म्याट्स ह्युमेल्स
|
| |||
| व्यक्तिगत जानकारी | |||
|---|---|---|---|
| पुरा नाम | म्याट्स जुलियन ह्युमेल्स | ||
| उचाइ | १.९१ मी (६ फिट ३ इन्च)[१] | ||
| खेल्ने स्थान(हरू) | डिफेन्डर | ||
| क्लब जानकारी | |||
वर्तमान टोली | बोरूसिया डर्टमन्ड | ||
| युवा करियर | |||
| १९९५-२००६ | बायर्न म्युनिख | ||
| वरिष्ठ करियर* | |||
| वर्ष | टोली | उपस्थिति | (गोल) |
| २००६-२००७ | बायर्न म्युनिख II | ४२ | (५) |
| २००७-२००९ | बायर्न म्युनिख | १ | (०) |
| २००८-२००९ | बोरूसिया डर्टमन्ड (लोन) | २५ | (१) |
| २००९-२०१६ | बोरूसिया डर्टमन्ड | २२५ | (१९) |
| २०१६-२०१९ | बायर्न म्युनिख | ७४ | (३) |
| २०१९- | बोरूसिया डर्टमन्ड | ० | (०) |
| अन्तर्राष्ट्रिय करियर | |||
| २०१०- | जर्मनी | ७० | (५) |
| *क्लब घरेलु लिग उपस्थिति र गोल | |||
म्याट्स जुलियन ह्युम्मेल्स (जर्मन उच्चारण: [ˈmats ˈhʊməls]; जन्म १६ डिसेम्बर १९८८) जर्मन फुटबलर हुन् । उनी बुन्डेस लिगा क्लब बोरूसिया डर्टमन्ड र जर्मनी राष्ट्रिय फुटबल टिमको रक्षा पङ्क्तिबाट खेल्ने गर्छन् । डर्टमन्डका लागि भने उनी पूर्वकप्तान समेत रहे । प्रेरणादायी डिफेन्डर ह्युम्मेल्स बायर्न म्युनिख युथ एकेडेमीका उत्पादन हुन् जो २००९ मा €४ मिलियनमा डर्टमन्ड प्रवेश गरेका हुन् ।
अन्तराष्ट्रिय जीवनवृत्ति
[सम्पादन गर्नुहोस्]अन्तराष्ट्रिय स्तरमा उनको प्रदर्शन प्रशंसनिय छ । २०१४ फिफा विश्वकपमा जर्मनीको पोर्चुगल विरूद्ध ४-० को जीतमा उनले दोस्रो गोल गरेका थिए । जहाँ थोमस मुलरको ह्याट्रिक पनि सम्मिलित थियो । त्यो गोलले उनको सम्मान बढायो, हुन पनि क्रिष्टियानो रोनाल्डो जस्तो बहुप्रतिभाशाली खेलाडी सम्मिलित टीमलाई हराउनु खेलाँची कुरा थिएन् । टोनी क्रुजको कर्नरबाट निस्केको पासलाई सदुपयोग गर्दै हेड गरेका थिए उनले । सोही विश्वकपको क्वार्टरफाइनलमा उनले फ्रान्सविरूद्ध निर्णायक गोल गरेका थिए । जर्मनीले उक्त विश्वकपको फाइनल लियोनेल मेस्सीको अर्जेन्टिनालाई पराजित गर्दै जितेको थियो । फाइनलका निर्णायक गोलकर्ता भने मारियो गोट्जे थिए ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Mats Hummels" (Germanमा), Borussia Dortmund, अन्तिम पहुँच १४ जुलाई २०१४। वेब्याक मेसिन अभिलेखिकरण ९ अगस्ट २०१४ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- म्याट्स ह्युमेल्स – फिफा प्रतियोगिता तथ्याङ्क
- म्याट्स ह्युमेल्स – युइएफए प्रतियोगिता तथ्याङ्क