शहीद स्मारक ए-डिभिजन लिग २०११

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


शहिद स्मारक ए-डिभिजन लिग
संस्करण२०११
विजेतामहावीर ११
(पहिलो उपाधि)

शहीद स्मारक ए-डिभिजन लिग २०११ शहीद स्मारक ए-डिभिजन लिगको पहिलो संस्करण हो ।जुन प्रतियोगिता महावीर ११ क्लबले जितेको थियो। अमृतमान श्रेष्ठको कप्तानीमा रहेको महावीर टिममा नेपालीको फुटबलका पिताका रूपमा परिचि नरशमशेर ज.व.रा. पनि लिग विजेता टिममा समावेश थिए। ो हो । पहिलो लिग फुटबलमा कति टिम सहभागी थिए, महावीर-११ का खेलाडी अमृतमान श्रेष्ठलाई सबै राम्रोसँग हेक्का छैन । तर महावीर-११ समेत पुलिस फोर्स, एनआरटी, ठमेल, आरसीटी, पाटन, महाराजगञ्ज, जेएफसी टिमहरूले त्यसमा प्रतिस्पर्धा गरेको उनी बताउँछन् ।

सिंहदरवारको उत्तरमा रहेको 'ब्लेड घर' अगाडिको मैदानमा प्रतियोगिताको आयोजना भएको थियो । 'विलियार्ड घर' नाम रहे पनि सबैले यसलाई ब्लेड घर नै भन्न रुचायो । यो घरबाट नै श्री ५ त्रिभुवन र श्री ५ महेन्द्रलगायत राणाहरूले फुटबल नजर गर्थे । श्री ५ त्रिभुवन फुटबल भने पछि हुरुक्क हुन्थे । अमृतमान श्री ५ त्रिभुवनका पि्रय खेलाडी थिए । वि.सं. २०१३ सालमा प्रकाशनमा आएको 'फुटबल खेल' नामक कितावमा लेखक कृष्णबहादुर बर्मालाई सन्देश पठाउने क्रममा राजा त्रिभुवनले लेखेका छन् । 'सबै नेपाली युवकहरूले आदर्श खेलाडी बनुन र संसारमा नाम कमाउन । त्यो दिन पनि अब चाँडै आउला, जब नेपाली पनि संसारका खेलाडी सरह होलान, नेपाली युवकहरू हो, खेल, नाम कमाउ, योग्य होउ, संसारमा दाँजिने होउ' । महावीरले लिग जितेपछि डिल्लीबजारमा पूरा टिमलाई सिन्दुर जात्रा गरेर स्वागत गरिएको थियो । त्यो समयको डिल्लीबजार ठूलो थियो, त्यसमा अहिलेको बानेश्वर र ज्ञानेश्वर पनि आउँथ्यो ।

महावीरको खेल हुँदा पूरा डिल्लीबजार सुनसान हुन्थ्यो र टोलीबासी पल्टेर सिंहदरवार पुग्थ्यो । को खेलाडीले कस्तो खेल्यो भनेर पूरा टोलमा चर्चा हुने अमृतमान बताउँछन् । टिमका अन्य सदस्यहरूमा राइट-हाफ कृष्णबहादुर मानन्धर, लेफ्ट-हाफ नारायण बहादुर क्षेत्री, राइट-आउट नातीबाबु (खड्गमान), राइट-इन राधेश्याम श्रेष्ठ, सेन्टर-फर्वाड नरसम्शेर, लेफ्ट-इन तारकसम्सेर थापा, लेफ्ट-आउट रमेशविक्रम शाह, राइट-फुट हरिगोपाल कारञ्जित, लेफ्ट-फुट शेषराज जोशी तथा गोलरक्षकमा कोमलविक्रम शाह थिए । अहिले यस टिमका पाँच सदस्य मात्र जिवित छन् । त्यो समय रेफि्मा नाम चलेका चन्द्रबहादुर बस्नेत थिए । महावीर-११ को स्तरीयतालाई अमृतमान अहिले पनि कतिसम्म गर्व गर्छन भने त्यो टिम विश्वकप खेल्न लायक थियो । महावीरले प्रत्येक खेलको समाप्तीपछि त्यो समय अत्यन्त नाम चलेका धरहरा माइला र तिलहरी माइला दाजुभाईबाट खाजा मगाउँथ्यो ।

तत्कालीन समयमा सबैभन्दा बलियो तथा स्तरीय टिम महावीर ११ले पहिलोपटक शहिद स्मारक ए-डिभिजन लिग उपाधि जितेर नेपाली फुटबल जगतमा एउटा इतिहास कोर्न सफल भएको थियो।

सहभागी टिम[सम्पादन गर्नुहोस्]

त्यो समय बलियो टिम भनेको महावीर, पुलिस फोर्स र एनआरटी थिए । महावीरलाई भने कसैले हराउन सकेन ।

खेल मैदानहरू र खेल तालिका[सम्पादन गर्नुहोस्]

सिंहदरवारको उत्तरमा रहेको 'ब्लेड घर' अगाडिको मैदानमा प्रतियोगिताको आयोजना भएको थियो । 'विलियार्ड घर' नाम रहे पनि सबैले यसलाई ब्लेड घर नै भन्न रुचायो ।[१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. www.purbelitimes.com नेपाली फुटबलको इतिहास