सामग्रीमा जानुहोस्

मैथिली ठाकुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मैथिली ठाकुर
मैथिली ठाकुर
निजी जानकारी
जन्म (2000-07-25) २५ जुलाई २००० (उमेर २५)
राष्ट्रियताभारतीय
पेशा(s)गायिका, इन्टरनेट सनसनी, विद्यार्थी
युट्युब च्यानल जानकारी
सक्रिय वर्षहरू२०१४-वर्तमान
सदस्यहरू१.२६ मिलियन पाठक
हेराइ९,१८,९०,०७० झलक
(१४ सेप्टेम्बर २०१९)
100,000 सब्सक्राइबर २०१७
1,000,000 सब्सक्राइबर जुन २०१९

मैथिली ठाकुर एक भारतीय गायिका [] तथा राजनीतिकर्मी[] हुन्। २०२५ बिहार विधानसभा निर्वाचनमा मधुबनी जिल्लाको अलिनगर निर्वाचन क्षेत्रबाट विधानसभा सदस्य निर्वाचित भएकी हुन्। उनी बिहारकी सबैभन्दा कम उमेरकी विधायिका हुन्।[] सन् २०१७ मा भारतीय गायन रियालिटी कार्यक्रम राइजिङ स्टारको पहिलो संस्करणमा सहभागिता जनाएपछि उनले चर्चा पाएकी हुन्। सो गायन कार्यक्रममा ॐ नम: शिवाय बोलको गीत गएपछि उनलाई सोझै फाइनलको लागि छनौट गरिएको थियो। मैथिली सो रियालिटी कार्यक्रमको फाइनलमा पुग्ने पहिलो प्रतिस्पर्धी थिइन्।[] २ मतको झिनो अन्तरले उनलाई दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो।[] यसै रियालिटी कार्यक्रममा उनको सफलताले उनको इन्टरनेट लोकप्रियता ह्वात्तै बढेको थियो। उनीद्वारा युट्युबफेसबुकमा पोस्ट गरिने भिडियोहरूमा ७०,००० देखि ७० लाखसम्म झलक आउने गरेको छ।[][] उनले विशेषगरि मैथिली तथा भोजपुरी गीतहरू गाउने गरेकी छिन् जसमा छठको गीत र कजरी पनि रहेको छ। यस वाहेक उनी बलिउड चलचित्रको गीत र भारतको अन्य राज्यको लोकगीतहरू गाउने गरेकी छिन्।[]

उनको युट्युब भिडियोमा उनीसँगै उनको दुई साना भाइ रिषभ र आयाची समेत देखिन्छन्। रिषभ तबला वादकको रूपमा र आयाची गायकको रूपमा उनलाई सहयोग गर्ने गरेका छन्।[][] सन् २०१९ मा भारतीय निर्वाचन आयोगले उनीसमेत उनको दुवै भाईलाई मधुबनीको ब्रान्ड एम्बेसडर बनाएको थियो।[][] सन् २०१५ मा उनले भारतीय साङ्गीतिक कार्यक्रम 'आई जिनियस यङ सिङ्गिङ स्टार' जितेकी थिइन् र सोही वर्ष उनले 'या रब्बा' (युनिभर्सल म्युजिक) नामक साङ्गीतिक एल्बम बजारमा ल्याएकी थिइन्।[] उनको फेसबुक पृष्ठमा २० लाख र इन्स्टाग्राम खातामा ७० लाख फोलोअर्स छन्।[१०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ १.३ Khurana, Suanshu (२९ अप्रिल २०१९), "Vocalist Maithili Thakur and her two brothers on being Election Commission’s brand ambassadors in Madhubani" [मैथिली र उनको दुवै भाइ मधुबनी निर्वाचन आयोगको ब्राण्ड एम्बेसडरमा], द इण्डियन एक्सप्रेस (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-१८ 
  2. ET Online, Trending Desk, "Maithili Thakur to contest Bihar elections: Folk singer's journey, educational background, and net worth" (अङ्ग्रेजीमा)। 
  3. "Maithili Thakur, singer-turned-politician, becomes Bihar’s youngest MLA", The Hindu, २०२५-११-१४, अन्तिम पहुँच २०२५-११-१४ 
  4. "Rising Star: Maithili Thakur is the first finalist; who'll ultimately win the show?" [राइजिङ स्टार: पहिलो फाइनलिस्ट मैथिली ठाकुर जसले लगभग कार्यक्रम जितिन्?], इण्डिया टुडे (अङ्ग्रेजीमा), १७ अप्रिल २०१७, अन्तिम पहुँच २०१९-०८-१८ 
  5. PTI (२४ अप्रिल २०१७), "Bannet Dosanjh wins Rising Star, defeats Maithili Thakur by just two votes", Hindustan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-१८ 
  6. ६.० ६.१ Bhatt, Shephali (४ नोभेम्बर २०१९), "How life changes for internet celebrities - good, better, and sometimes worse", The Economic Times, अन्तिम पहुँच २०१९-०८-१८ 
  7. "बिहार की ये बेटी रातों रात बन गई सिंगिंग सेंसेशन, 18 की उम्र में फेसबुक ने बनाया सुपरस्टार", Amar Ujala, १० अक्टोबर २०१८, अन्तिम पहुँच २०१९-०८-१८ 
  8. "गायिका मैथिली ठाकुर बनीं मधुबनी की ब्रांड एंबेस्डर, निर्वाचन आयोग ने लिया फैसला", Zee News Hindi (अङ्ग्रेजीमा), ३ डिसेम्बर २०१८, अन्तिम पहुँच २०१९-०८-१८ 
  9. "Max Life Insurance launches 3 albums for the Winners and Runner’s Up of i-genius Young Singing Stars Season 2", The Hans India (अङ्ग्रेजीमा), १४ सेप्टेम्बर २०१६, अन्तिम पहुँच २०१९-०८-१८ 
  10. "Maithili Thakur", Facebook (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-१८ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]