वीरचरित्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

गिरिश बल्लभद्वारा बि.सं १९६० ताका लिखित मौलिक नेपाली तिलस्मी उपन्यास

बिषय[सम्पादन गर्ने]

बाग्लुङका पण्डित गणेशदत्त अनिकाल परेकोले श्रीमती सहित दुई छोरा लाई लिएर रिडीमा तपस्या गर्न गएदेखि कथा शुरु हुन्छ। कान्छा छोरा विष्णुदत्त मसानका राजाको सेनापति बनाउन मसानदेवीले लगेदेखि निजको खोजमा उनका दाजु अग्निदत्तले गरेको खोजयात्रामा कथा बग्छ। तर कथा झाँक्री,मसानको बेलिविस्तारमा मात्र अल्मलिँदैन। यसमा 'इन्द्रजाल' र विज्ञानको समन्वय छ। यहाँ टेलीग्राफ र हेलीग्राफको प्रयोग गरिन्छ।नयाँ र पुरानोलाई गिरिश बल्लभ एकै पार्छन्- उनका आइमाईहरू कोही मीम (खानदानी मेम साहेबहरूले लगाउने) लुगा लगाएर हिँड्छन्- कोही शुद्ध ज्यापूनीको पटासी लगाउने पनि हुन्छन्। लेखक गिरिश बल्लभ यूरोप अवश्य गएनन् होला तर त्यसमा बगैँचाहरूको वर्ण अद्वितीय नै छ- शायद उनले हिन्दुस्तानमा देख्ने मौका पाएका थिए।

अनुच्छेद[सम्पादन गर्ने]

वीरचरित्रमा चार प्रकरण छन्।

  • पहिलोमा दोस्ती बाँधी आफ्नो मतलव सिद्ध गर्ने,
  • दोस्रो लडाइँ गरी आफ्नो मतलव सिद्ध गर्ने,
  • तेस्रो शत्रुलाई भिडाइ आफ्नो मतलव सिद्ध गर्ने र
  • चौथो सम्झौता गरी आफ्नो मतलव हासिल गर्ने।

विबरण[सम्पादन गर्ने]

उत्सुक पाठकलाई यसले निराश बनाउने छैन। झाँक्रीहरूका बीचको सामान्यदेखि टुनामुनामा आधारित अनगिन्ती भिडन्तहरू छन्। नेपाली पढ्न जानेको अथवा वीरचरित्रको अङ्ग्रेजी अनुवाद छापिएको भए, हृयारी पोटर की लेखिका जे के रोलिङलाई वीरचरित्रबाट प्रभावित भन्न मिल्नेथियो।

यसमा एउटा नेपाली प्रवृत्तिको अनौठो चित्रण छः काम गराउन भएको घूसको प्रयोग। बाहुन छेत्रीकै बाहुल्य भए पनि वीरचरित्रमा चेपाङ, थारू, थकालीभोटे पात्रहरूको प्रशस्त चर्चा छ। भारतका बङ्गालीपञ्जावी पात्रहरू छन्। महिलाको हैसियत परम्परागत तर तुलनात्मक रूपमा अलि बलियो छ। यो उपन्यास शहर वा कुनै एउटा जातिमा केन्द्रित छैन। घटनाहरू नेपालका पहाडमा घट्छन्- अचेलको गण्डकी, धौलागिरिकर्णाली अञ्चलका ठाउँहरू। त्यसमा एकातिर पहाड-पहाडमा रेल-ट्राम चलेको बयान छ भने अर्कातिर पहाडमा हिँड्दा पर्ने दुःखहरूको पनि वयान त्यत्तिकै सजीव छ।

पुस्तकको बारे मा[सम्पादन गर्ने]

भूमिकामा सम्पादक कमल दीक्षित लेख्छन् - आफ्ना लेखनदास लगाएर गिरिश बल्लभले समग्र पुस्तकका दशौँ प्रतिलिपि बनाउनु पर्थ्यो। शासक वर्गका आइमाई र केटाकेटी उनीसँग भेट भयो कि भनिहाल्थे "वीरचरित्र" पठाइदिनुस् न, कविराज बाजे। त्यसरी भित्र गएका प्रतिलिपिहरू दरबारबाट र्फकँदैनथे अनि लेखनदासहरू अर्का प्रतिलिपिहरू तयार पार्न थाल्थे|"