विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/अोलिभर जिरु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ओलिभर जिरु[सम्पादन गर्नुहोस्]

जिरुको एक तस्बिर

ओलिभर जिरु (फ्रान्सेली उच्चारण: [ɔlivje ʒiʁu]; जन्म ३० सेप्टेम्बर १९८६) एक फ्रान्सेली पेशेवर फुटबल खेलाडी हुन्, जो प्रिमियर लिगको क्लब चेल्सीफ्रान्स राष्ट्रिय फुटबल टिमको लागि खेल्ने गर्दछन् । उनी अग्रपंक्तिको रूपमा मैदान उत्रने गर्दछन् ।

सन् २००८ मा टूर्स नामक फुटबल क्लबमा सम्मिलित हुनुभन्दा अधि उनि लिग २ मा खेल्ने क्लब, ग्रिनेबलबाट आफ्नो अाधिकारिक फुटबल कार्यकाल सुरू गरेका थिए । टूर्समा आफ्नो दोस्रो सिजनमा २१ गोलका साथ उनी सर्बाधिक गोलकर्ता बनेका थिए जसले गर्दा उनी फ्रान्सको सबभन्दा माथिल्लो श्रेणीको फुटबल लिग, लिग १को फुटबल क्लब मोन्टेपिलरमा आबद्ध हुने मौका पाए । जिरु सन् २०१० मा अङ्ग्रेजी वा प्रिमियर लिगको फुटबल क्लब आर्सनलमा आबद्ध हुनु अघि, लिग १ को सिजन २०११-२०१२ मा २१ गोलका साथ पुन सर्बाधिक गोलकर्ता बने, जसले गर्दा उनले खेल्ने क्लब मोन्टेपिलरले आफ्नो पहिलो लिग १ को उपाधि हात पारेको थियोे । जिरुले सन् २०१४, २०१५ र २०१७ को एफए कप आर्सनलबाट जितेका थिए । आर्सनल क्लबबाट उनले कुल २५३ खेलहरू खेली जम्मा १०५ गोलहरू गरेका थिए । जिरु जनवरी २०१८ मा १८ महिनाको सम्झौतामा अार्सनलबाट चेल्सीका लागि ऋणमा आबद्ध भएका थिए । (पूरा  पढ्नुहोस्...)

२०१८ डिसेम्बर १५, १४:२३:३३ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
    प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- Nirjal stha (कुरा गर्ने) १६:५०, २ डिसेम्बर २०१८ (युटिसी(UTC))
समुदायको समर्थनको आधारमा प्रमुख लेख घोषित । -- निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:४६, १६ डिसेम्बर २०१८ (युटिसी(UTC))
  • सुधार गर्नुपर्ने कुराहरू:
    • सन्दर्भ सामग्रीहरूमा धरै सुधारको आवश्यकता छ।
    • सन्दर्भ सामग्री थप गर्नुपर्ने पनि आवश्यकता छ।
    • महत्वपूर्ण संबन्धित पृष्ठहरूको निर्माण गरेर राता लिंकहरू हटाउनुपर्ने आवश्यकता छ।
    • आवश्यक श्रेणीहरू बनाएर थप्नुपर्ने आवश्यकता छ।-BRP ever ०६:४१, ६ डिसेम्बर २०१८ (युटिसी(UTC))