साहना बज्राचार्य
साहना बज्राचार्य | |
---|---|
जन्म | साहना बज्राचार्य अगस्ट १५, १९८९ काठमाडौँ, नेपाल |
उचाइ | १.६१ मी (५ फिट ३ १⁄२ इन्च) |
उपाधि | मिस नेपाल विश्व २०१० |
सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
कपालको रङ्ग | खैरौं |
आँखाको रङ्ग | खैरौं |
प्रमुख प्रतिस्पर्धा (हरू) | मिस नेपाल २०१० पहिलो रनरअप मिस अर्थ २०१० मिस एसिया प्यासिफिक वर्ल्ड २०११ मिस नेपाल २००८ |
साहना बज्राचार्य (अङ्ग्रेजी: Sahana Bajracharya) एक व्यावसायिक मोडल, टेलिभिजन प्रस्तोता, अभिनेत्री तथा मिडीया व्यक्तित्व हुन् । उनी मिस नेपाल अर्थ २०१० को उपाधि विजेता हुन् । उनले अमेरिकाको स्थानीय संस्करण अमेरिकाज नेक्स्ट टप मोडेल अन्तर्गत मेगा मोडेलको दोश्रो संस्करणलाई प्रस्तुत गरेकी छिन् । उनी लोकप्रिय बन्न बारम्बार विवादमा तानिने गर्छिन ।[१] उनी टिएनएम नामक लोकप्रिय पत्रिकाको पृष्ठमा आफ्नो ठाउँ बनाउन सफल भएकी छिन् ।[२] हालै उनी एउटा मदिरा कम्पनी रस्लन भोड्काको विज्ञापनमा देखा परेकी छिन् ।
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]साहना बज्राचार्यको जन्म १५ अगस्ट १९८९ मा नेपालको सुर्खेतमा भएको हो । उनले आफ्नो प्रारम्भिक शिक्षा जावलाखेलको सेन्ट मेरी विद्यालयबाट प्राप्त गरेकी छिन् भने कलेज स्तरको शिक्षा वीगन तथा लीग कलेजबाट प्राप्त गरेकी छिन्।
ब्यवसाहिक जीवन
[सम्पादन गर्नुहोस्]बज्राचार्य कार्यक्रम सन्चालन गर्ने मिडिया ब्यक्तित्व बनिन्, जस्तै मेगा मोडल सिजन २, युगान्तर र इमेज च्यानलको लागि उनले काम गरिन्। सन् २००८ मा उनले मिस नेपाल २००८ मा[३] प्रतिस्पर्धा गरेकी थिइन् तर पछि महिला मावोबादीहरूको प्रदशनका कारण प्रतियोगिता सम्पन्न हुन सकेन्।[४] साहनाले एसिया प्यासेफिक वर्ल्ड २०११ को सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नको लागि चुनिएकी थिइन्, त्यहि वर्ष अक्टुवरमा कोरियामा आयोजित गरिएको थियो र जहाँ उनी शिर्ष १५ मा रहन सफल भएकी थिईन्।
उनले १ सेप्टेम्बर २०१० मा मिस नेपाल अर्थ २०१० को ताज पहरियिन र पछि ४ डिसेम्बर २०१० मा उनले मिस अर्थ २०१० मा प्रतिस्पर्धा गरिन्।[५] पछि उनले कान्तिपूर टेलिभिजन नेटवर्कमा काम शुरु गरिन र जसमा उनले सिनेमा समाचार र गफगाफ कार्यक्रम सञ्चालन गरिन्। कान्तिपूर टेलिभिजन नेटवर्कबाट बाहिरिए पछि उनले नेपाल टेलिभिजन नेटवर्कका लागि नमस्ते टिभी कार्यक्रम स्गुरु गरिन्।
चलचित्र क्षेत्र
[सम्पादन गर्नुहोस्]वर्ष | चलचित्र | भाषा | कैफियत |
---|---|---|---|
२०१२ | गुडबाई काठमाडौँ | नेपाली | अतिथि भूमिका |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "मोडल साहना बज्राचार्य र संचारकर्मी सुरज गिरी थुनामा", मेरोखबर, अन्तिम पहुँच २०१५ जनवरी ३०। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०१ मिति
- ↑ "Sahana Bajracharya’s Sexy Chitwan Shoot!", Lexlimbu.com, अन्तिम पहुँच १६ अगस्ट २०१४।
- ↑ Miss Nepal 2008 Contestants Profile - Sahana Bajracharya वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-३१ मिति
- ↑ "Maoists Block ‘Miss Nepal 2008′ Beauty Contest in Nepal - Lifestyle, Music & Film - GroundReport.com – Latest World News & Opinions", Groundreport.com, अन्तिम पहुँच ११ अक्टोबर २०१४। वेब्याक मेसिन अभिलेखिकरण ७ जुन २०१३ मिति
- ↑ "Sahana Bajracharya - Nepal - Miss Earth 2010 Vietnam", Missearth.vn, मूलबाट १८ अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अक्टोबर २०१४।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १८ अक्टोबर २०१४ मिति