विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/चाणक्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चाणक्य[सम्पादन गर्नुहोस्]

चाणक्य

चाणक्य वा कौटिल्य (वा कौटल्य) (लगभग इसा पूर्व ३७०–२८३) तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए । उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए । उनी राजनीतिकूटनीतिका ज्ञाता थिए । उनले अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए । अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ ।

मुद्राराक्षसको अनुसार चाणक्यको वास्तविक नाम विष्णुगुप्त थियो । विष्णुपुराण, भागवत आदि पुराणहरू तथा कथासरित्सागर आदि संस्कृत ग्रन्थहरूमा त चाणक्यको नाम आएकै छ सँगै बौद्ध ग्रन्थहरूमा समेत चाणक्यको कथा भेटिने गरेको छ । बुद्धघोषद्वारा बनाइएको विनयपिटकको टीका तथा महानाम स्थविर रचित महावंशको टीकामा चाणक्यको वृत्तान्त दिइएको छ । चाणक्य तक्षशिला (वर्तमान समयमा पाकिस्तानको रावलपिण्डी नजिक) का निवासी थिए । वहाँको जीवनका घटनाहरूको विशेष सम्बन्ध मौर्य चन्द्रगुप्तको राज्यप्राप्तिसँग रहेको छ । वहाँ त्यससमयका एक प्रसिद्ध विद्वान थिए । वहाँको जीवन निकै सरल थियो भन्ने गरिन्छ वहाँ राजसी ठाट-बाट भन्दा टाढा एक सानो कुटिमा रहन्थे । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: १०१९, अक्षर: ५२९, स्पेस: १५३
  • मुख्य सम्पादक: कृस दुलालबिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: स्तरीय लेख भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:४९, ३१ अक्टोबर २०१७ (युटिसी(UTC))


नेपाली विकिपिडियाको स्तरीय लेख भएको हुनाले र समयको अभावमा प्रमुख लेख चयन गरिएको छ । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:५४, ३१ अक्टोबर २०१७ (युटिसी(UTC))