वेल्डिङ
वेल्डिङ (अङ्ग्रेजी: Welding) निर्माणको एक प्रक्रिया हो जुनमा चीजहरू लाई जोड्ने काम आउँछ। वेल्डिङद्वारा मुख्यतः धातुहरू र थर्मोप्लास्टिक जोडिन्छ। यस प्रक्रिया मा सम्बन्धित टुक्राहरूलाई तताएर पगालिन्छ र त्यसमा एक फिलर सामग्रीलाई पनि पगालेर मिलाइन्छ । यो पग्लेको धातुहरू र फिलर सामग्री चिसो भयो भने एक मजबूत जोड बन्छ। वेल्डिङको लागि कहिले-कतै तापको साथै दबाबको प्रयोग पनि गरिन्छ।
इतिहास[सम्पादन गर्नुहोस्]
धातुहरूलाई जोड्ने इतिहास हजारौ वर्ष पछाडी जान्छ। यसको प्रारम्भिक उदाहरणहरू युरोप र मध्य पूर्वमा कांस्य र फलाम युगबाट आउँछन्। प्राचीन ग्रीक इतिहासकार हेरोडोटसले इसा पूर्दवको पाँचौ शताब्दीमा द हिस्ट्रीज भनेका छन् कि चिओसका ग्लाकस ( Glaucus of Chios) "एक्लै फलाम वेल्डिङको आविष्कार गर्ने मानिस थिए"।[१] दिल्लीको फलामको स्तम्भको निर्माणमा वेल्डिङ प्रयोग गरिएको थियो, जुन ३१० ईस्वी भारतको दिल्लीमा खडा गरिएको थियो र तौल ५.४ मेट्रिक टन छ .[२]
मध्य युगले फोर्ज वेल्डिङमा प्रगति भयो, जसमा लोहारहरूले तातो धातुलाई नाजोडिदासम्म हान्छन्। १५४० मा , Vannoccio Biringuccio ले डे ला पिरोटेकनिया प्रकाशित गरे, जसमा फोर्जिंग अपरेशनको विवरण समावेश छ।[३] पुनर्जागरण शिल्पकारहरू वेल्डिङ प्रक्रियामा कुशल थिए, र उद्योगले आउँदा शताब्दीहरूमा उन्नति हुँदै गयो ।[३] १८०० मा, सर हम्फ्री डेभीले सर्ट-पल्स इलेक्ट्रिक आर्क (अङ्ग्रेजी: short-pulse electrical arc) पत्ता लगाए र १८०१ मा आफ्नो नतिजा प्रस्तुत गरे।[४][५][६] १८०२ मा, रूसी वैज्ञानिक भासिली पेट्रोभले कन्टिनियस इलेक्ट्रिक आर्क (अङ्ग्रेजी: continuous electric arc) को आविस्निकार गरे,,[६][७][८] र पछि १८०३ मा "न्युज अफ ग्याल्भानिक-भोल्टाइक एक्सपेरिमेन्टस् News of Galvanic-Voltaic Experiments" प्रकाशित गरे, जसमा उनले १८०२ मा गरिएको प्रयोगहरू वर्णन गरिएको छ। यस कार्यमा ठूलो महत्त्व स्टेबल आर्क डिस्चार्ज (अङ्ग्रेजी: Stable Arc Discharge) को विवरण र धेरै उपयोगिताका लागि यसको सम्भावित प्रयोगको सङ्केत थियो, जसमध्ये एउटा धातु पगाल्ने थियो। [९] १८०८ मा, डेभी, जो पेट्रोभको कामको बारेमा अन्जान थिए, ले कन्टिनियस इलेक्ट्रिक आर्क (अङ्ग्रेजी: continuous electric arc) को पुन: पत्ता लगाए। [५][६] 1881-82 मा आविष्कारकहरू निकोलाई बेनार्डोस (रूसी) र स्टानिस्लाव ओल्स्जेव्स्की (पोलिश)[१०] ले कार्बन इलेक्ट्रोड प्रयोग गरेर कार्बन आर्क वेल्डिंग(अङ्ग्रेजी: Carbon arc welding) भनेर चिनिने पहिलो इलेक्ट्रिक आर्क वेल्डिङ विधि सिर्जना गरे। १८०० को उत्तरार्धमा रुसी निकोलाई स्लाभ्यानोभ (१८८८), र एक अमेरिकी, सीएल कफिन (१८९०) द्वारा मेटल इलेक्ट्रोड(अङ्ग्रेजी: Metal Electrode)को आविष्कार संगै आर्क वेल्डिङको विकास निरन्तरता पाइरह्यो । १९०० को आसपास, A.P. Strohmenger ले बेलायतमा एक कोटेड धातु इलेक्ट्रोड (अङ्ग्रेजी: Coated Metal Electrode) सार्वजनिक गर्यो, जसले थप स्थिर आर्क दिन्थ्यो । १९०५ मा, रूसी वैज्ञानिक भ्लादिमिर मिटकेविचले वेल्डिंगको लागि थ्री-फेज इलेक्ट्रिक आर्क (अङ्ग्रेजी: three-phase electric arc) प्रयोग गर्ने प्रस्ताव गरे।१९१९ मा सी.जे होल्सलागले अल्टरनेटिङ करेन्ट वेल्डिङ को आविष्कार गरे, तर अर्को दशकको लागि लोकप्रिय भएन।[११]
प्रकार[सम्पादन गर्नुहोस्]

- आर्क वेल्डिङ
- कुट्टित वेल्डिङ(Forge Welding)
- ग्याँस वेल्डिङ
- लेजर किरण वेल्डिङ
सुरक्षा मुद्दा[सम्पादन गर्नुहोस्]


सामान्यतया वेल्डिङ प्रक्रियाहरूमा खुला इलेक्ट्रिक आर्क वा ज्वाला समावेश भएको हुनाले, जल्ने र आगोको जोखिम महत्त्वपूर्ण हुन्छ. यदि उचित सावधानी अपनाइएन भने वेल्डिङ खतरनाक र अस्वस्थ हुन सक्छ। यद्यपि, नयाँ प्रविधि र उचित सुरक्षाको प्रयोगले वेल्डिङसँग सम्बन्धित चोटपटक र मृत्युको जोखिमलाई निकै कम गर्छ।[१२]
चोटपटक नहुनको लागि, वेल्डरहरूले अति गर्मी र आगोको जोखिमबाट बच्न भारी छालाको पन्जा र सुरक्षात्मक लामो बाहुला ज्याकेटको रूपमा व्यक्तिगत सुरक्षा उपकरणहरू लगाउँछन्। पोलिएस्टर जस्ता सिंथेटिक कपडाहरू लगाउनु हुँदैन किनभने यस्तो कपडा जलेर पालना सक्छ र चोट लाग्न सक्छ। [१३]
थप रूपमा, वेल्ड क्षेत्रको चमकले आर्क आँखा(अङ्ग्रेजी: arc eye) वा फ्ल्यास बर्न्स (अङ्ग्रेजी: flash burns) भनिने अवस्था निम्त्याउँछ जसमा पराबैजनी प्रकाशले कोर्नियाको सूजन निम्त्याउँछ र आँखाको रेटिना जलाउन सक्छ। यो एक्सपोजरबाट बच्न गाढा UV-फिल्टरिङ फेस प्लेट भएको चश्मा र वेल्डिङ हेलमेटहरू लगाइन्छ। २००० को दशकदेखि, केही हेलमेटहरूमा फेस प्लेट समावेश गरिएको छ जुन तीव्र यूवी प्रकाशको जोखिममा तुरुन्तै कालो हुन्छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Herodotus. The Histories. Trans. R. Waterfield. Oxford: Oxford University Press. Book One, 25.
- ↑ Cary & Helzer 2005, p. 4
- ↑ ३.० ३.१ Lincoln Electric, p. 1.1-1
- ↑ Lincoln Electric, The Procedure Handbook Of Arc Welding 14th ed., page 1.1ढाँचा:Hyphen1
- ↑ ५.० ५.१ Ayrton, Hertha Marks (१९०२), The Electric Arc, New York: D. Van Nostrand Co., पृ: 20, 24, 94।
- ↑ ६.० ६.१ ६.२ A. Anders (२००३), "Tracking down the origin of arc plasma science-II. early continuous discharges", IEEE Transactions on Plasma Science 31 (5): 1060–9, डिओआई:10.1109/TPS.2003.815477, बिबकोड:2003ITPS...31.1060A।
- ↑ Great Soviet Encyclopedia, Article "Дуговой разряд" (eng. electric arc)
- ↑ Lazarev, P.P. (डिसेम्बर १९९९), "Historical essay on the 200 years of the development of natural sciences in Russia" (Russian), Physics-Uspekhi 42 (1247): 1351–1361, डिओआई:10.1070/PU1999v042n12ABEH000750, मूलबाट २०११-०२-११-मा सङ्ग्रहित।
- ↑ "Complete Dictionary of Scientific Biography". Encyclopedia.com. Charles Scribner's Sons. 2008. http://www.encyclopedia.com/doc/1G2-2830903379.html. अन्तिम पहुँच मिति: 9 October 2014.
- ↑ US 363,320, Nikołaj Benardos & Stanisław Olszewski, "Process of and apparatus for working metals by the direct application of the electric current", issued 1887-05-17
- ↑ Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).
- ↑ ANSI/AWS Z49.1: "Safety in Welding, Cutting, and Allied Processes" (2005)
- ↑ "Safety and Health Injury Prevention Sheets (SHIPS) | Process: Hot Work - Welding, Cutting and Brazing - Hazard: Burns and Shocks | Occupational Safety and Health Administration", www.osha.gov, अन्तिम पहुँच २०१९-१०-१२।