये थन न्ह्यथनेबहःगु सम्मान व सिरपाया धलः न्ह्यब्वयागु दु ।
१) महेन्द्र विद्या भुषण (सन् १९६७)
२) बुसाक स्वर्ण पदक (सन् १९८२)
३) शिक्षा दिवस पदक (सन् १९९०)
४) रुद्रराज पुरस्कार (सन् १९९४)
५) राष्ट्रिय क्षमतावान पुरस्कार (सन् २००१)
६) गोर्खा दक्षिणवाहु तेस्रो (सन् २००३)
७) बालचन्द्र पुरस्कार (सन् २००४)
८) जनसेवा श्री तेस्रो (सन् २०१०)
९) अमरसिंह स्मृति पुरस्कार (सन् २०१०)
१०) मोहनलाल खिं पुरस्कार (सन् २०१४)
हनापौ/प्रशंसापत्र –
१) येँ नगरपालिका (सन् १९९७)
२) प्याराडाइज युनेस्को क्लब (सन् २००५)
३) थँहिटी मानन्धर गुथि (सन् २००७)
४) ज्ञानगुण एकेडमी (सन् २००८)
५) त्रिवि शिक्षक संगठन (सन् २००८)
६) ओस्कार कलेज अफ फिल्म सोसाइटी (सन् २००९)
७) केन्द्रीय मानन्धर संघ (सन् २०१०)
८) नरहरिनाथ ट्रस्ट (सन् २०१०)
९) नेवाः देय् दबू (सन् २०११)
१०) माया फाउन्डेसन (सन् २०१३)
११) कल्चरल आर्ट सेन्टर (सन् २०१३)
१२) श्रीजना कलेज अफ फाइन आर्टस् (२०१३)
१३) जोशी अनुसन्धान प्रतिष्ठान (२०१४)
१४) गण महाविहार (सन् २०१४)
१५) सूर्यरत्न प्रतिष्ठान (सन् २०१५)
१६) सिम्बोलिक सोसाइटी अफ नेपाल (सन् २०१६)
१७) मां ईन्द्रायणी सहकारी (सन् २०१६)
ज्ञानकाजी खिं मानन्धर उपनामः शिक्षा, संस्कृति र साहित्यका त्रिवेणी ज्ञानकाजी मानन्धर । नेपालभाषाका कृतिहरुः १) कुमारी पूर्णाङकी नाटक २) अरनिकोया श्वेत चैत्य ३) कपिलवस्तु । कुमारी नामक कृति रसियन भाषामा अनुवाद गरिएको छ । अरनिकोया श्वेत चैत्य नेपाली भाषामा अनुवाद गरिएको छ । नेपाली भाषाका कृतिहरुः १) बनेपा–स्तवन २) बनेपा सात गाउँ ३) नेपाल आख्यान र नाटक । अंग्रेजी भाषाका कृतिहरुः १) नेपाल लेजेण्ड एण्ड ड्रामा २) द लेजेण्डस अफ नेपाल ।
मेलवादेवी मानन्धर
पहिलो नेपाली महिला गायिका मेलवादेवी मानन्धर हुन् । उनले १९८५ सालमा भारतको कलकत्तामा 'सवारी मेरो रेलैमा' बोलको गीत रेकर्ड गराएकी थिइन् । यसअघि कोही पनि नेपाली महिलाले गीत रेकर्ड गराएको तथ्य भेटिएको छैन । उहिले गीत रेकर्ड गर्ने चलन पनि थिएन तर उनले गीत रेकर्ड गराएर नेपाली गीतसंगीतमा नयाँ आयाम थपिन् । उनको जन्म वि.सं. १९५९ सालमा ओखलढुंगाको गुरुङ परिवारमा भएको थियो । भारतको कलकत्तामा वि.सं. २०१२ मा उनको मृत्यु भएको बताइन्छ । (उनको जन्म र मृत्यु विषयमा ठ्याक्कै विवरण भेटिएको छैन ।) काठमाडौं क्षेत्रपाटी निवासी तबलाका उस्ताद भगत कृष्ण मानन्धरसँग उनी वैवाहित जिवनमा बाँधिएपछि मेलवादेवी मानन्धर भएकी हुन् । तात्कालीन श्री ३ महाराज चन्द्र सम्सेर जंगबहादुर राणाको दरबारमा उनी गीत गाउँथिइन् । दरबारमै औपचारिक गीत र संगीतको तालिम लिएकी उनी राणाजीहरुको विशेष कार्यक्रममा गीत गाउँथिइन् । १९९० सालमा गएको महाभूकम्प पश्चात् नेपालभाषामा रचना गरिएको गीतमा स्वर भरेपछि उनी एकाएक चर्चाकी आएकी बताइन्छ । भूकम्पमा दिवंगत भएका जनतालाई श्रद्धाञ्जली र पीडितलाई उद्धार र राहत दिनुपर्ने आसयको गीत थियो । उनको चार सन्तान मध्ये दुई छोरा र दुई छोरी भएपनि वैवाहिक जिवन सुखमय नभएको बताइन्छ । तात्कालीन समयमा विजातीय विवाह गरेकी उनी कालान्तरमा राणाजीहरुको कोपभाजनमा परेर भारतको कलकत्ता भासिनु परेको थियो । मेलवादेवी मानन्धरले नेपालभाषा, नेपाली, उर्दू र बंगाली भाषामा गीत गाएकी छन् । उनले आफ्नो जिवनको उत्तरार्धमा भारतका रामचन्द्र गुप्तालाई धर्मपुत्रको रुपमा राखेकी थिइन् । उनले पचास भन्दा बढी मेडल पाएकी थिइन् । नेपाली गीत संगीत क्षेत्रमा अतुलनीय योगदान गरेकी उनलाई नेपालले सम्मान नगरेपनि भारतले उच्च सम्मान गरेको देखिन्छ । अहिलेसम्म भेटिएको प्रमाणको आधारले उनको नाउँमा नेपाल सरकारले पाँच रुपियाँको हुलाक टिकट प्रकाशित गरेको देखिन्छ । भारतमा मेलवादेवी मानन्धरको निधन भएसँगै उनले रचना गरेका र रेकर्ड गर्न बाँकी गीत, क्यासेट, रिल जलाएको बताइन्छ । उनका सांगीतिक कृतिहरू क्रमशः 'आउन बसौं पियारी', 'मिर्मिरे झ्यालैमा', 'हाइ मेरो परदेशी प्रितम छोडेर जानु भो', 'यो जिन्दगीको के भरोसा', 'भूकम्प त्रास', 'माया मारी निष्ठुरीले छानी छानी रस लिएर', 'थापा न थली', 'न घरलाई घर कहिन्छ' आदि छन् ।
वीरगञ्जका पहिलो मेयर केशर प्रसाद मानन्धर
वीरगञ्जका पहिलो मेयर केशर प्रसाद मानन्धर हुन् । उहाँ २०१० सालमै वीरगञ्जको मेयर भएका हुन् । उहाँको २०७३ चैत्र महिनामै निधन भएको थियो । १९७९ असोज २८ गते जन्मिएका उनी ९५ वर्षको उमेरमा निधन भएको थियो । वीरगन्जको बिर्तामा जन्मिएका मानन्धर वीरगन्जकै तत्कालीन त्रिजुद्ध हाइस्कुलमा शिक्षकका रुपमा कार्यरत रहँदाकै बखत २०१० सालमा वीरगन्जको पहिलो ‘मेयर’मा निर्वाचित भएका थिए । पहिलो कार्यकाल सकिएपछि २०१४ सालमा पनि उनी चुनावमा निर्वाचित भएका थिए ।
प्रकाश साय्मि
प्रकाश साय्मि (Prakash Sayami) एक नेपाली चलचित्र निर्देशक, लेखक र निर्माता हुन् । उनी एक स्वतन्त्र चलचित्र निर्माता हुन् र उनले छ वटा चलचित्रहरू निर्देशन गरेका छन् । उनी हाल उज्यालो रेडियो नेटवर्क कार्यक्रम अजर अमर गीतारुमा काम गरिरहेका छन् । १९८६ मा, उनले धेरै व्यावसायिक नेपाली चलचित्रहरूमा सहायक निर्देशक र पटकथा लेखकको रूपमा काम गरे । उनले १९९३ मा निर्देशनमा डेब्यू गरे । २००८ मा, प्रकाश साय्मि नेपालको संगीत रोयल्टी समाजको उपाध्यक्षको रूपमा निर्वाचित भए, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संगीतकारको प्रतिलिपि अधिकार सुरक्षित गर्ने लक्ष्य राख्छ । साय्मिले बम्बईमा चलचित्र निर्माणको अध्ययन गरे।
लेखकका रूपमा उनले नेपाली र अङ्ग्रेजी भाषामा ‘चलचित्र कला र प्रविधि’, ‘वर्षादि दिनहरू, काठमाडौं सेल्फी, नेपाली संगीतको एक शतक, संगीतको स्वर्णिम युग, फिल्म निर्माण र निर्माण, गालिबको चिहान, अनन्त यात्रा यही मनको सालमा, सालैको सन्तानको’, ‘अनन्त यात्रा’, ‘सलाईको मनः’ जस्ता ११ वटा पुस्तक लेखेका छन्। (अंग्रेजी)। उनले पृथ्वी, सिमाना, अवतार, रानीखोला, जमीन र हटियार, हंस चालाल प्रदेश (मैथली) गरी ६ नेपाली र एउटा मैथली चलचित्र निर्देशन गरेका छन् । उनले अञ्जली सीडी एल्बममा पाइने नेपाली कविता रेकर्ड गरी आवाज हरु नामक चलचित्रका गीतहरुको संग्रह ल्याएका छन् ।
नेपाली गीतसंगीत, गायक, गायिकाका इनसाइक्लोपेडिया (encyclopedia)जस्तै हुनुहुन्छ । उहाँमा सिलसिलाबद्ध ढंगले आकर्षक बोल्ने क्षमता छ । नेपाली सुगम संगीतका नारायण गोपाल गुरुवाचार्य, तारा देवी श्रेष्ठ, अरुणा लामा लगायतका जीवनीमा घटेका महत्त्वपूर्ण घटनाहरूको बेलिबिस्तार लगाउन सक्नुहुन्छ । उहाँले हालसालै स्वर सम्राट नारायण गोपाल नामक पुस्तक लेखेर सार्वजनिक गर्नुभएको छ ।
राजनीतिज्ञ गणेशप्रसाद मानन्धर भक्तपुरका राजनीतिज्ञ गणेशप्रसाद मानन्धर विक्रम संवत् १९८८ मा भक्तपुर तेखाच्व टोलमा जन्मिनुभएको थियो । उहाँ सानैदेखि सुझबुझ भएका विलक्षण प्रतिभाका धनी हुनुहुन्थ्यो । नेपालमा प्रजातन्त्र बहाली गर्ने आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका मानन्धरले २०१५ को आमचुनावमा नेपाल कम्युनिस्ट पार्टीको उम्मेदवारको रूपमा भक्तपुर निर्वाचन क्षेत्रबाट चुनाव लड्नुभएको थियो । नेपालबाट जहानियाँ राणा शासनको उन्मुलन गरेर प्रजातन्त्र बहाली गर्ने आन्दोलनमा सक्रिय रहनुभएका उहाँले पटक पटक जेल जीवन बिताउनु परेको इतिहास छ । प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भाग लिएको आरोपमा उहाँले २००४ देखि दुई वर्षसम्म जेल सजाय भोग्नु भएको थियो । त्यस पश्चात् २०१७ साल पुस १ गते प्रजातान्त्रिक सरकार विघटन गरेर श्री ५ महेन्द्र विरविक्रम शाहले सम्पूर्ण राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाएर एकदलीय पञ्चायती व्यवस्था लागू गरेपछि मानन्धरलाई पुनः कारागार चलान गरिएको थियो । उहाँले पत्रकारिता पेशासँगै राजनीतिक जीवन अंगाल्नु भएको थियो । समाचार एजेन्सी राष्ट्रिय समाचार समितिका पूर्व सह–व्यवस्थापक मानन्धर लामो समयसम्म पूर्वाञ्चल क्षेत्रीय प्रमुख समेत हुनुहुन्थ्यो । पेशागत अध्ययनका क्रममा उहाँले केही युरोपेली मुलुकहरूको भ्रमण गर्नुभएको थियो । गणेशप्रसाद मानन्धरको ६३ वर्षको उमेरमा वीर अस्पतालमा निधन भएको थियो । दमको उपचारका निम्ति भक्तपुर अस्पतालमा भर्ना हुनुभएका उहाँ करिब एक महिना पछि वीर अस्पतालमा स्थानान्तरित भएसँगै उतै उहाँको निधन भएको थियो । वरिष्ठ राजनीतिज्ञ एवं इतिहासविद् डा. डिल्लीरमण रेग्मीद्वारा संस्थापित पुराना राजनीतिक कार्यकर्ता सम्मान गुठीद्वारा मानन्धरलाई गत २०५० साल फागुन २८ गते दोसल्ला र सम्मानपत्रसहित अभिनन्दन गरिएको थियो । स्वर्गीय मानन्धरकी धर्मपत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ । नामः गणेश प्रसाद मानन्धर । जन्मः १९८८ मृत्युः २०५१ असार १० गते ।
रामकृष्ण मानन्धर (आरके मानन्धर) नेपालमा निजी क्षेत्रको पहिलो टेलिभिजन स्थापना गराउने व्यक्ति हुनुहुन्छ । पहिलो पटक २०५३ साल माघ १ गते नेपाल टेलिभिजनको पर्दाबाट ईमेज च्यानल टेलिभिजनले प्रशारण सुरुवात गरेको थियो । त्यसपछि २०५९ माघ १७ गतेदेखि ईमेज च्यानलले काठमाडौं उपत्यकाका दर्शकलाई लक्षित गरी टेरेष्ट्रियल माध्यमबाट ईमेज मेट्रो च्यानल प्रशारण गरेको थियो । २०६३ माघ ११ गतेदेखि ईमेज च्यानलले स्याटेलाइटमार्फत आफ्नो प्रसारणलाई विश्वभर जोडेको छ । अहिले ईमेज च्यानल टेलिभिजनले एचडी प्रशारणमार्फत आम नागरिकको सुचनाको हक सुनिश्चित गर्ने क्षेत्रमा काम गरिरहेको छ । ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष समेत रहेका आरके मानन्धरले ईमेज एफ एम ९७.९, ईमेज न्यूज एफएम १०३.६ मेगाहर्ज गरी दुईवटा एफएम रेडियो र ईमेजखबर डट कम अनलाइन न्यूज पोर्टल सञ्चालन गरिरहेका छन् । उहाँले सञ्चार, सुचना प्रविधि, बिमा तथा अन्य क्षेत्रमा लगानी गरेर आफुलाई अब्बल व्यवसायीको रुपमा उभ्याएका छन् । मातृभाषा संरक्षण, नेपाल संवत् प्रबद्र्धनको क्षेत्रमा समेत उहाँको योगदान अतुलनीय रहेको छ । विशेषगरी राष्ट्रिय प्रशारणमा नेपालभाषाको समाचार 'ईमेज बुखँ'लाई दुई दसक भन्दा बढी प्रशारण गराउने क्षेत्रमा उहाँको भूमिका छ ।
पूर्व कायम मुकामय गर्भनर कृष्ण बहादुर मानन्धर (केबी मानन्धर) नेपाली नोटमा हस्ताक्षर गर्ने नेपालकै पहिलो व्यक्ति हुनुहुन्छ । साधारणतयाः गर्भनरले नोटमा हस्ताक्षर गर्ने भएपनि उहिले गर्भनरको पद रिक्त भएको अवस्थामा उहाँलाई मन्त्रीपरिषद्को बैठकले निर्णय नै गरेर नोटमा हस्ताक्षर गर्ने अधिकार दिइएको थियो । उहाँ एक समय नबिल बैंकको प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । वित्तीय क्षेत्र बाहेक उहाँले शिक्षा क्षेत्रमा पनि सेवा गर्नुभएको छ । विभिन्न कलेजमा उहाँले अध्यापन गराउनु भएको छ । नेपाल राष्ट्र बैंकमा गभर्नर कार्यरत रहेको हुन्छ । गर्भनरले अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि मौद्रीक नीति तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गरेको हुन्छ । बैंकिङ तथा वित्तीय प्रणालीको नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गरेको हुन्छ । समग्र बैंकिङ तथा वित्तीय प्रणालीको संवर्द्धन गरी सोप्रति सर्वसाधारणको विश्वसनियता अभिवृद्धि गराउने क्षेत्रमा गर्भनरको भूमिका रहन्छ ।
चर्चित व्याक्तित्वहरू
[सम्पादन गर्नुहोस्]- धर्मनारां सालमि: तत्कालीन श्री ३ महाराज तथा प्रधानमन्त्री जङ्गबहादुर राणालाई ऋण दिने व्यक्ति हुन् । जङ्गबहादुरको शासन कालमा सालमि सरकारको कोष हेर्ने मुख्य पदमा काम गर्थे । जङ्गबहादुर विदेश भ्रमण जाँदा धर्मनारां सालमिलाई सरकारको कार्यबाहकको जिम्मेवारी दिएर जानुहुन्थ्यो ।
- मेलिना मानन्धर:नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन्।
- करिश्मा मानन्धर:नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री र तथा चलचित्र र्निमात्री हुन्।
- कृष्णबहादुर मानन्धर:नेपालका पुर्व फुटबल खेलाडी हुन्।
- बिनोद मानन्धर:नेपाली चलचित्र क्षेत्रको एक चर्चित निर्माता हुन्।
- इभाना मानन्धर:मिस नेपाल २०१५ की विजेता हुन् ।
- बैकुण्ठ मानन्धर:नेपाली एथ्लेटिक्सका खेलाडी हुन्।
- शिवशंकर मानन्धर:(१९८९-२०६१) गितकार तथा नेपाली चलचित्रका पहिलो नायक हुन्।
- कृष्णकाजी मानन्धर: (केके मानन्धर) Krishna Kaji Manandhar । सञ्चारकर्मी र आम सञ्चार तथा पत्रकारिता विषयमा विभिन्न कलेजमा पढाउने अध्यापक हुन् । [./Https://kkmanandhar.blogspot.com]
- सुमन शेखर मानन्धर:नेपालका कृषि अर्थविद् तथा गायक हुन्।
- सुमन साय्मि: (अध्यक्ष, उपत्यकाब्यापी सडक बिस्तार पीडित संघर्ष समिति) तथा नेपाली राजनीतिज्ञ