केप भर्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणतन्त्र केप भर्ड
República de Cabo Verde (पुर्तगाली)
केप भर्डको झन्डा
झन्डा
केप भर्डको निशान छाप
निशान छाप
आदर्श वाक्य: 
  • Unidade, Trabalho, Progresso  (पोर्तगाली)
  • (नेपाली: "एकता, कर्म, प्रगति")
राष्ट्रिय गान: Cântico da Liberdade  (पोर्तगाली)
(नेपाली: "स्वतन्त्रताको गान")
राजधानी
र सबैभन्दा ठुलो सहर
प्रया
१४°५५′उ॰ २३°३१′प॰ / १४.९१७°N २३.५१७°W / 14.917; -23.517
आधिकारिक भाषाहरूपुर्तगाली[१]
मान्यता प्राप्त राष्ट्रिय भाषाहरूकेप भर्डेली क्रियोल[१]
धर्म
रैथाने(हरू)केप भर्डेली
सरकारएकात्मक अर्ध-राष्ट्रपतीय गणतन्त्र[३]
जुजेमारिया नेभिस
उसिलिज कुरेया इ सिल्भा
व्यवस्थापिकाराष्ट्रियसभा
स्थापना
• पोर्चुगलबाट स्वतन्त्र
५ जुलाई १९७५
क्षेत्रफल
• जम्मा
४,०३३ किमी (१,५५७ वर्ग माइल) (१६६औँ)
• पानी (%)
नगण्य
जनसङ्ख्या
• सन् २०२१ जनगणना
४,८३,६२८ (१७२औँ)
• घनत्व
१२३.७ /किमी2 (३२०.४ /वर्ग माइल) (८९औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१९ लगत
• जम्मा
$४.३२३ अर्ब
• प्रति व्यक्ति
$७,७२८[४]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१९ लगत
• जम्मा
$२.०४२ अर्ब
• प्रति व्यक्ति
$३,६५१[४]
गिनी (सन् २०१५)Positive decrease ४२.४[५]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.६६५[६]
मध्यम · १२६औँ
मुद्राकेप भर्डेली एस्कोदो (CVE)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय–१ (केप भर्ड समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय–१ (हेरिदैँन)
मिति ढाँचादिन/महिना/वर्ष
सडक प्रयोगदायाँबायाँ
टेलिफोन कोड+२३८
इन्टरनेट डोमेनडटसिभी

केप भर्ड आधिकारिक रूपमा गणतन्त्र केप भर्ड, (उच्चारण [ˈkabu ˈveɾdɨ]) मध्य आन्ध्र महासागरमा एक द्वीप राष्ट्र हो। यो लगभग ४,०३३ वर्ग किलोमीटर (१,५५७ वर्ग माइल) को संयुक्त भूमि क्षेत्रसँग दश ज्वालामुखी टापुहरू मिलेर बनेको छ। यी टापुहरू अफ्रिका महादेशको सबैभन्दा पश्चिमी विन्दुमा अवस्थित केप-भर्टबाट पश्चिममा ६०० देखि ८५० किलोमिटर (३२० देखि ४६० माइल) को बीचमा पर्दछन्।[८] केप भर्ड टापुहरूमा माकारोनेसियाको पर्यावरण क्षेत्र र अजोर्स, क्यानरी टापु, मदेइरा र साभाज आइल्स पनि पर्दछन्।

केप भर्ड द्वीपसमूह १५औँ शताब्दीसम्म बसोबास गरिएको थिएन। सोही शताब्दीमा पोर्तुगाली अन्वेषकहरूले यी टापुहरू पत्ता लगाउँदै बसोबास गरेका थिए जसले गर्दा उष्ण कटिबन्धीय क्षेत्रमा पहिलो युरोपेली बस्ती स्थापित भएको थियो। आन्ध्र महासागरीय दासहरूको व्यापारमा केप भर्डका टापुहरू सुविधाजनक स्थानमा पर्ने भएकोले १६औँ र १७औँ शताब्दीको दौरान केप भर्ड आर्थिक रूपमा सम्पन्न हुँदै गएको थियो र यसले व्यापारी, निजी र समुद्री डाकूहरूलाई आकर्षित गर्न सफल भएको थियो। आन्ध्र महासागरको दास प्रथाको दमनले गर्दा १९औँ शताब्दीमा यसको आर्थिक ह्रास भएको थियो र त्यस अवधिमा त्यहाँका थुप्रै बासिन्दाहरू बसाइँ सरेका थिए। तथापि, केप भर्डको एउटा महत्त्वपूर्ण व्यापारिक केन्द्र र प्रमुख ढुवानी मार्गको उपयोगी भएका कारण आर्थिक रूपमा यो विस्तारै निको हुन थालेको थियो। सन् १९५१ मा केप भर्डलाई पुर्तगाली विदेशी विभागको रूपमा समावेश गरिएको थियो तर त्यहाँका बासिन्दाहरूले स्वतन्त्रताको अभियानलाई निरन्तरता दिए जुन उनीहरूले सन् १९७५ मा हासिल गरेका थिए।

सन् १९९० दशकको सुरुदेखि केप भर्ड स्थिर प्रतिनिधि प्रजातन्त्र भएको छ र अफ्रिकाको सबैभन्दा विकसित र प्रजातान्त्रिक देशहरू मध्ये एकको रूपमा रहेको छ। प्राकृतिक स्रोतको अभावमा यसको विकासशील अर्थतन्त्र प्रायः सेवामुखी रहेको छ। पर्यटन र विदेशी लगानीमा यसको बढ्दो ध्यान केन्द्रित छ। यसको जनसङ्ख्या लगभग ४८३,६२८ (सन् २०२१ को जनगणना सम्म) रहेको छ जसमा अधिकांश मिश्रित अफ्रिकी तथा युरोपेली समुदायका मानिसहरू पर्दछन्। यहाँ मुख्यतया रोमन क्याथोलिकहरूको बाहुल्यता रहेको छ। यसले पुर्तगाली शासनको विरासतलाई प्रतिबिम्बित गर्दछ। केप भर्डेली आप्रवासी संसारभरि, विशेष गरी संयुक्त राज्य अमेरिकापोर्चुगलमा रहेका छन्। केप भर्ड अफ्रिकी सङ्घको एक सदस्य राष्ट्र हो।

केप भर्डको आधिकारिक भाषा पुर्तगाली हो।[१] यो निर्देशन र सरकारी कामकाजको भाषा हो। अखबार, टेलिभिजन र रेडियोमा पनि यसको प्रयोग गरिन्छ। मान्यता प्राप्त राष्ट्रिय भाषा केप भर्डेली क्रिओल पनि पर्दछ। यो भाषा अधिकांश मानिसहरूले बोल्ने गर्दछन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "Constituição da República de Cabo Verde", International Committee of the Red Cross databases on international humanitarian law, Article 9, मूलबाट १२ मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ मार्च २०१७ 
  2. "Cabo Verde – Religion", इन्साइक्लोपिडिया ब्रिटानिका 
  3. Neto, Octávio Amorim; Lobo, Marina Costa (२०१०), Between Constitutional Diffusion and Local Politics: Semi-Presidentialism in Portuguese-Speaking Countries, समाजिक विज्ञान अनुसन्धान सञ्जाल, एसएसआरएन 1644026 
  4. ४.० ४.१ "Report for Selected Countries and Subjects", www.imf.org 
  5. "GINI index", World Bank, मूलबाट २० डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जुन २०२१ 
  6. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, संयुक्त राष्ट्र विकास कार्यक्रम, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 
  7. "People and Society – Cape Verde", अन्तिम पहुँच २७ अगस्ट २०१७ 
  8. Tanya Basu (१२ डिसेम्बर २०१३), "Cape Verde Gets New Name: 5 Things to Know About How Maps Change", National Geographic, मूलबाट १३ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ डिसेम्बर २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]