इरफान खान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इरफान खान
सन् २०१५ मा खान
जन्मसाहबजादे इरफान अली खान[१]
(१९६७-०१-०७)७ जनवरी १९६७
टोङ्क, राजस्थान, भारत
मृत्यु२९ अप्रिल २०२०(2020-04-29) (उमेर ५३)[२]
मुम्बई, महाराष्ट्र, भारत[१]
पेशाअभिनेता
कार्यकालसन् १९८५ - सन् २०२०
कार्य
पूर्ण सूची
जीवनसाथी
सुतापा सिकदर
(
वि १९९५; उनको मृत्यु २०२०)
सन्तान
पुरस्कारपूर्ण सूची

इरफान खान वा इरफान भनेर चिनिने साहबजादे इरफान अली खान (७ जनवरी १९६७ - २९ अप्रिल २०२०)[३] बलिउडहलिउडमा काम गर्ने भारतीय अभिनेता थिए । भारतीय चलचित्र जगतका उत्कृष्ट अभिनेता मानिने इरफान खानले आफ्नो ३० वर्षको कार्य जीवनमा एक राष्ट्रिय चलचित्र पुरस्कार, एक एसियाली चलचित्र पुरस्कार र चार फिल्मफेयर पुरस्कार जितेका थिए ।[४][५] सन् २०११ मा उनलाई भारतीय नागरिक सम्मानको चौथो क्रममा पर्ने पद्म श्रीबाट सम्मानित गरिएको थियो ।[६]

कयौँ वर्ष सङ्घर्ष गरेका इरफान खानले सन् १९८८ मा सलाम बम्बई ! चलचित्रमा छोटो भूमिका निर्वाह गरेका थिए । सन् २००१ मा सार्वजनिक गरिएको द वारियर नामक बेलायती चलचित्रमा भूमिका खेलेपछि उनले सन् २००३ मा हासिल र सन् २००४ मा मक्बूल चलचित्रहरूमा प्रमुख पात्र खेली लोकप्रिय बनेका थिए । द नेमसेक (सन् २००६), लाइफ इन अ...मेट्रो (सन् २००७) र पान सिंह तोमर (सन् २०११) जस्ता चलचित्रका लागि उनले सकारात्मक आलोचनात्मक प्रतिक्रिया पाएका थिए । उक्त सूचीको अन्तिममा सुचिकृत चलचित्रमा शीर्ष भूमिका निर्वाह गरेका हुनाले उनले सर्वश्रेष्ठ अभिनेताको श्रेणीमा राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए । द लन्चबक्स (सन् २०१३), पीकू (सन् २०१५) र तलवार (सन् २०१५) मा प्रमुख भूमिका र द अमेजिङ स्पाइडर-म्यान (सन् २०१२), लाइफ अफ पाई (सन् २०१२), जुरासिक वर्ल्ड (सन् २०१५) र इन्फर्नो (सन् २०१६) मा सहायक भूमिका निर्वाह गरेकाले उनी अन्तर्राष्ट्रिय स्तरमा चर्चित बन्न पुगेका थिए ।[७][८] उनका अन्य चर्चित कार्यहरू अन्तर्गत स्लमडग मिलियनेयर (सन् २००८), न्यू योर्क (सन् २००९), हैदर (सन् २०१४) र गुण्डे (सन् २०१४) जस्ता चलचित्रहरू र इन ट्रीटमेन्ट (सन् २०१०) जस्तो टेलिभिजन शृङ्खला पर्दछन् ।[९][१०] उनको सर्वाधिक कमाइ भित्र्याउने चलचित्र हिन्दी मिडियम (सन् २०१७) का लागि उनले सर्वोकृष्ट अभिनेताको श्रेणीमा फिल्मफेयर पुरस्कार प्राप्त गरेका थिए । उक्त चलचित्रको उत्तरकथाको रूपमा सार्वजनिक गरिएको अङ्ग्रेजी मिडियम (सन् २०२०) उनले खेलेको अन्तिम चलचित्र थियो ।[११]

सन् २०१७ मा हिन्दी मिडियमले अन्तर्राष्ट्रिय स्तरमा ₹२ खर्ब ३७ अर्ब कमाएको थियो ।[१२] सन् २०१८ मा खानलाई न्यूरोएन्डोक्राइन ट्यूमर देखा परेको थियो ।[१३][१४] २९ अप्रिल २०२० मा ५३ वर्षको उमेरमा ठूलो आन्द्रा सङ्क्रमणको कारण मृत्यु भयो ।[३] द गार्डियनका पिटर ब्र्याडशले खानलाई "हिन्दी र अङ्ग्रेजी भाषाका चलचित्रका प्रतिष्ठित र मनोहर कलाकार जसको मिहिनेतले दक्षिण एसिया र हलिउड सिनेमा जगतलाई जोड्ने काम गरेको छ" भनी वर्णन गरेका थिए ।[८]

बाल्यकाल र शिक्षा[सम्पादन गर्नुहोस्]

खानको जन्म राजस्थानमा पठान वंशजको मुसलमान परिवारमा भएको थियो ।[१५][१६] खानकी आमा, राजस्थानको टोङ्ककी मूल निवासी सईदा बेगम र पिता, राजस्थानको टोङ्क जिल्लामा पर्ने खजुरिया गाउँका मूल निवासी यासीन अली खान मिलेर टायर व्यवसाय चलाउँथे ।[१७][१८][१९][२०] उनले आफ्नो बाल्यकाल टोङ्क र जयपुरमा बिताएका थिए । इरफान क्रिकेट खेल्नमा पनि उत्कृष्ट थिए र भारतमा प्रथम श्रेणी क्रिकेटको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि मानिने सीके नायडू ट्रोफीमा २३ वर्ष मुनिको वर्गमा खेल्न छानिएका थिए । यद्यपि, यात्राको मूल्य तिर्न नसकेर उनले खेलमा भाग लिन सकेका थिएनन् ।[२१]

आफ्नो जोधपुरमा नाट्यशालामा काम गर्ने मामाबाट प्रभावित भई खानले पनि अभिनयमा रुचि देखाए ।[२२] जयपुरमा खानले प्रख्यात नाट्य कलाकारहरूलाई भेटी उनीहरूसँग नाटक प्रदर्शन गरे । खानले अभिनय सिक्न सन् १९८४ मा नयाँ दिल्लीमा अवस्थित राष्ट्रिय नाट्य विद्यालयमा भर्ना हुनु अघि जयपुरमा कलामा मास्टर्स उत्तीर्ण गरेका थिए ।[२३][२४]

मुम्बईले आएपछि खानले एयर कण्डिशनर मर्मत गर्ने काममा हात हाली सन् १९८४ मा आफ्नो प्रेरणाको स्रोत राजेश खन्नाको घर पुगेका थिए ।[२५] पछि खानले अन्तर्वार्तामा भनेका थिए, "राजेश खन्नाले मेरो तर्फबाट देखेको पागलपन अरू कसैले देखेको छैन । बलिउडमा काम गर्ने सबैभन्दा प्रतिभाशाली कलाकार थिए राजेश खन्ना र उनलाई देख्दा मेरो खुट्टा जमीनमा थिए, मलाई अर्कै जगतमा पुगेको अनुभूति भएको थियो ।"[२६]

कार्य जीवन[सम्पादन गर्नुहोस्]

सन् १९८७ - सन् २००१: सुरुवाती कार्य जीवन र टेलिभिजन अभिनय[सम्पादन गर्नुहोस्]

राष्ट्रिय नाट्य विद्यालयबाट स्नातक प्राप्त गरेपछि सन् १९८७ मा खानले मीरा नायरको सलाम बम्बई ! मा छोटो भूमिका निर्वाह गरी अभिनय सुरु गरे । यद्यपि, उनको अभिनयलाई चलचित्रको अन्तिम संस्करणमा सार्वजनिक गरिएन ।[२७] उनले दूरदर्शनमा प्रसारित मिखाइल शात्रोवको कथामा आधारित उदय प्रकाशद्वारा अनुवाद गरिएको लाल घाँस पर नीले घोडें कार्यक्रममा लेनिनको भूमिका निर्वाह गरेका थिए ।[२७][२८] उनले पछि डरमा क्रमिक हत्याराको प्रमुख खलनायक भूमिका निर्वाह गरे ।[२८] उनले अली सरदार जाफरीद्वारा निर्मित कहकशाँमा क्रान्तिकारी उर्दू कवि र मार्क्सवादी राजनीतिज्ञ मखदूम मोहिउद्दीनको भूमिका खेलेका थिए ।[२८] उनले सन् १९९० को दशक भरि चाणक्य, भारत एक खोज, सारा जहां हमारा, बनेगी अपनी बात, चन्द्रकान्ता, श्रीकान्त, दूरदर्शनमा प्रसारित अनुगूँज, स्टार प्लसमा प्रसारित स्टार बेस्टसेलर, स्पर्श र डीडी नेशनलमा प्रसारित द ग्रेट मराठा जस्ता टेलिभिजन कार्यक्रमहरूमा काम गरे ।[२९][३०] उनले सन् १८८८ को देवकी नन्दन खत्रीको उपन्यासमा आधारित चन्द्रकान्तामा दुइटा भूमिका निर्वाह गरेका थिए ।[३१]

सन् १९८९ मा उनी रूपा गाङ्गुलीसँग बासु चटर्जीको सकारात्मक आलोचना पाएको चलचित्र कमला की मौतमा देखिएका थिए ।[३२] सन् १९९० मा एक डाक्टर की मौत र सन् १९९८ मा सच अ लङ वे लगायत अन्य कयौँ ध्यान नदिइएका चलचित्रमा काम गरेका खानले सञ्जय खानको टेलिभिजन शृङ्खला जय हनुमानमा वाल्मीकिको भूमिका खेलेका थिए ।[३३][३४] सन् २००१ मा उनी त्रासजन्य प्रसङ्गयुक्त टेलिभिजन शृङ्खला श्श्श...कोई हैको "फ्रम रियल टू रील" नामक भागमा देखिएका थिए ।[३५]

सन् २००१ - सन् २००८: लोकप्रियता[सम्पादन गर्नुहोस्]

द नेमसेकको प्रथम प्रदर्शनमा तब्बूको साथमा इरफान खान

आसिफ कपाडियाले उनलाई द वारियरमा अभिनय गर्ने अवसर दिएका थिए र त्यसको छायाङ्कन हिमाञ्चल प्रदेशराजस्थानमा ११ हप्ताको समयावधिमा पूरा भएको थियो । सन् २००१ मा द वारियरलाई अन्तर्राष्ट्रिय चलचित्र उत्सवहरूमा सार्वजनिक गरिएको थियो ।[३६]

सन् २००३ र सन् २००४ को बीचमा उनले अश्विन कुमारको लघु चलचित्र रोड टू लदाखमा काम गरेका थिए जसका लागि उनले अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक प्रतिक्रिया पाएका थिए ।[३७] त्यही वर्ष उनले शेक्सपियरको म्याकबेथको आधिकारिक हिन्दी रूपान्तरण मक्बूलमा शीर्ष भूमिका निभाई ख्याती प्राप्त गरेका थिए ।[३८]

उनले सन् २००५ मा सार्वजनिक गरिएको रोगमा आफ्नो कार्य जीवनको प्रथम प्रमुख भूमिका निर्वाह गरेका थिए । उनको अभिनयको धेरैले प्रशंसा गरेका थिए । एउटा चलचित्र समालोचकले लेखेका थिए, "इरफानका आँखाले उनका शब्द भन्दा बढी प्रभाव पार्छन् र जुन पनि दृश्यमा उनले अभिनय गरिरहेका हुन्छन्, उनका साथी बड्डीसँग कुरा गरिरहेको होस् वा सुहेलसँग झगडा गरिरहेको होस्, उनले आफ्नो अभिनय गर्ने क्षमताको स्पष्टसँग पुष्टि गर्छन् ।"[३९] त्यसपश्चात उनले धेरै चलचित्रमा प्रमुख पत्र वा खलनायकको भूमिका निर्वाह गरिरहे । सन् २००४ मा उनले हासिल चलचित्रमा आफ्नो अभिनयका लागि फिल्मफेयर सर्वश्रेष्ठ खलनायक पुरस्कार प्राप्त गरे ।[४०] उनले तेलुगु चलचित्र सैनिकुडूमा पनि खलनायकको भूमिका निभाएका थिए ।[४१]

सन् २००७ मा उनी द नेमसेकलाइफ इन अ...मेट्रो चलचित्रहरूमा देखिएका थिए । उल्लिखित दोस्रो चलचित्रमा उनको र कोङ्कणा सेनको प्रेम प्रसङ्गले गर्दा उनले फिल्मफेयर सर्वश्रेष्ठ सहायक अभिनेता पुरस्कार जितेका थिए । त्यही वर्ष उनी अ माइटी हार्टद दार्जिलिङ लिमिटेड जस्ता अन्तर्राष्ट्रिय चलचित्रमा पनि अभिनय गर्न थाले ।[४२]

बलिउडमा सफलता पाए पनि उनले टेलिभिजनमा काम गर्न भने छोडेनन् । उनले स्टार वनमा प्रसारित मानो या ना मानोक्या कहें जस्ता कार्यक्रममा प्रस्तुतकर्ताको भूमिका निभाए ।[४३]

सन् २००८ - सन् २०२०: अन्तर्राष्ट्रिय सफलता[सम्पादन गर्नुहोस्]

खानले सन् २००८ मा स्लमडग मिलियनेयरमा प्रहरी निरीक्षक खेलेका थिए जसका लागि उनले र चलचित्रका अन्य कलाकारहरूले सर्वश्रेष्ठ चलचित्र प्रदर्शनका लागि स्क्रीन एक्टर्स गिल्ड पुरस्कार जितेका थिए । उनका बारेमा ड्यानी बोयलले भनेका थिए, "कुनै पनि पात्रको 'नैतिक केन्द्र' खोज्ने विशेष र प्राकृतिक क्षमता छ उनमा, जसले गर्दा स्लमडग हेर्दा पनि उनको पात्रले जमाललाई निर्दोष भनेर छोड्छन् भन्ने हामीलाई विश्वास रहिरहेको हुन्छ ।" बोयलले उनलाई एउटै चाललाई बारम्बार उत्कृष्ट ढङ्गले प्रदर्शन गर्ने खेलाडीसँग तुलना गरेका छन् । "उनको प्रस्तुति हेर्नमा नै रमाइलो हुन्छ ।"[४४]

सन् २००९ मा उनले एसिड फ्याक्ट्रीमा प्रमुख भूमिका खेले ।[४५] त्यही साल उनी चलचित्र न्यू योर्कमा एफबिआइ कर्मचारीको भूमिकामा देखिए ।[४६] उनले मीरा नायरद्वारा निर्देशित नटाली पोर्टम्यान भएको न्यू योर्क, आइ लभ यू नामक १२ भागमा विभाजित चलचित्रमा गुजराती हिरा व्यापारी खेलेका थिए ।[४७]

सन् २०१० मा उनले इन ट्रीटमेन्ट नामक एचबीओ शृङ्खलामा श्रीमतीको मृत्यु पछि महसुस भएको एक्लोपनलाई कम गर्न न्यू योर्क सहरको ब्रुकलिनमा बसाइ सरेका सुनिलको भूमिका निर्वाह गरे ।[४८]

सन् २०१२ मा खान द अमेजिङ स्पाइडर-म्यानमा डा. रजित राथाको भूमिकामा देखिए ।[४९] उनले आङ लीको लाइफ अफ पाईमा व्यसक पिसिन मोलिटोर पटेलको भूमिका निर्वाह गरे जसले गर्दा उनी अन्तर्राष्ट्रिय स्तरमा चर्चित भए । सन् २०१२ मा नै सार्वजनिक गरिएको खेलाडीबाट डकैत बनेका पान सिंह तोमरको कथामा आधारित चलचित्रमा पान सिंह तोमरमा उनले शीर्ष भूमिका निर्वाह गरेको हुनाले सर्वश्रेष्ठ अभिनेताको श्रेणीमा राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए ।[५०] सन् २०१३ मा उनले द लन्चबक्समा अभिनय गरे जसले कान चलचित्र उत्सवमा सर्वोत्कृष्ट चलचित्रको उपाधि र बाफ्टा पुरस्कार जिती उनको सर्वाधिक कमाइ भित्र्याएको हिन्दी चलचित्र बनेको थियो ।[५१]

सन् २०१४ मा उनी गुण्डेमा देखिएका थिए जसले बक्स अफिसमा मध्यम कमाइ बटुल्यो । उनी दी एक्स्पोजेमा विशेष उपस्थिति र हैदरमा प्रमुख भूमिका निर्वाह गरेका थिए । सन् २०१५ मा उनले दीपिका पादुकोणअमिताभ बच्चनसँग पीकूमा प्रमुख भूमिका खेलेका थिए । खानले त्यही साल जुरासिक वर्ल्डमा पनि सहायक अभिनेताको काम पाएका थिए र तलवारका लागि सकारात्मक आलोचनात्मक प्रतिक्रिया पाएका थिए । अक्टोबर २०१५ मा ऐश्वर्या रायको साथमा जज्बामा अभिनय गरेका थिए जसका लागि पनि उनले सकारात्मक आलोचनात्मक प्रतिक्रिया पाएका थिए । त्यसपश्चात उनले रोबर्ट ल्याङडनको पुस्तकमा आधारित इन्फर्नोमा टम ह्याङ्क्ससँग सहायक भूमिकामा काम गरेका थिए ।[५२] त्यही साल, सन् २०१६ मा उनले निशिकान्त कामतद्वारा निर्देशित मदारी चलचित्रमा पनि अभिनय गरेका थिए ।[५३]

सन् २०१७ मा खानले हिन्दी मिडियम लगायत दुइटा चलचित्रमा काम गरे । चलचित्रमा राज बत्राको भूमिका निर्वाह गरेका खानले फिल्मफेयर सर्वश्रेष्ठ अभिनेता पुरस्कार प्राप्त गरेका थिए ।[५४] भारतचीनमा रातारात प्रसिद्ध भएको हिन्दी मिडियमले खानको सर्वाधिक कमाइ भित्र्याएको चलचित्रको स्थानबाट द लन्चबक्सलाई प्रतिस्थापन गरेको थियो ।[५१] उनले त्यो वर्ष डूबमा पनि काम गरेका थिए ।[५५] सन् २०१७ मा उनको चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा ₹२ खर्ब ३७ अर्ब कमाएको थियो ।[१२] त्यसपछि उनी पार्वती तिरुवोतद्वारा अभिनित प्रथम हिन्दी चलचित्र करीब करीब सिङ्गलमा प्रमुख भूमिका निर्वाह गरे जसका लागि उनले सकारात्मक आलोचनात्मक प्रतिक्रिया पाएका थिए ।

सन् २०१८ मा खानले दुलकर सलमान, मिथिला पालकर र कृति खरबन्दाका साथमा कारवाँ र कीर्ति कुलहरिको साथमा ब्ल्याकमेलमा काम गरेका थिए ।[५६][५७]

हिन्दी मिडियमको उत्तरकथाको रूपमा १३ मार्च २०२० मा सार्वजनिक गरिएको होमी अदजानियाद्वारा निर्देशित अङ्ग्रेजी मिडियम खानले खेलेको अन्तिम चलचित्र थियो ।[५८]

अन्य कार्य[सम्पादन गर्नुहोस्]

सेप्टेम्बर २०१५ मा उनलाई राजस्थान सरकारको रिसर्जेन्ट राजस्थान अभियानको शुभङ्करको भूमिकामा छनोट गरिएको थियो ।[५९] जयपुरको विधान सभा सडकमा भारतीय सेनाका लागि आयोजित युद्ध स्मृति श्रव्यदृश्य कार्यक्रममा उनले आफ्नो आवाज प्रदान गरेका थिए । उक्त कार्यक्रममा राजस्थानी सेनाको वीरता झल्काइएको थियो ।[६०]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

२३ फेब्रुअरी १९९५ मा खानले राष्ट्रिय नाट्य विद्यालयको सहपाठी र लेखिका सुतापा सिकदरसँग प्रेम विवाह गरे ।[६१] उनका बाबिल र आयान गरी दुइटा छोरा जन्माए ।[६२]

पछि गएर इरफानले आफ्नो नाममा "खान" लेख्न छोडे । सन् २०१६ मा लिइएको अन्तर्वार्ता अनुसार उनले आफूलाई आफ्नो वंशले होइन, कामले चिनाउन चाहन्थे ।[६३][६४]

रोग र मृत्यु[सम्पादन गर्नुहोस्]

मार्च २०१८ मा खानले ट्विटरमा उनको न्यूरोएन्डोक्राइन ट्यूमरको बारेमा खुलासा गरेका थिए ।[६५] एक वर्ष आफ्नो रोगको उपचार गरी खान फेब्रुअरी २०१९ मा भारत फर्केका थिए ।[६६]

उनलाई २८ अप्रिल २०२० मा कोकिलाबेन धीरूभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको ठूलो आन्द्राको सङ्क्रमणको लागि उपचार सुरु गरिएको थिए ।[६७] अर्को दिन उक्त सङ्क्रमणको कारणले उनको मृत्यु भयो ।[६६] उनकी ९३ वर्षीय आमा सईदा बेगमको पनि ४ दिन पहिले जयपुरमा मृत्यु भएको थियो ।[६८]

विश्वभरका हस्तीहरूले उनको मृत्युको समाचारमा आफ्नो शोक जनाउँदै उनको परिवार प्रति समवेदना व्यक्त गरेका थिए ।[६९][७०] उनका छोराहरूले उनको दाहसंस्कार गरी उनलाई मुम्बईको वर्वोसा कब्रिस्तानमा गाडिएको थियो ।[७१]

अभिनय[सम्पादन गर्नुहोस्]

चलचित्र[सम्पादन गर्नुहोस्]

द नेमसेकको प्रथम प्रदर्शनमा खान
सन् २०१६ मा खान
वर्ष चलचित्र भूमिका टिप्पणी सन्दर्भ
सन् १९८८ सलाम बम्बई ! चिठी लेखक एकेडेमी पुरस्कारको लागि मनोनित
सन् १९८९ कमला की मौत अजित
सन् १९९० दृष्टि राहुल
एक डाक्टर की मौत अमूल्य
सन् १९९१ पिता डा. सेन
जजीरे अल्फ्रेड टेलिभिजन चलचित्र
सन् १९९२ मुझसे दोस्ती करोगे मिर हस्सन [७२]
सन् १९९३ करामाती कोट जग्गु [७३]
सन् १९९४ बादल द्वार इरफान लघु चलचित्र
वादे इरादे नरेश त्रिपाठी
पुरुष
सन् १९९५ अधुरा
सन् १९९७ प्राइभेट डिटेक्टिभ: टू प्लस टू प्लस वान निरीक्षक खान
सन् १९९८ सच अ लङ वे गुस्तादका पिता
बडा दिन प्रहरी निरीक्षक
सन् १९९९ द गोल (हिन्दी) अनुपम सिंह
सन् २००० घात मामु/रमेश भागवत डोगरा
सन् २००१ कसूर सरकारी वकिल नितिन मेहता
द वारियर लफ्कादिया - योद्धा
सन् २००२ काली सलवार शङ्कर [७४]
गुनाह दिगविजय पाण्डे
प्रथा पण्डित निन्नी पाण्डे
हाथी का अण्डा बद्रुद्दीन
बोकशू, द मिथ तान्त्रिक योगी भारतीय अङ्ग्रेजी चलचित्र [७५][७६]
सन् २००३ ढून्ढ अजित खुराना
हासिल रणविजय सिंह
सुपारी बाबा
फुटपाथ शेख
द बाइपास प्रहरी लघु चलचित्र
मक्बूल मियाँ मक्बूल
सन् २००४ चरस: अ जोइन्ट अपरेशन प्रहरी रणधीर सिंह राठौर
आन: मेन एट वर्क युसुफ पठान
श्याडोज अफ टाइम यानी मिश्रा
रोड टू लदाख आतङ्कवादी लघु चलचित्र
सन् २००५ रोग निरीक्षक उदय राठौर
चेहरा चन्द्रनाथ दिवान
चकलेट पिपी
७½ फेरे मनोज
द फिल्म शमिम भाइ स्वर
दुबई रिटर्न अफताब अङ्ग्रेज
सन् २००६ यूँ होता तो क्या होता सलिम रजबली
द किलर विक्रम/रूपचन्द स्वरूपचन्द सोलङ्की
द नेमसेक अशोक गाङ्गुली अङ्ग्रेजी चलचित्र
डेडलाइन: सिर्फ २४ घन्टे क्रिश वैद्य
सैनिकुडू पप्पु यादव तेलुगु चलचित्र
मिस्टर १००% मिस्टर पर्फेक्ट
सन् २००७ पार्टिशन अवतार अङ्ग्रेजी चलचित्र
लाइफ इन अ...मेट्रो मोन्टी
अ माइटी हार्ट जीशन काज्मी अङ्ग्रेजी चलचित्र
द दार्जिलिङ लिमिटेड बुबा अङ्ग्रेजी चलचित्र
अपना आसमान रवि कुमार
आजा नचले फारुख - नज्माका पति
सन् २००८ तुलसी सूरज
सन्डे कुमार मङ्गत
वान टू थ्री उद्घोषक
क्रेजी ४ डा. मुखर्जी
मुम्बई मेरी जान थोमस
चम्कू विशाल कपूर
माइग्रेशन लघु चलचित्र
स्लमडग मिलियनेयर प्रहरी निरीक्षक अङ्ग्रेजी चलचित्र
न्यू योर्क, आइ लभ यू मन्सुख भाइ अङ्ग्रेजी चलचित्र, मिरा नायरद्वारा निर्मित
दिल कबड्डी समित
सन् २००९ बिल्लू बिल्लू हजाम/विलास पर्देसी
न्यू योर्क रोशन (एफबिआइ कर्मचारी)
एसिड फ्याक्ट्री केसर
सन् २०१० राइट या रङ' निरीक्षक विनय पटनायक
नक आउट बछू भाइ/टोनी खोसला
हिस्स निरीक्षक विक्रम गुप्ता
सन् २०११ ये साली जिन्दगी अरुण
७ खून माफ वासिउल्लाह खान (मुसफिर)
थ्याङ्क यू विक्रम
सन् २०१२ पान सिंह तोमर पान सिंह तोमर सर्वश्रेष्ठ अभिनेताको श्रेणीमा राष्ट्रिय चलचित्र पुरस्कारको विजेता
द अमेजिङ स्पाइडर-म्यान डा. रजित राथा अङ्ग्रेजी चलचित्र
लाइफ अफ पाई पिसिन मोलिटोर पटेल ("पाई") अङ्ग्रेजी चलचित्र
सन् २०१३ साहेब, बीवी और ग्याङ्स्टर रिटर्न्स इन्द्रजीत सिंह
द लन्चबक्स साजन फर्नान्डिज एकेडेमी पुरस्कारमा भारतको आधिकारिक प्रवेश
मेरिडियन लाइन्स देवराज
डी-डे एजेन्ट वली खान
किस्सा अम्बर सिंह
सन् २०१४ गुण्डे सहायक प्रहरी आयुक्त सत्यजीत सरकार
दी एक्स्पोजे एलेक डिकोस्टा विशेष उपस्थिति
हैदर रूह्दार
सन् २०१५ पीकू राणा चौधरी
जुरासिक वर्ल्ड साइमन मसरानी अङ्ग्रेजी चलचित्र
जज्बा निरीक्षक योहान
तलवार आश्विन कुमार
बाजीराव मस्तानी उद्घोषक स्वर, श्रेय नदिइएको
सन् २०१६ द जङ्गल बुक बलू स्वर, हिन्दी डबिङमा
मदारी निर्मल कुमार
इन्फर्नो ह्यारी "द प्रोभोस्ट" सिम्स अङ्ग्रेजी चलचित्र
सन् २०१७ हिन्दी मिडियम राज बत्रा
डूब जावेद हसन बलिउड-ढालिउडको संयुक्त उपक्रम
द सङ अफ स्कोर्पियन्स आदम
करीब करीब सिङ्गल योगी
सन् २०१८ पजल रोबर्ट अङ्ग्रेजी चलचित्र
ब्ल्याकमेल देव कौशल
कारवाँ शौकत
सन् २०२० अङ्ग्रेजी मिडियम चम्पक बंसल इरफानको अन्तिम चलचित्र [७७]

टेलिभिजन[सम्पादन गर्नुहोस्]

वर्ष कार्यक्रम भूमिका टिप्पणी
सन् १९८७ श्रीकान्त
सन् १९८८ भारत एक खोज अब्दुल कादिर बदायुनी भाग ३२ र ३३
सन् १९९१ कहकशाँ
सन् १९९२ चाणक्य सेनापति भद्रसाल
सन् १९९३ शेष प्रश्न शिवनाथ
किरदार
सन् १९९४ चन्द्रकान्ता बद्रीनाथ/सोमनाथ
द ग्रेट मराठा नजीब उद दौला र गुलाम कादिर खान
सन् १९९५ बनेगी अपनी बात कुमार
सन् १९९६ जस्ट मोहब्बत मिस्टर सिंह भाग ४ र ५[७८]
सन् १९९७ जय हनुमान महर्षि वाल्मीकि
बम्बई ब्लू रामीज
सन् १९९७ - सन् १९९८ सत्य अधिवक्ता
सन् १९९८ स्पर्श
सन् १९९९ स्टार बेस्टसेलर्स भाग: "एक शाम के मुलाकात"
गीता रहस्य कंस
सन् २००० एक्स जोन जादुगर राहुल भाग १२१ (किरदार)
सन् २००० डर क्रमिक हत्यारा
सन् २००३ श्श्श...कोई है अमर भाग ९ (मुमकिन)[७९]
सन् २००४ क्या कहें प्रस्तुतकर्ता
सन् २००६ मानो या ना मानो प्रस्तुतकर्ता
सन् २००७ डन प्रस्तुतकर्ता
सन् २००९ एमटिभी हिरो होन्डा रोडिज ७ आफैँ
सन् २०१० इन ट्रीटमेन्ट सुनिल
सन् २०१६ टोक्यो ट्रायल राधाविनोद पाल

भिडियो खेल[सम्पादन गर्नुहोस्]

वर्ष खेल भूमिका टिप्पणी
सन् २०१५ लेगो जुरासिक वर्ल्ड साइमन मसरानी
लेगो डाइमेन्शन्स साइमन मसरानी

विज्ञापन[सम्पादन गर्नुहोस्]

  • सिस्का एलइडी
  • भोडाफोन
  • एन्भी १०००
  • टिभिसी मास्टरकार्ड
  • जिभी मोबाइल
  • हेन्को
  • इडलवाइस समूह
  • ट्रीबो होटेल
  • क्यान्डिड
  • इन्डियामार्ट
  • गोपाल एक्जोटिक इलाइची
  • केइआइ वायर्स
  • ७ अप
  • सिइएटी एसयूभी[८०][८१]

पुरस्कार तथा नामाङ्कन[सम्पादन गर्नुहोस्]

सन् २०११ मा इरफान खान पद्म श्रीबाट सम्मानित
वर्ष चलचित्र पुरस्कार श्रेणी परिणाम सन्दर्भ
सन् २००४ हासिल फिल्मफेयर पुरस्कार सर्वश्रेष्ठ खलनायक विजयी
जी सिने पुरस्कार सर्वश्रेष्ठ खलनायक मनोनित
स्क्रीन पुरस्कार सर्वश्रेष्ठ खलनायक विजयी
मक्बूल सर्वश्रेष्ठ खलनायक मनोनित
जी सिने पुरस्कार सर्वश्रेष्ठ खलनायक मनोनित
सन् २००७ द नेमसेक अलायन्स अफ विमेन फिल्म जर्नलिस्ट्स सर्वश्रेष्ठ प्रलोभन विजयी
इन्डिपेन्डेन्ट स्पिरिट पुरस्कार सर्वश्रेष्ठ सहायक पुरुष मनोनित
स्टारडस्ट पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता मनोनित
लाइफ इन अ...मेट्रो प्रोड्युसर्स गिल्ड चलचित्र पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता मनोनित
सन् २००८ फिल्मफेयर पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता विजयी
अन्तर्राष्ट्रिय भारतीय चलचित्र एकेडेमी पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता विजयी
सर्वश्रेष्ठ हास्य अभिनेता मनोनित
स्क्रीन पुरस्कार सर्वश्रेष्ठ हास्य कलाकार विजयी
सर्वश्रेष्ठ सहायक अभिनेता मनोनित
स्लमडग मिलियनेयर स्क्रीन एक्टर्स गिल्ड पुरस्कार सर्वश्रेष्ठ चलचित्र प्रदर्शन विजयी
सन् २००९ सेन्ट्रल ओहायो फिल्म क्रिटिक्स असोसिएसन सर्वश्रेष्ठ टोली विजयी
मुम्बई मेरी जान अन्तर्राष्ट्रिय भारतीय चलचित्र एकेडेमी पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता मनोनित
उपलब्ध/नभएको जीक्यू (भारतीय संस्करण) वर्षको पुरुष विजयी
सन् २०१० न्यू योर्क प्रोड्युसर्स गिल्ड चलचित्र पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता मनोनित
अन्तर्राष्ट्रिय भारतीय चलचित्र एकेडेमी पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता मनोनित
सन् २०११ उपलब्ध/नभएको पद्म श्री कला विजयी
उपलब्ध/नभएको अन्तर्राष्ट्रिय भारतीय चलचित्र एकेडेमी पुरस्कार अन्तर्राष्ट्रिय चलचित्रमा सर्वश्रेष्ठ प्रदर्शनी विजयी
सन् २०१२ उपलब्ध/नभएको सिएनएन-आइबिएन इन्डियन अफ द यर मनोरञ्जन विजयी
७ खून माफ अन्तर्राष्ट्रिय भारतीय चलचित्र एकेडेमी पुरस्कार सर्वश्रेष्ठ खलनायक मनोनित
सन् २०१३ पान सिंह तोमर राष्ट्रिय चलचित्र पुरस्कार सर्वश्रेष्ठ अभिनेता विजयी
फिल्मफेयर पुरस्कार सर्वश्रेष्ठ अभिनेता मनोनित
सर्वश्रेष्ठ अभिनेता (आलोचक) विजयी
प्रोड्युसर्स गिल्ड चलचित्र पुरस्कार सर्वश्रेष्ठ अभिनेता मनोनित
जी सिने पुरस्कार सर्वश्रेष्ठ अभिनेता मनोनित
टाइम्स अफ इन्डिया चलचित्र पुरस्कार सर्वश्रेष्ठ अभिनेता विजयी
इन्स्टिट्युट फर रिसर्च एन्ड डक्युमेन्टेशन इन सोशल सायन्सेस सर्वश्रेष्ठ पुरुष पात्र विजयी
स्क्रीन पुरस्कार सर्वश्रेष्ठ अभिनेता विजयी
द लन्चबक्स सर्वश्रेष्ठ अभिनेता मनोनित
एसियाली चलचित्र पुरस्कार सर्वश्रेष्ठ अभिनेता विजयी
एसिया-पसिफिक चलचित्र उत्सव उत्कृष्ट उपलब्धि पुरस्कार विजयी
सर्वश्रेष्ठ अभिनेता मनोनित
दुबई अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार सर्वश्रेष्ठ अभिनेता विजयी
सन् २०१४ प्रोड्युसर्स गिल्ड चलचित्र पुरस्कार सर्वश्रेष्ठ अभिनेता मनोनित
वर्षको प्रदर्शनकर्ता विजयी
वर्षको मनोरञ्जक विजयी
किस्सा क्विन्सल्यान्डको भारतीय अन्तर्राष्ट्रिय चलचित्र उत्सव सर्वश्रेष्ठ अभिनेता विजयी
डी-डे जी सिने पुरस्कार सर्वश्रेष्ठ अभिनेता मनोनित
सन् २०१५ हैदर बलिउड हङ्गामा सर्फर्स चोइस चलचित्र पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता मनोनित
प्रोड्युसर्स गिल्ड चलचित्र पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता मनोनित
गुण्डे सर्वश्रेष्ठ सहायक अभिनेता मनोनित
सन् २०१६ तलवार बिग स्टार मनोरञ्जन पुरस्कार थ्रिलरमा सर्वश्रेष्ठ अभिनेता - पुरुष मनोनित [८२]
स्क्रीन पुरस्कार सर्वश्रेष्ठ अभिनेता (निर्णायक मण्डलको छनोट) - पुरुष विजयी [८३]
स्टारडस्ट पुरस्कार वर्षको प्रदर्शनकर्ता (पुरुष) - सम्पादकको छनोट विजयी [८३]
पीकू सर्वश्रेष्ठ सहायक अभिनेता - पुरुष मनोनित
प्रोड्युसर्स गिल्ड चलचित्र पुरस्कार सर्वश्रेष्ठ अभिनेता मनोनित
मेलबर्नको भारतीय चलचित्र उत्सव सर्वश्रेष्ठ अभिनेता विजयी
बिग स्टार मनोरञ्जन पुरस्कार सर्वश्रेष्ठ मनोरञ्जक अभिनेता - पुरुष मनोनित
अन्तर्राष्ट्रिय भारतीय चलचित्र एकेडेमी पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता मनोनित
टाइम्स अफ इन्डिया चलचित्र पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता - पुरुष मनोनित
जी सिने पुरस्कार सर्वश्रेष्ठ अभिनेता - पुरुष मनोनित
सन् २०१७ उपलब्ध/नभएको दुबई अन्तर्राष्ट्रिय चलचित्र उत्सव मानद पुरस्कार विजयी
सन् २०१८ हिन्दी मिडियम जी सिने पुरस्कार सर्वश्रेष्ठ अभिनेता - पुरुष (निर्णायक मण्डलको छनोट) मनोनित [८४]
स्क्रीन पुरस्कार सर्वश्रेष्ठ अभिनेता विजयी [८५]
फिल्मफेयर पुरस्कार सर्वश्रेष्ठ अभिनेता विजयी [८६]
सर्वश्रेष्ठ अभिनेता (आलोचक) मनोनित
न्यूज १८ रील चलचित्र पुरस्कार सर्वश्रेष्ठ अभिनेता विजयी [८७]
अन्तर्राष्ट्रिय भारतीय चलचित्र एकेडेमी पुरस्कार सर्वश्रेष्ठ अभिनेता विजयी [८८][८९]
करीब करीब सिङ्गल स्क्रीन पुरस्कार सर्वश्रेष्ठ अभिनेता मनोनित
डूब फिल्मफेयर पुरस्कार पूर्व सर्वश्रेष्ठ अभिनेता (पुरुष) मनोनित [९०]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Irrfan Khan, Indian Actor in 'Life of Pi', Dies of Cancer Aged 54" ['लाइफ अफ पाई' का भारतीय अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा क्यान्सरको कारणले मृत्यु], द न्यू योर्क टाइम्स, २९ अप्रिल २०२०, मूलबाट २९ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  2. "Irrfan Khan laid to rest in Mumbai family friends attend last rites" [इरफान खानको दाहसंस्कारमा परिवार र घनिष्ट मित्रहरू], डीएनए इन्डिया, २९ अप्रिल २०२०, मूलबाट ९ जून २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जून २०२० 
  3. ३.० ३.१ "Irrfan Khan, actor extraordinaire and India's face in the West, dies at 53" [विशिष्ट अभिनेता र पश्चिममा भारतको प्रतीक इरफान खानको ५३ वर्षमा मृत्यु], हिन्दुस्तान टाइम्स (अङ्ग्रेजीमा), २९ अप्रिल २०२०, मूलबाट १३ जून २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  4. एन्डरसन, एरिस्टन (१० डिसेम्बर २०१४), "'Jurassic World' Actor Irfan Khan on Upcoming Film: "It Will Be Like a Scary Adventure"" ['जुरासिक वर्ल्ड' अभिनेता इरफान खानको नयाँ चलचित्रको भनाइ: "यो एउटा भयानक साहसी अनुक्रम हुनेछ"], द हलिउड रिपोर्टर, मूलबाट ८ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०१५ 
  5. इकबाल, नोशीन (२५ जुलाई २०१३), "Irrfan Khan: 'I object to the term Bollywood'" [इरफान खान: 'मलाई बलिउडको नामसँग असहमत छु'], द गार्डियन, मूलबाट ९ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०१५ 
  6. "Padma Awards" [पद्म पुरस्कार], गृह मन्त्रालय, भारत सरकार, सन् २०१५, मूलबाट १५ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-१५ मिति
  7. "Irrfan Khan, 'Life of Pi,' and 'Slumdog Millionaire' Star Dies at 53" ['लाइफ अफ पाई' र 'स्लमडग मिलियनेयर' का अभिनेता इरफान खानको ५३ वर्षमा मृत्यु], भेराइटी, २८ अप्रिल २०२०, मूलबाट २९ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  8. ८.० ८.१ ब्र्याडश, पिटर (२९ अप्रिल २०२०), "Irrfan Khan: a seductive actor capable of exquisite gentleness" [इरफान खान: भद्रतामा सक्षम मोहक अभिनेता], द गार्डियन, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  9. छाब्रा, असीम (२९ अप्रिल २०२०), "Excerpt: Irrfan Khan; The Man, The Dreamer, The Star by Aseem Chhabra" [सारांश: इरफान खान; पुरुष, स्वप्न देख्ने व्यक्ति, कलाकार], हिन्दुस्तान टाइम्स, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  10. "Irrfan Khan: Top Indian Footfalls" [इरफान खान: सर्वोकृष्ट भारतीय कलाकारहरू], बक्स अफिस इन्डिया, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  11. "Re-watching Irrfan: From Salaam Bombay to Angrezi Medium" [इरफानलाई फेरी हेर्दै: सलाम बम्बई देखि अङ्ग्रेजी मिडियम सम्म], इन्डिया टूडे, २९ अप्रिल २०२०, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  12. १२.० १२.१ "Irrfan Khan Movie Box Office Results" [इरफान खान चलचित्र बक्स अफिस परिणाम], बक्स अफिस मोजो (अङ्ग्रेजीमा), सन् २०१७, मूलबाट ९ अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अप्रिल २०१८ 
  13. फ्रान्स, लिसा रेस्पर्स, "'Life of Pi' star Irrfan Khan reveals he has a rare tumor" ['लाइफ अफ पाई' कलाकार इरफान खानलाई दुर्लभ प्रकारको ट्यूमर देखा पर्यो रे], सिएनएन, मूलबाट १६ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मार्च २०१८ 
  14. "Life of Pi actor has rare tumour" [लाइफ अफ पाई अभिनेतालाई दुर्लभ प्रकारको ट्यूमर], बिबिसी न्यूज (बेलायती अङ्ग्रेजीमा), १६ मार्च २०१८, मूलबाट १३ जून २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मार्च २०१८ 
  15. सरन, सत्या (७ मार्च २०२०), "‘Irrfan Khan The Man, The Dreamer, The Star’ review: Kite runner to actor" ['इरफान खान पुरुष, स्वप्न देख्ने व्यक्ति, कलाकार' समीक्षा: चङ्गा उडाउने केटा देखि अभिनेता सम्मको यात्रा], द हिन्दु, मूलबाट ८ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०२०, "आश्चर्यका साथ हामी त्यो बालकको कथा पढ्छौँ जसलाई आफ्नो पितासँग शिकार खेल्न जानु भन्दा पनि चङ्गा उडाउन मन पर्थ्यो, त्यो बालकको कथा पढ्छौँ जसका पिताले उनलाई पठानको घरमा जन्म लिएको ब्राह्मण भन्थे ।" 
  16. वस्देव, प्रकृति (२९ अप्रिल २०२०), "The Life Journey Of Bollywood's Most Versatile Actor, Irrfan Khan" [बलिउडका सबैभन्दा बहुमुखी अभिनेता इरफान खानको जीवन यात्रा], डेली अड्डा, अन्तिम पहुँच २९ अप्रिल २०२०, "७ जनवरी १९६७ को दिन साहबजादे इरफान अली खानको रूपमा राजस्थानको टोङ्कमा जन्मेका इरफान टायर व्यवसायमा लागेका मुसलमान पठान परिवारका सदस्य थिए ।"  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०४-३० मिति
  17. "Cutting across roles" [भूमिकाहरूको बीच], द हिन्दु (चेन्नई, भारत), १४ फेब्रुअरी २००९, मूलबाट २१ फेब्रुअरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अगस्ट २०१०  वेब्याक मेसिन अभिलेखिकरण २००९-०२-२१ मिति
  18. ओकनर, एश्लिङ (२७ मार्च २००७), "From Bollywood to Boston" [बलिउड देखि बोस्टन सम्म], लन्डन: टाइम्स अनलाइन, मूलबाट १५ जून २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ डिसेम्बर २०१० 
  19. "Irrfan Khan to make a film on his father" [इरफान खानद्वारा आफ्नो पिताको जीवनीमा आधारित चलचित्र निर्माण गर्ने योजना], बेङ्गलोर मिरर 
  20. "Irrfan's mother Saeeda Begum dies in Jaipur" [इरफानकी आमा सईदा बेगमको जयपुरमा मृत्यु], इन्डिया टूडे, मूलबाट २६ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  21. म्याथ्यू, अबिश (१० नोभेम्बर २०१७), Son Of Abish feat. Vir Das & Irrfan Khan [वीरदास र इरफान खानका साथ सन अफ अबिश], अन्तिम पहुँच २९ जून २०१८ 
  22. "Uncle who gave Irrfan Khan his first acting lessons heartbroken at Bollywood star's death" [इरफान खानलाई नाट्यमा रुचि जगाउने मामा कलाकारको मृत्युको शोक मनाउँदै], द न्यू इन्डियन एक्सप्रेस, २९ अप्रिल २०२०, अन्तिम पहुँच ३० अप्रिल २०२० 
  23. "Irrfan Khan's fond memoir from National School of Drama" [इरफान खानको राष्ट्रिय नाट्य विद्यालयको संस्मरण], द टाइम्स अफ इन्डिया (अङ्ग्रेजीमा), अन्तिम पहुँच २९ अप्रिल २०२० 
  24. "Together after 22 years" [२२ वर्ष पछि पनि साथमा नै], द हिमालयन टाइम्स (अमेरिकी अङ्ग्रेजीमा), ६ फेब्रुअरी २०१०, मूलबाट २५ फेब्रुअरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-२५ मिति
  25. https://www.jagranjosh.com/general-knowledge/amp/irrfan-khan-biography-1588144500-1
  26. "Hall Of Mirrors" [ऐनाको हल], आउटलुक इन्डिया, १९ मे २००८, मूलबाट २७ जनवरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ सेप्टेम्बर २०११ 
  27. २७.० २७.१ "The actor for all seasons" [सबै ऋतुका लागि अभिनेता], टेलिग्राफ (अङ्ग्रेजीमा), अन्तिम पहुँच २९ अप्रिल २०२० 
  28. २८.० २८.१ २८.२ "Chandrakanta to Banegi Apni Baat; a look at Irrfan Khan's notable work on television" [चन्द्रकान्ता देखि बनेगी अपनी बात सम्म: इरफान खानको टेलिभिजन यात्रा], द टाइम्स अफ इन्डिया (अङ्ग्रेजीमा), २९ अप्रिल २०२०, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  29. "Irrfan Khan passes away at 53; here's looking at the popular shows he has done on television – Times of India" [इरफान खानको ५३ वर्षमा मृत्यु; उनले खेलेका टेलिभिजन कार्यक्रमहरूको पूर्ण सूची - द टाइम्स अफ इन्डिया], द टाइम्स अफ इन्डिया (अङ्ग्रेजीमा), अन्तिम पहुँच २९ अप्रिल २०२० 
  30. "Chandrakanta's Akhilendra Mishra aka Kroor Singh on co-star Irrfan Khan: It's tragic that a person who struggled all his life to achieve success, couldn't live to enjoy it" [चन्द्रकान्ताका अखिलेन्द्र मिश्र उर्फ क्रूर सिंहले इरफान खानको बारेमा भने: जुन व्यक्तिले आजीवन सफलताको लागि सङ्घर्ष गरे, उनले नै त्यो सफलताको आनन्द लिन नपाउँदा दुःख लागिरहेको छ], द टाइम्स अफ इन्डिया, मूलबाट ३० अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०४-३० 
  31. मिश्र, शुभाङ्गी (२ मे २०२०), "Chandrakanta, the show in which Irrfan won hearts four lines at a time" [चन्द्रकान्ता, त्यो कार्यक्रम जसमा इरफान खानले चार पङ्क्तिमा हाम्रा मन जितेका थिए], द प्रिन्ट (अमेरिकी अङ्ग्रेजीमा), मूलबाट ३ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जून २०२० 
  32. रामनाथ, नन्दिनी (२९ अप्रिल २०२०), "Irrfan (1967–2020): A powerhouse talent gone too soon" [इरफान (सन् १९६७ - सन् २०२०): धेरै चाँडो गए], स्क्रोल डट इन (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २९ अप्रिल २०२० 
  33. "From 'The Namesake' to 'Ek Doctor Ki Maut'; Rare and unseen moments of Irrfan Khan through the years!" ['द नेमसेक' देखि 'एक डाक्टर की मौत' सम्म: इरफान खानका कहिल्यै नदेखिएका तस्वीरहरू], द टाइम्स अफ इन्डिया (अङ्ग्रेजीमा), २९ अप्रिल २०२०, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  34. "Irrfan Khan, the commoner Khan who became a star" [इरफान खान, लोक देखि लोकप्रिय सम्मको यात्रा], हिन्दुस्तान टाइम्स (अङ्ग्रेजीमा), २९ अप्रिल २०२०, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  35. Mumkin [मुमकिन], अन्तिम पहुँच २८ जून २०२० 
  36. "I now see myself in new light: Irfan Khan" [अहिले मैले आफैँलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ: इरफान खान], इन्डिया ग्लिट्ज, २३ अप्रिल २००४, मूलबाट १० अगस्त २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०१२ 
  37. काल्ल, अविनाश (मार्च २००३), "On the High Road To Ladakh" [लदाखको बाटोमा], द साउथ एसियन डट कम, मूलबाट १२ अप्रिल २००३-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २००३-०४-१२ मिति
  38. छाब्रा, असीम (२९ अप्रिल २०२०), "Irrfan Khan landed the role of Maqbool after Naseeruddin Shah vetoed Kamal Haasan" [नसीरुद्दीन शाहले कमल हासनलाई निकालेपछि इरफान खान मक्बूलको शीर्ष भूमिकामा], द प्रिन्ट (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २९ अप्रिल २०२० 
  39. "Movie Review of Rog – Irfaan bangs into commercial cinema too – Bollywood Articles" [रोग चलचित्रको समीक्षा - चलचित्रमा पनि इरफानको अभिनयले दर्शकको आकर्षण कैद गर्छन् - बलिउड लेखहरू], स्म्याश हिट्स, मूलबाट २० अगस्ट २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-२० मिति
  40. "'Haasil' is not for everybody" ['हासिल' सबैका लागि होइन], रेडिफ, १६ मे २००३, मूलबाट ६ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०१२ 
  41. "Mahesh Babu on Sainikudu co-star Irrfan's demise: Brilliant actor gone too soon" [सैनिकुडूको सहकर्मी इरफानको निधनमा महेश बाबु: शानदार अभिनेता, धेरै छिटो गए], इन्डिया टूडे, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  42. "Padma Shri Irrfan Khan passes away at 54: Here are some of his most iconic performances" [पद्म श्री इरफान खानको ५४ वर्षको उमेरमा मृत्यु: यहाँ उनका उत्तम चलचित्रहरू हेर्नुहोस्], मनी कन्ट्रोल, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  43. "Salaam Bombay! to Angrezi Medium: Irrfan Khan's legacy of modern classics" [सलाम बम्बई ! देखि अङ्ग्रेजी मिडियम सम्म: इरफान खानका उत्कृष्ट आधुनिक चलचित्रको विरासत], बिजनेस टूडे डट इन, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  44. "Keeping It Real" [वास्तविकता झल्काउँदै], टाइम, १५ फेब्रुअरी २०१०, मूलबाट ९ फेब्रुअरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ फेब्रुअरी २०१०  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०२-०९ मिति
  45. "'Acid Factory is Ghajini multiplied by six'" ['एसिड फ्याक्ट्री' गजनीको ६ गुना छ], हिन्दुस्तान टाइम्स (अङ्ग्रेजीमा), २ अक्टोबर २००९, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  46. सल्ट्ज, रेचल (२६ जून २००९), "Friendships in the Big City, Bent by 9/11" [ठूलो सहरमा मित्रता ९/११ ले ल्यायो बाधा], द न्यू योर्क टाइम्सaccess-date=२९ अप्रिल २०२० (अमेरिकी अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331, मूलबाट २४ जून २०१८-मा सङ्ग्रहित। 
  47. एबर्ट, रोजर, "New York, I Love You movie review (2009) | Roger Ebert" [न्यू योर्क, आइ लभ यू | रोजर एबर्ट], रोजर एबर्ट डट कम (अङ्ग्रेजीमा), मूलबाट १३ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  48. "In Treatment – Sunil" [इन ट्रीटमेन्ट - सुनिल], एचबीओ, मूलबाट १० डिसेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  49. भूषण, न्याय (२८ जून २०१२), "'The Amazing Spider-Man' Gets Widest-Ever India Release for A Hollywood Film" ['द अमेजिङ स्पाइडर-म्यान' भारतमा सबैभन्दा चर्चित हलिउड चलचित्र], द हलिउड रिपोर्टर, मूलबाट २९ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ फेब्रुअरी २०१३ 
  50. "60th National Film Awards Announced" [६० औँ राष्ट्रिय चलचित्र पुरस्कारको घोषणा] (प्रेस विज्ञप्ति), पत्र सूचना कार्यालय, भारत, मूलबाट १७ अप्रिल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मार्च २०१३ 
  51. ५१.० ५१.१ "Hindi Medium records higher box office opening than Dangal, Bajrangi Bhaijaan in China; Irrfan's highest grosser worldwide" [चीनमा हिन्दी मिडियमले बजरङ्गी भाइजान र दङ्गल भन्दा बढी कमाइ भित्र्यायो; इरफानको विश्वभरको सर्वाधिक कमाइ भित्र्याउने चलचित्र], फर्स्टपोस्ट, मूलबाट २९ जून २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अप्रिल २०१८ 
  52. सिंह, प्रशान्त (१५ फेब्रुअरी २०१५), "Irrfan Khan to work with Tom Hanks in Inferno" [इन्फर्नोमा इरफान खानले टम ह्याङ्क्ससँग काम गर्ने], हिन्दुस्तान टाइम्स (नयाँ दिल्ली), मूलबाट ६ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-०६ मिति
  53. "Madaari – Movie" [मदारी - चलचित्र], बक्स अफिस इन्डिया, मूलबाट ६ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ डिसेम्बर २०१७ 
  54. "63rd Jio Filmfare Awards 2018: Complete winners' list" [६३ औँ जियो फिल्मफेयर पुरस्कार २०१८: विजेताहरूको पूर्ण सूची], द टाइम्स अफ इन्डिया, २१ जनवरी २०१८, मूलबाट ५ फेब्रुअरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  55. "'Doob': Stunning flow of crafted images – The Statesman" ['डूब': कौशल तस्वीरहरूको सुन्दर प्रवाह - द स्टेट्सम्यान], द स्टेट्सम्यान, ४ नोभेम्बर २०१७, मूलबाट २९ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ डिसेम्बर २०१७ 
  56. Karwaan Review {3.5/5}: Brilliant performances by Dulquer and Irrfan [कारवाँ समीक्षा {३.५/५}: दुलकर र इरफानद्वारा शानदार प्रदर्शन], अन्तिम पहुँच २९ अप्रिल २०२० 
  57. "Blackmail Movie Review: Irrfan Khan Suffers Through A Messy And Mediocre Film" [ब्ल्याकमेल चलचित्र समीक्षा: इरफान खानले एउटा लथालिङ्ग परेको ठिकैको चलचित्र सहनुपर्यो], एनडिटिभी, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  58. "Irrfan Khan and Dulquer Salmaan starrer Karwan to release on June 1" [इरफान खान र दुलकर सलमानको कारवाँ जून १ मा सार्वजनिक गरिने], बलिउड हङ्गामा, २३ जनवरी २०१८, मूलबाट २३ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जनवरी २०१८ 
  59. "Local boy Irfan in Jaipur as a face of Resurgent Rajasthan" [जयपुरको स्थायी वासिन्दा इरफान रिसर्जेन्ट राजस्थानको शुभङ्कर], द टाइम्स अफ इन्डिया, ८ सेप्टेम्बर २०१५, मूलबाट २६ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०१५ 
  60. "Irrfan Khan is the face of a special campaign for Rajasthan" [इरफान खान राजस्थानको विशेष अभियानको शुभङ्कर], २८ अक्टोबर २०१५, मूलबाट २२ अक्टोबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१६ 
  61. "Irrfan Khan Wiki Bio Actor - 14 Amazing Secrets !! 2020" [इरफान खान विकी विवरण अभिनेता - १४ अचम्मका रहस्यहरू !! २०२०], दी आइडियल ठट (अमेरिकी अङ्ग्रेजीमा), ३ मे २०२०, मूलबाट १६ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ मे २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-१६ मिति
  62. "Irrfan Khan's Wife Sutapa Sikdar was His Reason to Live, Here's a Look Back at Their Love Story" [इरफान खानकी श्रीमती सुतापा सिकदर उनको जीवनको सहारा थिइन्, यहाँ छ उनीहरूको प्रेम कथा], न्यूज १८, २९ अप्रिल २०२०, मूलबाट २९ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  63. "Paan Singh Tomar has become a symbol: Irrfan" [पान सिंह तोमर राष्ट्रका प्रतीक बनेका छन्: इरफान], आइबिएन लाइभ, ४ मार्च २०१२, मूलबाट ७ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मार्च २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-०७ मिति
  64. "Why Irrfan Khan dropped Khan from his name" [इरफान खानले किन खान लेख्न छोडे], अन्तिम पहुँच २९ अप्रिल २०२० 
  65. "Irrfan Khan has neuroendocrine tumour, is travelling abroad for treatment" [इरफान खानलाई न्यूरोएन्डोक्राइन ट्यूमर छ, उपचारका लागि विदेश जाँदै छन्], हिन्दुस्तान टाइम्स (अङ्ग्रेजीमा), १६ मार्च २०१८, मूलबाट २६ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मार्च २०१८ 
  66. ६६.० ६६.१ "Actor Irrfan dies at 53 in Mumbai after two-year battle with cancer" [दुई वर्ष क्यान्सरसँग लडेका इरफान खानको ५३ वर्षको उमेरमा मृत्यु], इन्डिया टूडे, मूलबाट २९ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  67. "Irrfan Khan admitted to ICU at Mumbai's Kokilaben hospital" [इरफान खानको मुम्बईस्थित कोकिलाबेन अस्पतालको गहन चिकित्सा विभागमा भर्ना], हिन्दुस्तान टाइम्स, २८ अप्रिल २०२०, मूलबाट ३ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २ मे २०२० 
  68. "Irrfan Khan's last words were about his late mother" [इरफान खानका अन्तिम शब्दहरू उनकी आमाका बारेमा थिए], एमएसएन, मूलबाट १६ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २ मे २०२० 
  69. "'Left too soon': Tributes pour in on social media as Irrfan Khan passes away" [इरफान खानको मृत्युको खबर सुनेपछि विश्वभर शोक], मूलबाट २९ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०२० 
  70. "Irrfan Khan, actor of 'Maqbool' and 'Angrezi Medium', passes away at 53; tributes pour in" ['मक्बूल' र 'अङ्ग्रेजी मिडियम' का अभिनेता इरफान खानको ५३ वर्षमा मृत्यु; परिवार प्रति समवेदना], दी इकोनोमिक टाइम्स, २९ अप्रिल २०२०, मूलबाट ३० अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०२० 
  71. "Irrfan buried at Versova Kabristan, sons Babil and Ayan perform last rites" [छोराहरू बाबिल र आयानद्वारा इरफान खानको दाहसंस्कार, वर्वोसा कब्रिस्तानमा दफन], मूलबाट ३० अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ मे २०२० 
  72. "Mujhse Dosti Karoge - 1992" [मुझसे दोस्ती करोगे - सन् १९९२], अल्ट्रा इन्डिया।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-२३ मिति
  73. "Happy birthday Irrfan: The actor whose skills escape definition" [जन्मदिनको शुभकामना इरफानलाई, जसको अभिनयको वर्णन गर्न सकिदैन], दी इन्डियन एक्सप्रेस। 
  74. "Unshackling Sultana" [सुल्तानाको स्वतन्त्रता], द हिन्दु। 
  75. यङ, डेबरा (१३ जून २००६), "Bokshu, The Myth" [बोकशू, द मिथ], भेराइटी, अन्तिम पहुँच १८ डिसेम्बर २००७ 
  76. वारियर, शोभा (२२ मे २००२), "Why can't an Indian make a film in English?" [एक भारतीय नागरिकले किन अङ्ग्रेजी चलचित्र बनाउन सक्दैन ?], रेडिफ, अन्तिम पहुँच १८ डिसेम्बर २०१७ 
  77. आदर्श, तरण, "Irrfan Khan resumes work... #AngreziMedium shooting begins in #Udaipur today [5 April 2019]... Directed by Homi Adajania... Produced by Dinesh Vijan... Will be shot in #Udaipur and #London... #AngreziMedium is the sequel to the smash hit #HindiMedium, but with a new story." [इरफान खानले कामको थालनी गर्छन्...अङ्ग्रेजी मिडियमको छायाङ्कन आज [५ अप्रिल २०१९] उदयपुरमा सुरु हुन्छ...होमी अदाजनियाद्वारा निर्देशित...दिनेश विजनद्वारा निर्मित...उदयपुर र लन्डनमा छायाङ्कन हुनेछ...अङ्ग्रेजी मिडियम लोकप्रिय चलचित्र हिन्दी मिडियमको उत्तरकथा हो तर फरक कथासँग ।], अन्तिम पहुँच ५ अप्रिल २०१९ 
  78. "Just Mohabbat: Episode 4, from SET India official Youtube channel" [जस्ट मोहब्बत: भाग ४, एसइटी इन्डियाको आधिकारिक युट्युब च्यानलबाट] 
  79. "Ssshhhh...Koi Hai: Episode 9, from HOTSTAR Official Website" [श्श्श...कोई है: भाग ९, हटस्टारको आधिकारिक वेबसाइटबाट] 
  80. "Irrfan Khan death: Syska LED, Vodafone - best advertisements featuring the actor" [इरफान खानको मृत्यु: सिस्का एलइडी, भोडाफोन - अभिनेताले गरेका सर्वोकृष्ट विज्ञापनहरू], फ्री प्रेस जर्नल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २९ अप्रिल २०२० 
  81. यादव, स्नेहा (२९ अप्रिल २०२०), "Remembering the starman: Irrfan Khan through the lens of advertising" [कलाकारको स्मृतिमा: विज्ञापनमा इरफान खान], सोशल समोसा (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २९ अप्रिल २०२० 
  82. "Big Star Entertainment Awards 2015 Nominations List" [बिग स्टार मनोरञ्जन पुरस्कार २०१५ को नामाङ्कन सूची], फिल्मी बीट (अङ्ग्रेजीमा), ४ डिसेम्बर २०१५, अन्तिम पहुँच १२ मार्च २०१८ 
  83. ८३.० ८३.१ "Winners of 22nd Annual Star Screen Awards 2015 | Latest Movie Features - Bollywood Hungama" [२२ औँ स्टार स्क्रीन पुरस्कार २०१५ का विजेताहरू | नयाँ चलचित्रहरू - बलिउड हङ्गामा], ३० मार्च २०१६, मूलबाट ३० मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मार्च २०१८ 
  84. "2018 Archives - Zee Cine Awards" [२०१८ सङ्ग्रह - जी सिने पुरस्कार], जी सिने पुरस्कार (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच ३१ मार्च २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०१ मिति
  85. "Star Screen Awards 2018: Here's The Complete List Of Winners!" [स्टार स्क्रीन पुरस्कार २०१८: विजेताहरूको पूर्ण सूची !], देसी मार्टिनी (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ जनवरी २०१८ 
  86. "Filmfare Award 2018 Winners - List of Filmfare Award Winners" [फिल्मफेयर पुरस्कार २०१८ का विजेताहरू: फिल्मफेयर पुरस्कार विजेताहरूको सूची], फिल्मफेयर 
  87. "Reel Movie On Screen Awards 2018 | Best Film, Actor, Actress, Director and More" [रील चलचित्र अन स्क्रीन पुरस्कार २०१८ | सर्वश्रेष्ठ चलचित्र, अभिनेता, अभिनेत्री, निर्देशक र थप], न्यूज १८ (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २७ फेब्रुअरी २०१८ 
  88. "IIFA Awards 2018 Winners" [आइफा पुरस्कार २०१८ विजेताहरू], अन्तर्राष्ट्रिय भारतीय चलचित्र एकेडेमी पुरस्कार। 
  89. "IIFA Nominations 2018: Tumhari Sulu Leads With 7 Nods, Newton Follows" [आइफा नामाङ्कन २०१८: तुम्हारी सुलुको सात श्रेणीमा मनोनयन, न्युटन अनुसरण गर्दै], एनडिटिभी, अन्तिम पहुँच २८ मे २०१८ 
  90. "Nominations for the Jio Filmfare Awards (East) 2018" [जियो फिल्मफेयर पुरस्कार (पूर्व) २०१८ को नामाङ्कन], फिल्मफेयर (अङ्ग्रेजीमा), अन्तिम पहुँच १४ फेब्रुअरी २०१८ 

बाह्य कडी[सम्पादन गर्नुहोस्]