सउरपानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सउरपानी
सउरपानी
city
जनसङ्ख्या
 (१९९१)
 • जम्मा५१७८

गोरखा जिल्लाको सदरमुकाम पोखरी थोकबाट उत्तर तर्फ करिव ३५ किलोमिटरको दुरीमा यो गाबिस पर्ने गर्दछ । उत्तरमा सिम्जुङ्ग, घ्याच्चोक र बारपाक, पूर्वमा स्वारा, दक्षिणमा ताकुकोट, दक्षिण पश्चिममा ताकुमाझ लाँकुरीबोट र उत्तर पश्चिममा मुच्चेक गा बि ससँग जोडिएको छ सौरपानी गाबिस ।

धार्मिक, पर्यटकीय र शैक्षिक थलोको रूपमा परिचित छ सौरपानी । त्यस्तै उत्तरबाट दक्षिण पश्चिम मोहडा परेको यो गाबिस आसपासका गाबिसको तुलनामा धेरै अन्य उत्पादन हुने ठाउँको रूपमा निकै अघि देखी परिचित छ ।

शिक्षाको हिसावले यो ठाउँ अन्य छिमेकी गाबिसहरु भन्दा निकै आगाडी छ । यस ठाउँमा २०१७ सालबाटनै बिद्यालय स्थापना गरेर पठनपाठक सुरु गरिएको पाईन्छ । २०१७ सालमा स्थापना भएको श्री हिमालय स्क’ल हाल उच्च मा बिको रूपमा सोही स्थिानमा छ । जातीगत बनोट

सौरपानी गाबिसमा बसोबास गर्ने मुख्य जातिहरूमा क्षत्री, ब्राह्मण, गुरुङ, तामाङ, मगर, परियार, विश्वकर्मा, नेपाली, बारम लगायत पर्दछन् । जे जति जाजजातिहरू रहे पनि एक आपसमा घनिष्ट सम्बन्ध राखि सहयोगको वातावरणमा मिलेर बसेको पाईन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

http://saurpani.com/?page_id=1261#sthash.cMkhEaIL.dpuf