वि.सं २०१७ सालको शाही कदम
![]() | २०१७ पुष १ गतेको शाही घोषणालाई यस लेखमा गाभ्नको लागि सुझाव दिइएको छ। (वार्तालाप) फेब्रुअरी २०२५ देखि प्रस्तावित |
१७ सालको शाही घोषणा | |||||||
---|---|---|---|---|---|---|---|
| |||||||
योद्धा | |||||||
![]() | नेपालको संसद | ||||||
सेनापतिहरू | |||||||
![]() | विश्वेश्वरप्रसाद कोइराला |

२०१७ साल पुस १ गतेका दिन राजा महेन्द्रले एक शाही घोषणा गर्दै दल बिहिन पञ्चायती व्यवस्था लागू गरेका थिए।[१] सोही दिन उनले विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिपरिषद् खारेज गरी कोइरालालाई थुनामा राखेका थिए।[२] २०१८ वैशाख १ गतेका दिन महेन्द्रले टेलिभिजनमा एक सन्देश जारी गर्दै दल बिहीन राजनीतिक प्रणालीको सुरुवात गरेका थिए।[३]
प्रतिक्रिया
[सम्पादन गर्नुहोस्]राष्ट्रिय
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय
[सम्पादन गर्नुहोस्]२३ जनवरी १९६१ मा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु महेन्द्रलाई पाँच पेज लामो पत्र पठाए। पत्रमा नेपालमा भएको गैर प्रजातान्त्रिक कदमले आफूलाई गम्भीर आघात पुगेको उल्लेख गरेका नेहरूले निकासका लागि संसद् पुनर्स्थापना गर्न र त्यो हुन नसके ताजा निर्वाचनमा जान सुझाएका छन्। पत्रमा नेहरूले आफू कसरी प्रजातन्त्रमा विश्वास राख्ने बन्न पुगे र यो कुरामा किन प्रतिबद्ध छन् भन्ने कुरा सैद्धान्तिक, दार्शनिक र अनुभवका आधारमा प्रष्ट्याउन खोजेका छन्। पत्रमा नेपालमा भएको गैर प्रजातान्त्रिक कदमले आफूलाई गम्भीर आघात पुगेको उल्लेख गरेका नेहरूले निकासका लागि संसद् पुनर्स्थापना गर्न र त्यो हुन नसके ताजा निर्वाचनमा जान सुझाएका छन्। पत्रको अन्तिममा भनिएको छ– 'विश्व जनमतले पनि आजका मितिमा प्रजातान्त्रिक प्रक्रियालाई पूर्ण रूपमा उल्ट्याउने कुरा स्वीकार्न सक्दैन।' [४] [५]
सन् १९६० मा राजा महेन्द्रको कार्यप्रति संयुक्त राज्य सरकारको प्रारम्भिक प्रतिक्रिया मिश्रित थियो। संविधान निलम्बन र निर्वाचित सरकारको बर्खास्तमा चिन्ता व्यक्त गर्दा उनीहरुले भ्रष्टाचार र कम्युनिष्ट प्रभावबारे राजाको चासोलाई पनि स्वीकार गरे । अमेरिकाले नेपालसँग कूटनीतिक सम्बन्ध कायम राखेको थियो र आर्थिक सहयोगलाई निरन्तरता दिएको थियो। नेपालमा आउने अमेरिकी सहयोगले तत्कालीन राजा महेन्द्रलाई उनको पञ्चायती व्यवस्था टिकाउन सघाएको आरोप लाग्ने गरेको छ ।[६]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ हरिविनोद अधिकारी, "पुस १ को त्यो कालो काण्ड जसले अन्ततः राजतन्त्रकै चिहान खन्यो", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१।
- ↑ "आज पुस १– राजा महेन्द्रले ०१७ सालमा चालेकाे त्याे कदम", नेपाल प्रेस (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१।
- ↑ "२०१७ साल पुस १ : कुहिरो लागेको त्यो दिन राजा महेन्द्रले कसरी गरेका थिए 'कु'?", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१।
- ↑ तिवारी, शंकर ::, "महेन्द्रको चिठी नेहरूलाई", himalkhabar.com, अन्तिम पहुँच २०२४-१२-३१।
- ↑ Selected Works of Jawaharlal Nehru Series 2 | Vol. 66 | January 1961 - February 1961, Jawaharlal Nehru Memorial Fund, पृ: ५४७-५५३, आइएसबिएन 9780199467006।
- ↑ "अमेरिकाले सहयोग रोक्दा नेपालमा हंगामा", www.ratopati.com (Nepaliमा), अन्तिम पहुँच २०२५-०१-२९।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- नेपालको इतिहासमा कालो दिन: पञ्चायतको उदय युट्युबमा हेर्नुहोस्