सुनिल प्रजापति
सुनिल प्रजापति भक्तपुर नगरपालिकाको वर्तमान मेयर हुन्। उनी नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व गर्ने नेपाली राजनीतिज्ञ हुन्। आम निर्वाचन २०५६ को संसदीय आम चुनावमा प्रजापतिले भक्तपुर-२ बाट चुनाव लडेका थिए। उनले १३,४३२ मत पाएर दोस्रो भएका थिए। [१]
वि.सं. २०६३ मा तत्कालिन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको पतनपछि प्रजापति नेपालको अन्तरिम संसदमा मनोनित भएका थिए। [२] प्रजापति अन्तरिम संविधान मस्यौदा समितिको सदस्य भएका थिए। [३]
वि.सं. २०६४ चैतको संविधानसभाको चुनावमा प्रजापतिले भक्तपुर-२ बाट चुनाव जितेका थिए। [४]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Finalised Constituencies With Top Two Candidates वेब्याक मेसिन अभिलेखिकरण २००८-०३-०५ मिति
- ↑ Report.pmd वेब्याक मेसिन अभिलेखिकरण २०१२-०८-२७ मिति
- ↑ CDC वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२५ मिति
- ↑ Election Commission of Nepal