सामग्रीमा जानुहोस्

लेखाशास्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेखाशास्त्र सेयरधनी र प्रबन्धक आदिको लागि कुनै व्यावसायिक एकाइको बारेमा वित्तीय जानकारी सम्प्रेषित गर्ने कला हो।[१] लेखाङ्कनलाई 'व्यवसायको भाषा' भनिएको छ।[२] नेपालीमा 'एकाउन्टेन्सी'को लागि 'लेखाविधि' तथा 'लेखाकर्म' शब्दहरूको समेत प्रयोग गर्ने गरिएको छ।

लेखाशास्त्र गणितीय विज्ञानको त्यो शाखा हो जसले व्यवसायमा सफलता र विफलताका कारणहरू पत्ता लगाउनमा उपयोगी हुन्छ। लेखाशास्त्रको सिद्धान्त व्यावसयिक एकाइहरूमाथि व्यावहारिक कलाको तीन प्रभागहरूमा लागू हुने गर्छ, जसलाई लेखाङ्कन, बहीखाता (बुक किपिङ), तथा लेखापरीक्षण (अडिटिङ) भन्ने गरिन्छ।[३]

आधुनिक युगमा मानवीय जीवनमा आर्थिक क्रियाहरूको रूप धेरै विस्तृत तथा बहुमुखी भइसकेको छ। हालको सूचना तथा प्रविधि मैत्री युगमा विभिन्न प्रकारका व्यापार, उद्योग तथा व्यवसायहरू खुल्ने क्रम बढ्दो छ। उद्योग, व्यवसाय तथा अन्य व्यावसायिक क्रियाकलापको मुख्य उद्देश्य नाफा आर्जन नै हुन्छ। व्यापारी वा उद्योगपतिलाई उसको व्यापारबाट भइरहेको सफलता, असफलता, नाफा, नोक्सानको साथै आर्थिक स्थितिको ज्ञान हुनु आवश्यक हुन्छ। यसको लागि व्यापारीले लेखा अभिलेख तथा लेखाङ्कनको प्रविधिहरूको व्यापक उपयोग गर्ने गर्छन्। लेखा अभिलेख पुस्तक बनाएर व्यापारिक संस्थाहरूले आफ्नो आर्थिक स्थिति र नाफा घाटाको जानकारी प्राप्त गर्न सक्छ। यद्यपि लेखा अभिलेख वा श्रेस्ता बनाउनु व्यापारीको लागि अनिवार्य नै छैन तर व्यापारीहरू लेखा नराखी आफ्नो कार्य सफलतापूर्वक सञ्चालित गर्न सक्दैनन् र उनीहरूलाई आफ्नो व्यापारिक क्रियाकलापबाट हुने फाइदा वा नोक्सानको बारेमा जानकारी पाउन सकदैनन्।[४][५][६]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. बेरी इलियट र जेमी इलियट: फाइनेन्सियल अकाउन्टिङ एन्ड रिपोर्टिङ, परेन्टाइस हल, लन्डन २००४, ISBN 0-273-70364-1, पृष्ठ ३, Books।Google।co।uk[स्थायी मृत कडी]
  2. Peggy Bishop Lane on Why Accounting Is the Language of Business, Knowledge @ Wharton High School, September 23, 2013, retrieved 25 Deember 2013
  3. गुडइयर, लोयड अर्नेस्ट: प्रिन्सिपल्स अफ अकाउन्टेन्सी, गुडइयर-मार्सल प्रकाशन कम्पनी, सेडर रेपिड्स, लोवा, १९१३, पृष्ठ ७ Archive।org[स्थायी मृत कडी]
  4. "नीतिगत कदमबाट हस्तक्षेप गरी बन्छ पुँजीबजार चलायमान", बिजमान्डु, अन्तिम पहुँच २०२०-०९-२३ 
  5. "लेखा र लेखापरीक्षण", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२३ 
  6. "विवादित कारोबारमा तत्काल लेखा परीक्षण", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२३ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]