विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/आइछिई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आइछिई[सम्पादन गर्नुहोस्]

आइछिईको लोगो

आइछिई (सरलीकृत चिनियाँ: 爱奇艺), बहुराष्ट्रिय चिनियाँ इन्टरनेट निगम बायदुको स्वामित्वमा रहेको एक श्रव्य दृश्य साझेदारी मञ्च वा सेवा हो। यो चीनको सेयर बजार तथा अमेरिकी नसडकमा सूचीकृत छ। यसले सामग्री उत्पादन तथा वितरणको पनि प्रबन्ध गर्दछ। हाल, यसले मुख्यभूमि चीन, हङकङ, ताइवानमकाउमा सेवा सञ्चालन गर्दछ। यो चीनको पाँच प्रमुख श्रव्य तथा श्रव्य दृश्य मञ्च जस्तै युकु, सोहु, थङ्सिन श्रव्य दृश्यम्याङ्गो टिभी मध्येको एक हो।

६ जनवरी २०१० मा, बायदुले आधिकारिक रूपमा गोङ युलाई प्रमुख कार्यकारीमा नियुक्त गर्दै स्वतन्त्र श्रव्य दृश्य कम्पनी बनाएको घोषण गरेको थियो। २४ जनवरी २०१० मा, कम्पनीले आफ्नो आधिकारिक चिनियाँ नामको (奇 艺) साथ सेवा सञ्चालन गरेको थियो। २९ मार्च २०१० मा, आइछिईको परिक्षण संस्करण जारी गरिएको थियो भन् २२ अप्रिल २०१० मा, यसको आधिकारिक संस्करणको जारी गरिएको थियो। आइछिई हाल संसारको सबैभन्दा ठूलो अनलाइन श्रव्य दृश्य साझेदारी वेबसाइटहरू मध्ये एक हो जसमा यसको सेवामा प्रत्येक महिना लगभग ६ अरब घण्टा खर्च गरिएको छ भने यसमा ५०० मिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन्। २९ मार्च २०१८ मा, कम्पनीले संयुक्त राज्य अमेरिकामा सुरुवाती सार्वजनिक प्रस्ताव जारी गरेको थियो र कम्पनी उक्त प्रस्ताव मार्फत २.२५ अरब अमेरिकी डलर उठाएको थियो। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ११८१, अक्षर: ६३३.५, स्पेस: १८८
  • मुख्य सम्पादक: पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, ०६:३४:०९ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --