घ्याल्चोक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
घ्याल्चोक
—  गाउँ विकास समिति  —
घ्याल्चोक Nepal-এ অবস্থিত
घ्याल्चोक
घ्याल्चोक
नेपालको नक्शामा घ्याल्चोक
निर्देशाङ्क: २७°५०′उत्तर ८४°४४′पूर्व / २७.८३° उत्तर ८४.७४° पूर्व / 27.83; 84.74निर्देशाङ्क: २७°५०′उत्तर ८४°४४′पूर्व / २७.८३° उत्तर ८४.७४° पूर्व / 27.83; 84.74
विकास क्षेत्र पश्चिमाञ्चल
अञ्चल गण्डकी अञ्चल
जिल्ला गोरखा जिल्ला
जनसङ्ख्या (1991)
 - जम्मा ४,६५९
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+5:45)

घ्याल्चोक नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, गण्डकी अञ्चलको गोरखा जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो। गोरखा जिल्लाको सुदुर दक्षिण पाटामा रहेको बुढीगण्डकीत्रिशुली नदीको काखामा हुर्किएको एउटा गाविसको रूपमा परिचित यस घ्याल्चोक तरकारी खेतीको लागि नमुना क्षेत्र बनको छ। भौगोलिक वातावरण अनुसार समुन्द्र सतहबाट ४२५ मिटर उचाइमा रहेको यस क्षेत्रलाई इतिहासलाई हेर्दा यहाँको सबै जसो ध्यान तरकारी तथा नगद आयआर्जनको मुख्य ठाउँ भनी चिनिन्छ।

नामाकरण[सम्पादन गर्ने]

सामान्यतया यस क्षेत्रमा पहिला पहिला गुरुङ घले जातजातिको बसोवास रहेको यस गाविसको नाम पुरानो किंवदन्ती अनुसार घले शब्दबाट अपभ्रंश भई घ्याल्चोक रहेको भन्ने भनाई पाइन्छ। यस गाविसको जनजातिको सङ्ख्यालाई हेर्दा पनि यो कथन ठीक रहेको आधार पाइन्छ। किनकि यस ठाउँको तल्लो बेशी भाग ज्यादै गर्मी रहेको कारणले औलो लाग्छ भन्ने भयका कारण गुरुङ, घले जाति चिसो हावा पानी खोज्दै उकालो लागेको र ब्राम्हमण क्षेत्री समुदाय सम्म टारतर्फ उन्मुख भएको पाइन्छ। यस गाविसको विगत दुई दशक र अहिलेको अवस्था हर्दा धेरै फरक पाइन्छ।

जनजीवन[सम्पादन गर्ने]

लगभग विसं २०३५-२०४२ सालसम्मको यहाँको किसानहरूको अवस्था ज्यादै कठिनाईको साथ बितेको थियो। यस क्षेत्रको आय आर्जनको स्रोत न्यून अर्थात अति नै कमजोर केही जग्गा जमीन हुने किसानहरूको मंसीरमा २/४ मुरी मास हुन्थ्यो भने अन्य किसानहरूको हातमा रातो पैसा हुदैनथ्यो। यस गाविसको ठूला-ठूला टार जस्तो पल्लोटार, माझटार, चुम्लिङ्गटार , चुवा टार सिमलटार र कल्टार जस्तो कहलाएकोटार करिब वर्षको ४ महिना मात्रै उपयोगमा आउथो भने अन्य समया डिंगा र बयल जुध्ने, हरियो भन्ने कुरा देख्नसम्म नपाउने धुलो उड्ने टारको रूपमा चिनिन्थ्यो। आज त्यसको ठीक विपरित भएको छ। माथि उल्लेख गरिएको टार लगायत खेत जस्तो शेराफाँट, कान्लेफाँट, अम्बोटेफाँट, निम्बोफाँट, बडहरेफाँट, फुडौरीफाँट, कौतीफाँट कहिल्यै खाली रहदैन। वर्षको लगभग ३६५ दिन जस्तो उब्जाउ भइरहन्छ। यस क्षेत्रका किसानहरूको जीवनस्तर धेरै अगाडि बढि रहेको छ।

यस क्षेत्र हरेक दृष्टकोणबाट आशाको केन्द्र विन्दु रहेको छ युद्धकालदेखि हरेककालखण्डमा घ्याल्चोकले अग्रणी भूमिका निर्वाह गरेको छ। युद्धकालमा घ्याल्चोकको तरकारी तथा दूधले निकै चर्चा पाएको कुरा जानकारी लिन पाइन्छ। घ्याल्चोक वासीको जीवनस्तर धेरै माथि हुनाको प्रमुख कारण नै यस घ्याल्चोक गाविसको तरकारी तथा दूधको उत्पादनले बजार लिएको छ। यस भेगका किसानहरूले आफूलेउत्पादन गरेको नगदेबाली विशेषत (तरकारी) सहकारी संस्था मार्फत धादिङ जिल्लाको धुषा गाविस वडा नम्बर १ गजुवा भन्ने ठाउँमा सङ्कलन गरि विक्रि वितरण गर्दै आफ्नेा दैनिक आवश्यकता टार्ने गरेको पाइन्छ।

समग्रमा भन्नुपर्दा घ्याल्चोक बासीले लिएको तरकारी बालीको उत्पादन संगै यस क्षेत्रका किसान महिलाहरूको स्वास्थ्य अवस्थालाई पनि निकै असर पुर्‍याएको छ। नगद आय आर्जनको हिसाबले हेर्दा यहाँको किसानहरूले वाषिर्क थोरैमा ३० हजार र बढीमा ३ लाखसम्म लिने गरेको तथ्य देख्न सकिन्छ। यस गाविसलाई तीन भागमा विभाजन गरी हेर्दा यस्तो देखिन्छ वडा नम्बर १,२,३,४,६ र ७को आधा भाग लेकाली, माथिल्लो भूगालमा पर्दछ। जहाँ विशेष गरी वडा नम्बर ४ बेनीगाउँ भन्ने ठाउमा सुन्तला खेती निकै फस्टाएको पाइन्छ। यस क्षेत्रमा विशेषत गुरुङ तथा नेवार जातिको बाहुल्य रहेको छ भने त्यहाँबाट पारीपट्टी रमणिय हिमालका दृष्यहरू हेर्दै चिसो हिमाली हावाको साथमा मरोरञ्जन गर्दा तपाईँको दिनभरिको थकान क्षण भरमै भुलाईदिनेछ। अन्य वडामा विभिन्न जातजातिको छ्यासमिस बसोबास रहेको पाइन्छ। ब्राह्मण छेत्री गुरुङ मगर मुखे बसोबास गर्दै आएका पाइन्छ ा

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]