साओमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शाओमीबाट अनुप्रेषित)
साओमी
साओमी
मौलिक नाम
小米集团
रोमन लिपिमा नाम
Xiǎomǐ
व्यवसाय प्रकार
सार्वजनिक
आइएसआइएनKYG9830T1067 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योग
स्थापित६ अप्रिल २०१०; १४ वर्ष पहिले (२०१०-०४-06)
केन्द्रीय कार्यालयहैदियान जिल्ला,
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
उत्पादनहरू
ब्रान्डहरू
राजश्वह्रास ¥२८०.०४ अर्ब युएस$४०.७ अर्ब
(सन् २०२२)[१]
परिचालन आय
ह्रास ¥२.८१ अर्ब युएस$०.४०८ अर्ब (सन् २०२२)[१]
ह्रास ¥२.५ अर्ब युएस$०.२६ अर्ब (सन् २०२२)[१]
कुल सम्पत्तिह्रास ¥२७३.५१ अर्ब युएस$३९.७२ अर्ब (सन् २०२२)[१]
कुल इक्विटीवृद्धि ¥१४३.९२ अर्ब युएस$२०.९ अर्ब (सन् २०२२)[१]
कर्मचारी सङ्ख्या
३२,५४३ (३१ डिसेम्बर २०२२)[१]
सहायक कम्पनीहरू
  • जिएमआई
  • ब्ल्याक सार्क
  • झिगु निगम
वेबसाइटwww.mi.com/global/ Edit this at Wikidata
साओमी
चिनियाँ चरित्रहरूमा "साओमी"
चिनियाँ 小米
अनुवादित अर्थ कोदो
साओमीको रेड्मी नोट स्मार्टफोन
क्वालालम्पुरस्थित साओमीको आधिकारिक सेवा केन्द्र

साओमी निगम[२], (चिनियाँ: 小米) एक चिनियाँ निर्माणकर्ता र उपभोक्ता इलेक्ट्रोनिक्स र सम्बन्धित सफ्टवेयर, घरेलु उपकरण र घरेलू हार्डवेयरको निर्माता कम्पनी हो। सामसङ पछि, यो विश्वको दोस्रो सबैभन्दा ठूलो स्मार्टफोन निर्माता हो, जसमध्ये अधिकांश मियुआई युजर इन्टरफेसमा चल्छ, जुन एन्ड्रोइड सञ्चालन प्रणालीमा आधारित छ।[३] कम्पनी ३३८औँ स्थानमा छ र फर्च्युन ५०० मा सबैभन्दा नयाँ कम्पनी हो।[४][५]

साओमीको स्थापना सन् २०१० मा बेइजिङमा अर्बपति लेइ जुनले ४० वर्षको उमेरमा गरेका थिए। लेइले किङसफ्ट र जोयो डटकम स्थापना गरेका थिए, जसलाई उनले सन् २००४ मा अमेजनलाई ७ करोड ५० लाख डलरमा बेचेका थिए। अगस्ट २०११ मा, साओमीले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको थियो र सन् २०१४ सम्ममा, यसले चीनमा बिक्री हुने स्मार्टफोनहरूको सबैभन्दा ठूलो बजार अंश ओगटेको थियो। सुरुमा कम्पनीले आफ्ना उत्पादनहरू मात्र अनलाइन बेचेको थियो। सन् २०१५ सम्ममा, यसले उपभोक्ता इलेक्ट्रोनिक्सको एक विस्तृत शृङ्खला विकास गरिरहेको थियो।[६] सन् २०२० मा, कम्पनीले १४.६३ करोड स्मार्टफोन बेचेको थियो र यसको मियुआई मोबाइल प्रयोगकर्ता इन्टरफेसमा ५० करोड भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ताहरू छन्।[७] काउन्टरपोइन्टका अनुसार सन् २०२३ सम्ममा साओमी विश्वव्यापी स्मार्टफोनको तेस्रो सबैभन्दा ठूलो बिक्रेता हो, जसको बजार अंश लगभग १२% रहेको छ।[८] यसको उपस्थितिले गर्दा केही मानिसहरूले साओमीलाई "चीनको एप्पल" भनेर सम्बोधन गरेका छन्।[९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ "Annual Results", मूलबाट २८ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मार्च २०२३ 
  2. "How to say: Xiaomi", बीबीसी, १२ नोभेम्बर २०१८, मूलबाट २४ फेब्रुअरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २०१८ 
  3. Pendlebury, Ty (१६ जुलाई २०२१), "Xiaomi overtakes Apple as the world's No. 2 smartphone-maker", CNET, अन्तिम पहुँच ७ अक्टोबर २०२३ 
  4. "Xiaomi moves up on Fortune's Global 500 list (#338)", gsmarena.com, २ अगस्ट २०२१, मूलबाट २ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगस्ट २०२१ 
  5. "Global 500: Xiaomi", Fortune, मूलबाट २८ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ सेप्टेम्बर २०२१ 
  6. "The China Smartphone Market Picks Up Slightly in 2014Q4, IDC Reports", IDC, १७ फेब्रुअरी २०१५, मूलबाट १७ फेब्रुअरी २०१५-मा सङ्ग्रहित। 
  7. Palli, Praneeth (२३ नोभेम्बर २०२१), "Xiaomi UI Has Gained More Than 500M Monthly Active Users", Mashable, मूलबाट १२ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जनवरी २०२२ 
  8. "Global Smartphone Market Share: Q4 2020 to Q4 2022", Counterpoint Research (अङ्ग्रेजीमा), ८ फेब्रुअरी २०२३, मूलबाट १७ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मार्च २०२३ 
  9. Saiidi, Uptin (१० सेप्टेम्बर २०१९), "The 'Apple of China' expanded into 80 new markets in four years. Here's how Xiaomi grew so rapidly", CNBC, मूलबाट २१ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १० सेप्टेम्बर २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  • साओमीसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
  • आधिकारिक वेबसाइट Edit this at Wikidata
  • वित्त सूत्रहरूका लागि व्यवसाय आँकडा