लेखराज भट्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लेखराज भट्ट
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री
कार्यकाल
सन् २०१९ नोभेम्बर २० – सन् २०२१ मे २०
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीकेपी ओली
पूर्वाधिकारीमातृका यादव
श्रम तथा यातायात मन्त्री
कार्यकाल
सन् २००८ – सन् २००९
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीपुष्पकमल दाहाल
प्रतिनिधि सभा सदस्य
पद बहाली
सन् २०१७
निर्वाचन क्षेत्रकैलाली-४
नेपालको संविधान सभा सदस्य
कार्यकाल
सन् २००८ – सन् २०१३
निर्वाचन क्षेत्रकैलाली-५
कार्यकाल
सन् २०१३ – सन् २०१७
निर्वाचन क्षेत्रकैलाली-५
व्यक्तिगत विवरण
जन्म (1960-03-24) २४ मार्च १९६० (उमेर ६४)
डोटी जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी

लेखराज भट्ट एक नेपाली राजनीतिज्ञ हुन्। उनले पहिलो दाहाल मन्त्रिपरिषद्मा श्रम तथा यातायात मन्त्री र दोस्रो ओली मन्त्रिपरिषद्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको रूपमा काम गरेका थिए। सन् २००८ को संविधान सभा चुनावमा उनी १७,९७९ मत प्राप्त गरी कैलाली-५ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। फेरी उनले सन् २०१३ मा कैलाली-५ बाट संविधान सभा सदस्यको रूपमा सेवा गरेका थिए। उनी कैलाली-५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। [१]

प्रारम्भिक जीवनी र राजनीतिक करियर[सम्पादन गर्नुहोस्]

उनको जन्म सन् १९६० मार्च २४ मा भएको थियो। उनका बुबाको नाम दशरथ भट्ट र आमाको नाम दुर्गादेवी भट्ट हो। उनी सन् १९७३ मा राजनीतिमा प्रवेश गरे[२] र सन् १९७६ मा मोहन बिक्रम सिंहको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) को सदस्यता लिए। उनी पछि नेकपा (मसाल) र नेकपा (एकता केन्द्र) मा सामेल भइ अन्ततः सन् १९९५ मा नेकपा- माओवादीको एक पूर्ण-समय सदस्य बन्नुभयो। उनी सन् २००१ मा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्य बनेका थिए। उनी माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वका क्रममा ६ महिना जेल परेका थिए।

सन् २००८ को संविधान सभा निर्वाचनमा भट्ट १७,९७९ भोट सहित कैलाली-५ बाट निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी दिर्घराज भट्ट (नेका) ले १३,६३८ मत प्राप्त गरेका थिए भने हरीशंकर योगी (नेकपा एमाले)ले ७,५९७ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनी श्रम मन्त्री नियुक्त भएका थिए। उनी बाबुराम भट्टराई नेतृत्वको सरकारमा वाणिज्य र आपूर्ति मन्त्रालयको कार्यभार सम्भालेका थिए। उनी हाल आएर नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी सदस्य हुन्।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नजिक भट्ट एक कुशल परिवारबाट आउनुहुन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]