शान्तिपुर, गुल्मी
शान्तिपुर, गुल्मी | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८°०३′N ८३°१६′E / २८.०५°N ८३.२७°Eनिर्देशाङ्कहरू: २८°०३′N ८३°१६′E / २८.०५°N ८३.२७°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | गुल्मी जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ३,८६५ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
शान्तिपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, गुल्मी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३८६५ रहेको थियो जसमध्ये १७१० पुरुष र २१५५ महिला रहेका थिए भने यहाँ ९१० घरधुरी रहेको थियो।[१] यो हाल चन्द्रकोट गाउँपालिकामा पर्दछ।
शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी अञ्चलका ६ जिल्लामध्ये एक पहाडी जिल्ला गुल्मी हो । २७.५५ۛ अक्षांस देखि २८.२७ۛ उत्तरी अक्षांश र ८३.१३ۛ पूर्व देखि ८३.३५ۛ पूर्वि देशान्तर विच पर्ने यो एक पहाडी जिल्ला हो । यस जिल्लाको पूर्वमा स्याङ्जा र पाल्पा पश्चिममा प्यूठान उत्तरमा बाग्लुङ, पर्वत र दक्षिणमा अर्घाखाँची जिल्ला पर्दछन् । यस जिल्लाको क्षेत्रफल ११४९०० हेक्टर (११४९ वर्ग कि.मी) छ र यो जिल्ला समुद्र सतहदेखि ४६५ मि. (रिडी) देखि २६९० मि. (थाप्ले लेक) सम्म उचाई रहेको छ । यस जिल्लाको पूर्व पश्चिम सरदर लम्वाई ४० कि.मि. र उत्तर दक्षिण सरदर लम्बाई ३० कि.मि. रहेको छ । राजनीतिक रूपमा ३ निर्वाचन क्षेत्र, १३ इलाका र ७९ गा.वि.स. मा विभाजन भएको यस जिल्लाको २०५८ सालको जनगणना अनुसार जनसङ्ख्या २९६६५४ रहेको छ । छिमेकी मुलुक भारतबाट करिब १४० कि.मि.,बुटवलबाट ११५ किमी मात्रको दुरीमा गुल्मी जिल्ला रहेको छ । विकासका पूर्वाधार यातायात, विजुली, सञ्चार सेवा उपलव्ध यस जिल्लाको ७९ गाबिसहरूमा कच्ची मोटरबाटोबाट यातायात सञ्चालन भै रहेको छ । [२]
प्राकृतिक:
गुल्मी जिल्ला थुप्रै प्राकृतिक अद्दभुद सुन्दरता बोकेको जिल्ला हो । हराभरा पहाड हुन वा समथर बेशी, पहाडका टाकुराहरूबाट छङ्छङ गर्दै झर्ने झरना, बेशिका फाँटहरूमा हरियाली सिँचाउदै बग्ने सालीन बडिगाड, त्यसैगरी राष्ट्रकै केही महत्त्वपूर्ण एतिहासिक एंव पुरातात्विक स्थल तथा संरचनाहरूलाई शिर र काखमा राखेर बसेको छ गुल्मी जिल्ला । करीब ३,४०० हेक्टरमा फैलिएको रेसुङ्गा जङ्गलै जङगलले ढाकिएको छ ।
गुल्मीका पहाडहरु हराभरा जंगलले ढाकिएका छन भने बेशी अर्थात समथर भाग खेतिपाती र आवाधी गरिदै आएको छ । गुल्मी जिल्लामा रेसुङ्गाको लेक, थाप्लेको लेक, मदानेको लेक, लुम्पेकको लेक, वामिको लेक, अग्लुङ को लेक, पौँदिको लेक, रानीबन, सिद्दबाबाको डाँडा (रुपाकोट) जस्ता अग्ला अग्ला पहाडहरु रहेका छन । गुल्मीमा बग्ने नदी नालाहरूले पनि जिल्लालाई सिगाँर्ने काममा थप सहयोग गरेका छन ।
प्रशस्त मात्रामा सालीग्राम पाइने हुनाले मानिसहरूले यसलाई सालीग्राम नदिको नामले पनि पुकार्दछन । यस नदिलाई एक तिर्थस्थलको रूपमा पनि लिने गरिन्छ । यहाँ स्नान गरेमा पुण्य प्राप्त हुन्छ भने धार्मिक जनबिश्वास पनि रहिआएको छ । त्यस्तै जिल्लाकै मध्यभाग भई बग्ने अर्को नदी हो बडिगाड । यसलाई रुद्रावती नदिको नामले पनि चिनिन्छ । बाग्लुङ जिल्लाको रुद्रताल मुहान भएको यो नदी दरम खोला, हुग्दिखोला लगायत अन्य थुप्रै खोलाहरूलाई साथ लिएर रुद्राबेणीमा आई कालिगण्डकीमा मिल्दछ । त्यस्तै दरम खोला, रिडी खोला, छल्दी खोला, हुग्दी खोला, निस्ती खोला एंव पनाहा खोला गुल्मी जिल्लामा रहेका केही ठुला नदिहरु हुन ।
प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण रेसुङ्गा हो । रेसुङ्गाबाट उत्तरतिर हेर्दा एकैदिनमा पुगिएला जत्तिकै नजिकमा अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका साथै धवलागिरि, निल्गिरी, माछापुच्छ्रेलगायत १५ भन्दा बढी हिमाल देखिन्छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपाल जनगणना २०५८", नेपालका गाउँ विकास समिति, डिजिटल हिमालय, अन्तिम पहुँच १५ सेप्टेम्बर २००८।