सत्य नारायण मण्डल
स्वरूप
सत्य नारायण मण्डल | |
---|---|
युवा तथा खेलकुद मन्त्री | |
कार्यकाल वि.सं. २०७२ कार्तिक २ – वि.सं. २०७३ साउन २० | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | खड्गप्रसाद ओली |
पूर्वाधिकारी | पुरूषोतम पौडेल |
उतराधिकारी | दलजित श्रीपाइली |
मधेश प्रदेश सभा सदस्य | |
पद बहाली वि.सं. २०७५ जेठ ९ | |
पूर्वाधिकारी | पद सिर्जना |
निर्वाचन क्षेत्र | सप्तरी १ (क) |
व्यक्तिगत विवरण | |
जन्म | सप्तकोशी नगरपालिका, सप्तरी जिल्ला, नेपाल | ३० जुलाई १९५१
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | स्वतन्त्र |
अन्य राजनीतिक संलग्नता | नेकपा (एमाले) |
निवास(हरू) | सप्तरी जिल्ला, नेपाल |
सत्यनारायण मण्डल एक नेपाली राजनीतिज्ञ हुन।[१] उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)को उम्मेदवारको रूपमा मधेश प्रदेशको प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।[२] उनी मधेश प्रदेशको नेकपा एमालेको संसदीय दलको नेता निर्वाचित भएका थिए।
राजनीतिक करियर
[सम्पादन गर्नुहोस्]सत्यनारायण मण्डल नेपालको सबैभन्दा पुरानो राजनीतिज्ञहरू मध्येका एक हुन्। उनी वि.सं. २०२८ सालमा राजनीतिक दलमा प्रवेश गरेका थिए। वि.सं. २०३६ सालमा नेकपाको सक्रिय सदस्य र वि.सं. २०४८ सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए। धोबी समुदायबाट मन्त्री बन्ने उनी पहिलो व्यक्ति हुन्।[३]
खड्गप्रसाद ओलीको सरकारमा उनी वि.सं. २०७२ असोज २५ मा नेपालको गैरविभागीय मन्त्री बनाइएका थिए।[४] त्यसपछि उनलाई वि.सं. २०७२ कार्तिक २ नेपाल सरकारको खेलकुद तथा युवा मन्त्री बनाइएको थियो।
निर्वाचन इतिहास
[सम्पादन गर्नुहोस्]राजनीतिक दल | उम्मेदवार | मत | |
---|---|---|---|
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) | सत्यनारायण मण्डल | ११,३०२ | |
राष्ट्रिय जनता पार्टी नेपाल | राजकुमार लेखी | ९,२५२ | |
नेपाली कांग्रेस | सुबोधकुमार पोखरेल | ८,७०५ | |
नयाँ शक्ति पार्टी नेपाल | अशोक कुमार चौधरी | १,६१८ | |
अरू | ८१६ | ||
अवैध मतहरू | १,९६३ | ||
नतिजा | नेकपा (एमाले) विजयी | ||
स्रोत : निर्वाचन आयोग |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Mandal elected UML PP leader in Province 2 | Setopati - Nepal's Digital Newspaper", setopati.net (en-USमा), अन्तिम पहुँच २०१८-०३-२७।
- ↑ पोखरेल, मनोहर (११ डिसेम्बर २०१७), "एमालेका प्रदेश प्रमुख मण्डल विजयी", annapurnapost.com, Annapurna News Network, अन्तिम पहुँच ४ मार्च २०२०।
- ↑ "राजधोव समुदायबाट पहिलो मन्त्री"।
- ↑ "1st Minister from Rajdhoves of Nepal"।