म्ह पूजा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

म्ह पूजा नेपाल संवत अनुसारको नयाँ वर्षको सुरुवात कार्तिक शुक्लपक्ष प्रतिवदाको दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बाैद्ध दुवै समुदायका नेवारहरूले अाफूले अाफैलार्इ पूजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रुपमा एकै ठाउँमा बसी अाफूलार्इ मण्डलमा प्रतिविम्वित गरी अाफैले अाफ्नाे पूजा गरिन्छ । म्हःपूजा हिन्दु तथा बाैद्ध दुवैले श्रद्धापूर्वक मनाउने भएकोले पर्वलार्इ धार्मिक समन्वयको कडीको रूपमा पनि लिइएको छ । म्हःपूजाका लागि परिवारको सबै भन्दा जेठी आमाले पूजा अघि सारी अाफ्नो अाफै पूजा गर्न लगाइन्छ । अाफ्नाे प्रतिविम्व सार मण्डलमा चित्रित गरी अाफूलार्इ चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख अानन्दमय वनाउने र सुस्वास्थ्य दिर्घायुको कामना गर्ने गरिन्छ । विदेशमा वसेका नेपालीहरूले पनि यस म्हःपूजालार्इ अाफ्नो माैलिक पहिचानका रूपमा मनाउने गरेको छ ।

म्ह पुजा मण्डलको चित्र
म्ह पुजा मण्डलको चित्र
समुदायहिन्दु तथा बाैद्ध नेवार समुदाय
प्रकारगो कन्या शंख भेरी दधि फल कुसुमं पावको दिपमाला

तुष्टा सर्वार्थसिद्धि विमलसुमनसा मंगलं वो दिशन्तु ।।

(मंगलाष्तव स्तोत्रको नवाै पंक्तिबाट उद्धरित)
महत्वअात्म पूजा, अात्म दर्शन

.[१] [२][३] [४]

पूजा विधि[सम्पादन गर्ने]

यस पूजा शुरू गर्न सर्वप्रथम घरको बुइगलमा वा अन्य खुला कोठाको भुर्इंमा ढुंगाको धुलो प्रयोग गरी परिवारका प्रत्येक सदस्यको लागि एक एकवटा मण्डल वनाइन्छ । यस वाहेक सबै भन्दा माथि एक र सवैभन्दा मुनि एक गरी दुर्इ वटा थप मण्डल देवताका लागि वनाइन्छ । यस वाहेक पानीले भरिएको गाग्री, नाङ्लो र कूचाेको लागि पनि मण्डल वनाइन्छ । मण्डललार्इ रँगहरू प्रयाेग गरी सिंगारिन्छ र फलफूल, धूप, फूल, जजंका (यज्ञोपवित) अादि सामग्रीहरूले सजाइन्छ ।

परिवारका सवै सदस्यहरू लहरै पलेटी कसेर मण्डल सामुन्ने परी वस्दछ । परिवारकाे सवैभन्दा जेठी अामाले शुरूमा सूर्य रूपी सुकुण्डालार्इ पूजा गरी सवै मण्डलहरू पूजा गर्दछ । तत् पश्चात् सबैलार्इ 'धाै सगँ' दहिको सगुन दिइन्छ । त्यस पछि सवैले लामो कपडाको वत्ती (खेलु इताः) मण्डल माथि बालिन्छ । बालिएको खेलु इताःले दिप्तमान् भइरहेको मण्डलको पूजा गरी जेठी अामाले सजाइएको विमिरा, अन्य फलफूल, जजंका, गोदावरी फूल र वत्ती सवैको हातहातमा दिइन्छ र सवै सदस्यले ती सामग्रीहरू निधारले ढोगी ग्रहण गरिन्छ ।

यस पश्चात् खेँ सगँ (उसिनेको अण्डा र तेलमा तारेको माछाको सगुन) दिइन्छ । सगुन दिर्इ भातको जाँड तिन पटक सम्म थपी थपी खुवाइन्छ । यसरी जाँड थप्दा कचाैरा भुर्इमा राख्नु हुँदैन । सगुन ग्रहण गर्दा सगुन दिने अामालार्इ यथाश्रद्धा दक्षिणा दिइन्छ ।

म्हःपूजा विधि स्थान, क्षेत्र, समुदाय अनुसार विविध स्वरूपमा पाइन्छ । माथि गरिएको वर्णन अनुसारको पूजा अधिकांश समुदायहरूले गर्ने विधि हुन् ।

मण्डलको भावार्थ[सम्पादन गर्ने]

अष्टमङ्गाकिंत अष्टदल पद्माकार मण्डल

मण्डलको सामान्य अर्थ संस्कृतमा गोलाकार हो । पूजा साधना प्रयाेजनमा मण्डलले विषयको सार अर्थ तथा समग्र स्वरूप जनाउन प्रयोग गरिन्छ ।[५][६][७] यसर्थ म्हःपूजा मण्डलले म्हः (अाफू) को सार अर्थ तथा यथार्थ स्वरूप चित्रित गर्दछ । म्हःको विविध पक्षलार्इ समावेश गरी मण्डलको मध्य विन्दुमा अाफूलार्इ राखिन्छ । मण्डलको बिविध अंग तथा पक्षहरूलार्इ निम्नानुसार प्रस्तुत गरिएको छ ।

चुनढुंगाको धुलोको प्रयोगः म्हःपूजाको मण्डल चुनढुंगाको धुलोबाट लेखिन्छ । चुनढुंगा उपलब्ध नभएको अवस्थामा चामलको धुलो पनि प्रयोग गरेको पाइन्छ । धुलोलार्इ सीधै हातमा लिर्इ मण्डल कोर्ने वा साँचो प्रयोग गरी मण्डल वनाउने गरिन्छ । यसरी धुलोले नै लेखिनुको कारण यो मण्डल पूजा पश्चात् मेटाउनु पर्ने भएकोले हो । अाफू के हो ? भनी चित्रमा कोरी त्यसको दर्शन गरे पश्चात् त्यसलार्इ तुरून्तै मेट्नु पर्दछ । जसरी निर्मित मण्डल अाफ्नै निर्मित प्रतिविम्व मात्र हो यसरी नै अाफूको रूपमा मानिएको 'म' को भावना, अाफ्नो भाैतिक रूप (physical aspects) तथा चेतसिक (psychic aspects) दुवै पक्ष एेना भित्र देखिने प्रतिविम्व समान हुन् भन्ने थार्थ दर्शनलार्इ बुझ्नको लागि यसरी धुलोको प्रयोग गरिएको हो ।[८][९] अाजभोली धातुको मण्डल वनार्इ त्यसमा केहि धुलोको प्रयोग गरी पनि म्हः पूजा गर्न थालेको पाइन्छ ।

अष्तदल पद्माकारः म्हःपूजा मण्डल अाठवटा पात भएको कमलको फूलको स्वरूपमा वनाइन्छ । म्हः (अाफू) लार्इ कमलको फूलको रूपमा प्रतिविम्वित गर्नु ब्यक्तिको अादर्श रूप हो । जसरी कमलको बोट हिलोबाट निस्केको भएतापनि कमलको फूल त्यस हिलोबाट अलग भएको हुन्छ र त्यस हिलो प्रति निर्लिप्त भएको हुन्छ । यसरी नै यस संसार रूपी हिलोबाट माथि उठ्न सक्ने अादर्श स्वभाव सवै ब्यक्तिहरूमा विद्यमान छ तर यसलार्इ नचिनेको कारण वा विर्सिएको कारण हामी संसाररूपी दलदलमा रमाइरहेको र अनन्त दुःखको भुमरीमा परिरहेको कुराको बोध गराउने यस मण्डलको अाकृति पद्माकार वनाइएको हो । पद्मको अर्काे अर्थ पवित्रता हो । राग, द्वेष र मोह रूपी दलदलबाट अलग्ग रही काय, वाक् र चित्तका कर्महरू शुद्ध राखिरहने अादर्श रूप 'म' हो भन्ने अनुभूति गराउने पनि यसको उद्देश्य हो ।

कमलको अाठवटा पातको अर्थ अष्टमंगल, अार्य अष्टाङ्गिक मार्ग हो ।

शैव परम्परानुसारको षट्कोणाकार मण्डल

षट्कोणाकारः हिन्दुमतानुसार वनाइने मण्डलचाहिं षट्कोणाकार हुन्छ। शैव परम्पराको षट्कोणले प्रकृति र पुरूष वा शिव र शक्ति को एकत्वको स्वरूप नै अाफू भएको ज्ञानबोध गराउन खोजिएको हुन्छ । [२][३]

मण्डलको बीचको वनाइने संकेन्द्रित (Concentric) वृतहरूः .[१०]

अधिकांश प्रचलनहरूमा बीचको विन्दु वरिपरि ४ वटा संकेन्द्रित वृतहरू वनाइन्छ । तिनीहरूको प्रतिक निम्नानुसार छ ।[११] [१२]

  1. तेलको मण्डल - छिटो नसुक्ने लामो समय सम्म टिकी रहने तत्व, चेतन तत्व, नामस्कन्ध
  2. अाखे (खैरो चामलको पूर्ण अन्न) - अखण्डता, पूर्णता
  3. धान - पुनरावृति, पुनर्जन्म
  4. लावा (ताय्) - हेतु प्रत्येय, कार्य र कारणको उपज

कसैकसैले मण्डलको बीचमा ६ वटा वृतहरू कोरेको पनि पाइन्छ । यी मध्ये सवै भन्दा भित्र चेतन तत्वको प्रतिकको रूपमा तेलको वृत र पञ्चतत्वको प्रतिकको रूपमा क्रमशः अाखे (खैरो चामलको पूर्ण अन्न), कालो मास, धान, कालो भटमास र लावा (ताय्) का वृतहरू वनाइन्छ ।

ख्यलुइता बाल्नु

८ देखि १० इन्चि सम्म लामो गरी वनाइने कपडाको वत्ती दुइ थान मण्डलको छेउमा राखिन्छ । मण्डल पूजा पश्चात् ती वत्तीहरूको दुवै छेउ बाली तेर्सो र ठाडो पारी प्लस अाकारमा मण्डल माथि बालिन्छ । यसको प्रतिकात्मक अर्थ अाफूमा सर्वाङ्गीणरूपमा ज्ञानको दीपक प्रज्ज्वलित गर्नु हो । ज्ञानको दीपक बालेको तत्क्षणमा नै अज्ञान रूपी अन्धकार हराउँछ । अाफू र जगतको यथार्थ छर्लङ्ग हुन्छ ।

भोज[सम्पादन गर्ने]

अष्टमात्रिका मण्डल रूपी भोजको थाली

पूजाको अन्तमा सवै परिवारजन एकै पंक्तिमा वसी सुन्दररूपमा सिंगारिएको मण्डल माथि नै थाल राखी परम्परागत नेवाः भोज खाइन्छ । जति सुकै राम्रो सिंगारिएको भए पनि त्यस मण्डलको सुन्दरतामा पटक्कै अाशक्त नभर्इ मण्डल विग्रिएला भन्ने सुर्ता नलिइकन अष्टमात्रिकाका प्रतिक स्वरूप अाठ परिकारयुक्त भोज खाइन्छ । भोज समाप्त भए पश्चात् मण्डल र थाली रात भरिका लागि त्यतिकै छोडिन्छ र भोलि पल्टमात्र भुइ बढारेर सफा गरिन्छ ।

संन्दर्भ स्रोत सूची[सम्पादन गर्ने]

  1. Dhaubhadel, Manoranjan N. (१७ नोभेम्बर २०१२), "Mha Puja -- A Unique Newah Tradition", NOA-FL Newsletter (NOA Florida Chapter), अन्तिम पहुँच १२ अक्टोबर २०१३ 
  2. Maharjan, Ujjwala (५ नोभेम्बर २०१०), "Cultural symbolisms in Mha Puja", Republica, अन्तिम पहुँच २१ नोभेम्बर २०१२ 
  3. "Mha Puja today, Nepal Sambat 1132 being observed", Ekantipur, २७ अक्टोबर २०११, अन्तिम पहुँच २१ नोभेम्बर २०१२ 
  4. "Mha Puja 2012 & New Year Nepal Samvat 1133 Celebration", Pasa Puchah Guthi UK, २०१२, अन्तिम पहुँच १५ अक्टोबर २०१३ 
  5. YOWANGDU, 2012। Sand Mandalas: Creating A Perfectly Harmonious World. [Available online at] https://www.yowangdu.com/tibetan-buddhism/sand-mandalas.html
  6. van den Hoek, A. W. (2004). Caturmāsa: Celebrations of Death in Kathmandu, Nepal. CNWS Publications. प॰ 127. . 
  7. Löwdin, Per (1985). Food ritual and society among the Newars. Uppsala University. प॰ 66. . 
  8. [१] https://en.wikipedia.org/wiki/Sand_mandala
  9. Chittister, S.J., 2011. The Mandala: Why Do Monks Destroy It? [available online] at http://www.huffingtonpost.com/sister-joan-chittister-osb/mandala-why-destroy-it_b_970479.html
  10. Bajracharya, Chunda (2000). Newah Tajilajii Nakhah Chakhah. Kathmandu: Nepal Bhasa Academy. प॰ 145. 
  11. शाक्य सुवर्ण, ने.सं. ११२३. म्हंपूजा विधि, अोलम्पस क्लव, नेपाल
  12. बज्राचार्य राजेन्द्रमान, ने.सं. ११२७. म्हंपूजाः पूजाविधि र भावार्थ, वज्रयान बाैद्ध तथा महाविहार संघ नेपाल।