डेनी डेन्जोङ्पा
डेनी डेन्जोङ्पा | |
---|---|
जन्म | छिरिङ फिन्त्सो डेन्जोङ्पा फेब्रुअरी २५, १९४८ गान्तोक, सिक्किम |
वासस्थान | मुम्बई, महाराष्ट्र, भारत |
पेशा | अभिनेता |
कार्यकाल | १९६३ देखि हालसम्म |
जीवनसाथी | गावा डेन्जोङ्पा |
सन्तान | रिन्जिङ र पेम्बा |
डेनी डेन्जोङ्पा (जन्म २५ फेब्रुअरी १९४८) एक भारतीय अभिनेता हुन् । उनी मुख्यत: बलिउड चलचित्रहरूमा काम गर्छन। उनको जन्म भारतको सिक्किम राज्यमा भएको हो, जुन त्यतिबेला एक स्वतन्त्र राज अधिराज्य थियो। उनी जातिय रूपमा एक भूटिया हुन् र मातृभाषाको रूपमा भूटिया भाषा बोल्छन्।
उनले आफ्नो करियरको शुरुवात हिन्दी तथा नेपाली भाषाको चलचित्रहरूमा गीत गाएर तथा अभिनयका साथ गर्नुभएको थियो। उहाँले कतिपय हिन्दी चलचित्रहरूमा काम गरिसक्नु भएको छ जस्तै अशोका र 16 डिसेम्बर। उहाँ केही अन्तराष्ट्रिय परियोजनाहरूमा पनि अभिनयको काम गरी सक्नु भएको छ, उहाँको धेरै चर्चित चलचित्र सेभेन यर्ष इन टिबेट (Seven Years in Tibet) जहाँ अर्को तर्फ उहाँ हलिउड अभिनेता ब्राड पिट्ट सँग पनि अभिनय गरिसक्नु भएको छ। वर्ष २००३ मा, उहाँलाई पद्म श्री (भारतको चौथो सर्वोच्च नागरिक सम्मान)बाट सम्मानित गरियो। डेन्जोंङ्पा ज्यू आफ्नो भिलेन (villainous) र चरित्र रोलको लागि जानिनु हुन्छ।
डेन्जोङ्पाले केही नेपाली गीत हरु पनि गायका छ न जस मध्य कान्छिलाइ घुमाउने र आगेआगे तोपैको गोला प्रसिद्द छन