सामग्रीमा जानुहोस्

वीरचरित्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वीरचरित्र
लेखकगिरिश बल्लभ
देशनेपाल
भाषानेपाली
प्रकाशितबि.सं १९६०

वीरचरित्र गिरिश बल्लभद्वारा बि.सं १९६० ताका लिखित मौलिक नेपाली तिलस्मी उपन्यास हो।[]

बाग्लुङका पण्डित गणेशदत्त अनिकाल परेकोले श्रीमती सहित दुई छोरा लाई लिएर रिडीमा तपस्या गर्न गएदेखि कथा शुरु हुन्छ। कान्छा छोरा विष्णुदत्त मसानका राजाको सेनापति बनाउन मसानदेवीले लगेदेखि निजको खोजमा उनका दाजु अग्निदत्तले गरेको खोजयात्रामा कथा बग्छ। तर कथा झाँक्री,मसानको बेलिविस्तारमा मात्र अल्मलिँदैन। यसमा 'इन्द्रजाल' र विज्ञानको समन्वय छ। यहाँ टेलीग्राफ र हेलीग्राफको प्रयोग गरिन्छ।नयाँ र पुरानोलाई गिरिश बल्लभ एकै पार्छन्- उनका आइमाईहरू कोही मीम (खानदानी मेम साहेबहरूले लगाउने) लुगा लगाएर हिँड्छन्- कोही शुद्ध ज्यापूनीको पटासी लगाउने पनि हुन्छन्। लेखक गिरिश बल्लभ यूरोप अवश्य गएनन् होला तर त्यसमा बगैँचाहरूको वर्ण अद्वितीय नै छ- शायद उनले हिन्दुस्तानमा देख्ने मौका पाएका थिए।

वीरचरित्रमा चार प्रकरण छन्।

  • पहिलोमा दोस्ती बाँधी आफ्नो मतलव सिद्ध गर्ने,
  • दोस्रो लडाइँ गरी आफ्नो मतलव सिद्ध गर्ने,
  • तेस्रो शत्रुलाई भिडाइ आफ्नो मतलव सिद्ध गर्ने र
  • चौथो सम्झौता गरी आफ्नो मतलव हासिल गर्ने।

उत्सुक पाठकलाई यसले निराश बनाउने छैन। झाँक्रीहरूका बीचको सामान्यदेखि टुनामुनामा आधारित अनगिन्ती भिडन्तहरू छन्। नेपाली पढ्न जानेको अथवा वीरचरित्रको अङ्ग्रेजी अनुवाद छापिएको भए, हृयारी पोटर की लेखिका जे के रोलिङलाई वीरचरित्रबाट प्रभावित भन्न मिल्नेथियो।

यसमा एउटा नेपाली प्रवृत्तिको अनौठो चित्रण छः काम गराउन भएको घूसको प्रयोग। बाहुन छेत्रीकै बाहुल्य भए पनि वीरचरित्रमा चेपाङ, थारू, थकालीभोटे पात्रहरूको प्रशस्त चर्चा छ। भारतका बङ्गालीपन्जावी पात्रहरू छन्। महिलाको हैसियत परम्परागत तर तुलनात्मक रूपमा अलि बलियो छ। यो उपन्यास सहर वा कुनै एउटा जातिमा केन्द्रित छैन। घटनाहरू नेपालका पहाडमा घट्छन्- अचेलको गण्डकी, धौलागिरिकर्णाली अञ्चलका ठाउँहरू। त्यसमा एकातिर पहाड-पहाडमा रेल-ट्राम चलेको बयान छ भने अर्कातिर पहाडमा हिँड्दा पर्ने दुःखहरूको पनि वयान त्यत्तिकै सजीव छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. दीक्षित, कमल (माघ २८, २०७२), "नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र", हिमाल खबर, अन्तिम पहुँच जेठ २, २०७९[स्थायी मृत कडी]