अजय देवगन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अजय देवगन
Ajay Devgn
एमटिभी सुपर फाइट लिगको प्रक्षेपणमा अजय देवगन
जन्मविशाल देवगन[१]
(1969-04-02) २ अप्रिल १९६९ (उमेर ५४)
नयाँ दिल्ली, भारत
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
शिक्षामिठीबाई कलेज
पेशाअभिनेता, निर्माता, निर्देशक
कार्यकालसन् १९९१–वर्तमान
जीवनसाथी
(
वि १९९९)
सन्तान
मातापितावीना र वीरु देवगन
आफन्तदेवगन परिवार हेर्नुहोस्
पुरस्कारसूची
वेबसाइटajaydevgnffilms.com

विशाल देवगन (जन्म २ अप्रिल १९६९), व्यावसायिक रूपमा अजय देवगनको रूप मा परिचित, एक भारतीय चलचित्र अभिनेता, निर्देशकनिर्माता हुन्। उनलाई हिन्दी सिनेमाका सबैभन्दा लोकप्रिय र प्रभावशाली कलाकारका रूपमा व्यापक रूपमा मानिन्छ, जो सयभन्दा बढी हिन्दी चलचित्रहरूमा देखा परेका छन्। देवगनले दुई राष्ट्रिय चलचित्र पुरस्कार र चार फिल्मफेयर पुरस्कार सहित धेरै पुरस्कार जितेका छन्। सन् २०१६ मा, उनलाई भारत सरकारद्वारा देशको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्रीले सम्मानित गरिएको थियो।[२][३][४][५][६][७][८][९]

देवगनले सन् १९९१ मा 'फूल और काँटे'बाट आफ्नो व्यवसायिक करियर सुरु गरेका थिए र उनको प्रदर्शनका लागि सर्वश्रेष्ठ पुरुष पदार्पणको लागि फिल्मफेयर पुरस्कार प्राप्त गरेका थिए।[१०][११] त्यसपछि उनले 'जिगर' (सन् १९९२), 'सङ्ग्राम' (सन् १९९३), 'विजयपथ' (सन् १९९४), 'दिलवाले' (सन् १९९४), 'सुहाग' (सन् १९९४), 'हकीकत' (सन् १९९५), 'नाजायाज' (सन् १९९५), 'दिलजले' (सन् १९९६) र 'इश्क' (सन् १९९७) जस्ता सफल चलचित्रहरूमा अभिनय गरेका थिए। सन् १९९८ मा, उनी महेश भट्टको नाटक 'जख्म'मा आलोचनात्मक प्रशंसित प्रदर्शनमा देखा परेका थिए र उनले यस चलचित्रमा उनको भूमिकाका लागि पहिलो सर्वश्रेष्ठ अभिनेताको लागि राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए। सन् १९९९ मा, उनको सबैभन्दा चर्चित चलचित्र 'हम दिल दे चुके सनम' थियो जसमा उनले वनराजको भूमिका खेलेका थिए, जसले आफ्नी श्रीमतीलाई उनको प्रेमीसँग पुनर्मिलन गराउन प्रयास गर्दछ।

पारिवारिक पृष्ठभूमि र विवाह[सम्पादन गर्नुहोस्]

देवगनको जन्म मूलतः अमृतसर, पञ्जाबको एक पञ्जाबी परिवारमा भएको थियो।[१२] यस परिवारको मुम्बईमा हिन्दी चलचित्र उद्योगसँग सम्बन्ध छ। देवगनका बुबा वीरु देवगन एक स्टन्ट कोरियोग्राफर र एक्सन-चलचित्र निर्देशक थिए र उनकी आमा वीना एक चलचित्र निर्माता हुन्। उनका भाई, अनिल देवगन, एक चलचित्र निर्माता र पटकथा लेखक हुन्। देवगन जुहूको सिल्वर बीच उच्च विद्यालयबाट स्नातक भएका थिए र मिठीबाई कलेजमा अध्ययन गरेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Ajay Devgn says he’s been put behind bars twice, reveals why he changed his real name", Deccan Chronicle (अङ्ग्रेजीमा), २०१८-०३-१४, अन्तिम पहुँच २०१८-१२-१४ 
  2. Isha Sharma (२५ जनवरी २०१६), "After Being Honored With A Padmashri Award, Ajay Devgn Shares A Sweet Message For His Fans!", Times Internet, अन्तिम पहुँच २८ जनवरी २०१६ 
  3. "Ajay Devgn." Koimoi.com Accessed 29 June 2013.
  4. "Ajay Devgn turns 41." वेब्याक मेसिन अभिलेखिकरण २७ जनवरी २०११ मिति Hindustan Times 2 April 2010.
  5. "Readers' Picks: Top Bollywood Actors." Rediff.com 17 August 2006. Accessed 26 January 2010.
  6. "Powerlist: Top Bollywood Actors." Rediff.com 8 December 2006. Accessed 26 January 2010.
  7. "Box Office 2000s Decade in Review." Ibos network.com 19 January 2010. Accessed 26 January 2010.
  8. Subhash K. Jha (२२ फेब्रुअरी २००३), "Shah Rukh, Ash, Ajay Devgan's rich haul", Rediff webdesk, Rediff, अन्तिम पहुँच ६ जनवरी २०१६ 
  9. "Filmfare Awards for Best Actor In A Negative Role", Awards & Winners, अन्तिम पहुँच २ डिसेम्बर २०१५ 
  10. "Box Office 1991", Box Office India, मूलबाट २१ जनवरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जनवरी २००७  वेब्याक मेसिन अभिलेखिकरण १५ जनवरी २०१३ मिति
  11. Sampurn Wire, "Ajay Devgan a versatility expert", Thaindian.com, मूलबाट २२ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जुन २०१०  वेब्याक मेसिन अभिलेखिकरण २२ फेब्रुअरी २०१४ मिति
  12. "Ajay Devgn: I am a reserved person." Rediff.com 31 December 2004. Accessed 30 July 2011.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]