स्पोटिफाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(स्पोतिफायबाट अनुप्रेषित)
स्पोटिफाई तिक्नोलोगी आकित्सिएबोलाग
Spotify Logo
व्यवसायको प्रकारनिगम
संस्थापित२३ अप्रिल २००६; १७ वर्ष पहिले (२००६-०४-23)
मुख्यालयहरू
कानुनी: लुक्सेमबुर्ग सहर, लुम्सेमबुर्ग
सञ्चालन: स्टकहोम, स्विडेन, न्यु योर्क सहर, संयुक्त राज्य अमेरिका (संयुक्त)[१]
उद्गम देशस्विडेन
स्थानहरूको सङ्ख्या
२२[१]
  • बेल्जियम
  • जर्मनी
  • क्यानडा
  • डेनमार्क
  • स्पेन
  • फिनल्यान्ड
  • फ्रान्स
  • भारत
  • इटाली
  • नेदरल्यान्ड
  • नर्जे
  • पोल्यान्ड
  • स्विडेन
  • संयुक्त अधिराज्य
  • सिङ्गापुर
  • हङकङ
  • मेक्सिको
  • जापान
  • संयुक्त राज्य अमेरिका
  • फिलिपिन्स
  • दक्षिण अफ्रिका
  • इजरायल
संस्थापक (हरू)
  • दनियल इयक
  • लोरन्तजन
मुख्य व्यक्तिहरूदनियल इयक (कार्यकारी, अध्यक्ष)
पल भोगल (वित्तीय अधिकारी)
उद्योगसङ्गीत प्रवाह, मागमा श्रव्य सेवा
आयवृद्धि €६.७६४ अर्ब (सन् २०१९)[२]
खुद आम्दानीह्रास -€१८.६ करोड (सन् २०१९)[३]
कर्मचारीहरू३,६५१ (३१ डिसेम्बर २०१८)[४]
सहायक कम्पनी(हरू)थङ्सिन सङ्गीत (४६.६%)
युआरएलspotify.com
अलेक्सा क्रमह्रास ८२ (अप्रिल २०२०)[५]
दर्ताआवश्यक
प्रयोगकर्ताहरू२८.६ करोड
(१३ करोड भुक्तान सदस्य)
चालु भएको मिति७ अक्टोबर २००८; १५ वर्ष पहिले (२००८-१०-07)

स्पोटिफाई टेक्नोलोजी एसए, (स्वीडेनी: Spotify Technology S.A.), (अनुवादित: स्पोटिफाई प्रविधि निगम), एक स्विडेनी सङ्गीत प्रवाह सेवा प्रदायक कम्पनी हो। यसलाई कानूनी रूपमा लुक्सेम्बुर्गमा दर्ता गरिएको थियो र यसको प्रधान कार्यालय स्विडेनको राजधानी स्टकहोममा अवस्थित छ।

सन् २००६ मा स्थापित, कम्पनीले मुख्य रूपमा श्रव्य प्रवाह मञ्चको प्रस्ताव गर्दछ। स्पोटिफाईले अङ्कीय अधिकार व्यवस्थापन प्रतिबन्धित सङ्गीत र पोडकास्ट, रेकर्ड लेबल र सञ्चार कम्पनीहरू मार्फत प्रस्ताव गर्दछ। भुक्तान सेवाको रूपमा, आधारभूत सुविधाहरू विज्ञापन रहितका स्वचालित साङ्गीतिक श्रव्य दृश्य सित्तैमा उपयोग गर्न सकिन्छ। अतिरिक्त सुविधाहरू जस्तै अफलाइन र भुक्तान रहित श्रवण, भुक्तान सदस्यताका माध्यमबाट प्रस्तुत गरिन्छ।

अक्टोबर २००८ मा सुरू गरिएको यस सेवाले ५ करोड श्रव्यहरूमा पहुँच प्रदान गर्दछ। प्रयोगकर्ता, कलाकार, गिती सङ्ग्रह जस्ता विधाहरू रूपरेखाद्वारा हेर्न सकिन्छ। प्रयोगकर्ताहरूले यसमा नयाँ श्रव्य उर्ध्वभरण गर्न, सम्पादन गर्न, र प्रवाह सूची साझेदारी गर्न सक्दछन्। स्पोटिफाई युरोप र अमेरिका, अस्ट्रेलिया, न्यूजील्यान्ड, अफ्रिका र एसियाको केही भागहरूमा विन्डोज, म्याक, र लिनक्स, आइओएस, र एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटहरू सहित प्राय: आधुनिक उपकरणहरूको साथ उपलब्ध छ। फेब्रुअरी २०१८ देखि यो न्यु योर्क सेयर बजारमा सूचीबद्ध छ। अप्रिल २०२० सम्ममा, कम्पनीसँग २८.६ करोड मासिक सक्रिय प्रयोगकर्ता रहेका थिए, जस मध्ये १३ करोड भुक्तान गर्ने सदस्यहरू समावेश छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Om oss", www.spotify.com, Spotify AB, १२ जुलाई २०१८, अन्तिम पहुँच १२ जुलाई २०१८ 
  2. "Aktieägarbrev Q4 2019", investors.spotify.com  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०७-११ मिति
  3. "Aktieägarbrev Q4 2019", investors.spotify.com  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०७-११ मिति
  4. "Årsredovisning 2018", investors.spotify.com (स्विडेनीमा)।  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०७-११ मिति
  5. "अलेक्सा – स्पोटिफाईको प्रतिस्पर्धी विश्लेषण, जनशाङ्खिकि र यातायात", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच १० अप्रिल २०२०  वेब्याक मेसिन अभिलेखिकरण २९ अक्टोबर २०१९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:सङ्गीत प्रवाह सेवाहरू