वार्पाक
बार्पाक | |
---|---|
देश | ![]() |
अञ्चल | गण्डकी अञ्चल |
जिल्ला | गोरखा जिल्ला |
उन्नतांश | १,९५० मिटर (६४०० फिट) |
जनसङ्ख्या (1991) | |
• जम्मा | ४,५५६ |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
वार्पाक गोर्खा जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो। वार्पाक भिक्टोरिया क्रस विजेता गजे घलेको जन्मस्थल पनि हो। पर्यटकीय आकर्षणको केन्द्र यो स्थानमा हाल होमस्टे सेवा समेत सञ्चालनमा रहेको छ। प्राचिन घनावस्ति, स्थानीय परिकारको मजा, घले जातिका सांस्कृतिक प्रस्तुति तथा आतिथ्य सत्कार यस स्थानका प्रमुख विषेशता हुन। जिल्ला सदरमुकाम गोरखाबाट करिब १८ कोष टाढा र समुन्द्र सतहदेखि १९५० मीटरको उचाईमा अवस्थित छ।
इतिहास[सम्पादन गर्नुहोस्]



द्रव्य शाहले सत्ता हत्याउनु अघि वार्पाक एउटा घना बस्ति भएको राज्य थियो। किम्बदन्ती अनुसार राजा चङ्केल सुर्तानले एघारौँ सताब्दी तिर यो राज्य खडा गरेका थिए। द्रव्य शाहले घलेहरूलाई मित्रताको नाममा भोज आयोजना गरी रक्सी खुवाएर मातेको अवस्थामा वालुवामा लुकाएर राखेको हतियारले विनाश गरेका थिए।
भुकम्प[सम्पादन गर्नुहोस्]
२०७२ साल बैशाख १२गते ११:५६ बज्द सनिवारका दिन गयेको ७.६ म्यग्निच्युड्को भुकम्पको केन्द्र बिन्दु बार्पाक थियो।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]