सामग्रीमा जानुहोस्

बारपाक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वार्पाकबाट अनुप्रेषित)
बारपाक
पूर्व गाविस
बारपाक मा पर्दछ गण्डकी प्रदेश
बारपाक
नेपालको नक्सामा बारपाकको अवस्थिति
बारपाक मा पर्दछ नेपाल
बारपाक
बारपाक (नेपाल)
निर्देशाङ्क: २८°००′N ८४°४३′E / 28.00°N 84.71°E / 28.00; 84.71
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लागोरखा जिल्ला
क्षेत्रफल
  जम्मा८९.८ किमी (३४.७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४,९८५
  घनत्व५६/किमी (१४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

बारपाक नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, गोरखा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४९८५ रहेको थियो जसमध्ये २२०४ पुरुष र २७८१ महिला रहेका थिए भने यहाँ १०६९ घरधुरी रहेको थियो।[][] यो हाल बारपाक सुलिकोट गाउँपालिकामा पर्दछ। यसको साविकका ४-५ वडाहरू बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर १ हो भने १-३,६-९ वडाहरू वडा नम्बर २ हो।

बारपाक भिक्टोरिया क्रस विजेता गजे घलेको जन्मस्थल पनि हो। पर्यटकीय आकर्षणको केन्द्र यो स्थानमा हाल होमस्टे सेवा समेत सञ्चालनमा रहेको छ। प्राचिन घनावस्ति, स्थानीय परिकारको मजा, घले जातिका सांस्कृतिक प्रस्तुति तथा आतिथ्य सत्कार यस स्थानका प्रमुख विषेशता हुन। जिल्ला सदरमुकाम गोरखाबाट करिब १८ कोष टाढा र समुन्द्र सतहदेखि १९५० मीटरको उचाईमा अवस्थित छ।

बारपाकको एक दृष्य
बारपाकको एक दृष्य

द्रव्य शाहले सत्ता हत्याउनु अघि वार्पाक एउटा घना बस्ति भएको राज्य थियो। किम्बदन्ती अनुसार राजा चङ्केल सुर्तानले एघारौँ सताब्दी तिर यो राज्य खडा गरेका थिए। द्रव्य शाहले घलेहरूलाई मित्रताको नाममा भोज आयोजना गरी रक्सी खुवाएर मातेको अवस्थामा वालुवामा लुकाएर राखेको हतियारले विनाश गरेका थिए।

२०७२ साल वैशाख १२ गते ११:५६ बजे शनिवारका दिन गएको ७.६ म्यग्निच्युड्को भूकम्पको केन्द्र बिन्दु बारपाक थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन
  3. "भूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन" (नेपालीमा), अन्तिम पहुँच २३ भदौ २०८१