राष्ट्रिय वाणिज्य बैंक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
राष्ट्रिय वाणिज्य बैंक
RBB-Logo.jpg
नामराष्ट्रिय वाणिज्य बैंक लिमिटेड
प्रकार'क' वर्गको इजाजत प्राप्त संस्था
उद्योगबैंङ्किग
स्थापित वर्षजनवरी २३,१९६६
मुख्यालयसिंहदरवार प्लाजा, काठमाडौं (नेपाल)
सेवा क्षेत्रनेपाल
प्रमुख ब्यक्तिहरूडा.रेवतबहादुर कार्की (चेयरम्यान)
उत्पादनबैंङ्किग
वेबसाईट[www.rbb.com.np]


राष्ट्रिय वाणिज्य बैंकको काठमाडौं स्थित केन्द्रीय कार्यालय भवन

राष्ट्रिय वाणिज्य बैंक, पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो पुरानो र सबैभन्दा ठूलो वाणिज्य बैंक हो। यसको स्थापना रा.वा.बैंक ऐन, २०२१ अर्न्तर्गत वि.सं.२०२२ साल माघ १० गते तदअनुसार जनवरी २३, १९६६ मा भएको हो । यस बैंकले औद्योगिक व्यापारिक कृषि तथा मुद्रा स्थानान्तर, पूंजी बजार, उपभोक्ता कर्जा लगायत अन्य क्षेत्रहरूमा ग्राहकहरूलाई विविध बैंकिङ्ग सेवा पुर्‍याउँदै आएको छ। राष्ट्रिय वाणिज्य बैंकसँग देशभर २६०० कर्मचारी सहित देशभरमा १६० वटा शाखाको विस्तृत कार्यजालो रहेको छ।[१] यस बैंक सँग १७ लाख सन्तुष्ट ग्राहक रहेको छ जुन नेपालको कुनै पनि बैंकको लागि बढी रहेको छ । बैंकले देशको अर्थतन्त्रको लागि उपयोगी कदम चाल्दै आएको छ ।

सम्पर्क ठेगाना[सम्पादन गर्ने]

राष्ट्रिय वाणिज्य बैंक
केन्द्रिय कार्यालय
सिंहदरवार प्लाजा, काठमाण्डौ
फोन : (९७७-१) ४२५-२५९५
फ्याक्स : (९७७-१) ४२५-२९३१
ईमेल : rbb.info@rbb.com.np

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

राष्ट्रिय वाणिज्य बैंकको आधिकारीक वेबसाईट

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]