एम. एस. सुब्बुलक्ष्मी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एम. एस. सुब्बुलक्ष्मी
जन्म(१९१६-०९-१६)सेप्टेम्बर १६, १९१६
मदुरई, मद्रास प्रेसीडेंसी, ब्रिटिस भारत
मृत्युडिसेम्बर ११, २००४(2004-12-11) (उमेर ८८)
चेन्नई, तमिलनाडु, भारत
जीवनसाथीकल्कि सदाशिवम (१९४०-मृत्यु)
पुरस्कारभारत रत्न

श्रीमती मदुरै षण्मुखवडिवु सुब्बुलक्ष्मी (१६ सेप्टेम्बर, १९१६-२००४) कर्णाटक संगीतको प्रसिद्ध संगीतकार थिइन्। उनी शास्तीय संगीतको दुनियामा एम. एस. अक्षरहरूले चिनिने गर्छिन्। उनी भारतको सर्वोच्च नागरिक सम्मान, भारत रत्न र रेमन म्यागसेसे पुरस्कार प्राप्त गर्ने पहिलो भारतीय संगीतकार थिइन् ।[१][२][३][४]


जीवन[सम्पादन गर्नुहोस्]

सुब्बुलक्ष्मी भारतको 2005 स्ट्याम्पमा

सुब्बुलक्ष्मीको जन्म १६ सेप्टेम्बर १९१६ मा मदुरै, मद्रास प्रेसिडेन्सीमा वीणा वादक षण्मुकावदिवर अम्मल र सुब्रमणिया अय्यरको घरमा भएको थियो।उनकी हजुरआमा अक्कम्मल वायलिन वादक थिइन्। उनकी आमा, देवदासी समुदायकी, एक संगीत प्रतिपादक र एक नियमित स्टेज कलाकार थिइन्, र सुब्बुलक्ष्मी संगीत शिक्षाको लागि धेरै अनुकूल वातावरणमा हुर्किएकी थिइन्। कराइकुडी साम्बाशिवा अय्यर, मजवरायनेन्दल सुब्बारामा भागवथर र अरियाकुडी रामानुज अय्यङ्गरसँगको नियमित अन्तरक्रियाबाट पनि उनको सांगीतिक रुचिलाई आकार दिइएको थियो। [५] उनीले छोटो आयुमा संगीतको शिक्षण आरम्भ गरिन् र दश बर्सको उमेरमा नै अफ्नु पहिलो डिस्क रिकर्ड गरिन्। यस पछाडी आफ्नुने शेम्मंगुडी श्रीनिवास अय्यरसँग कर्णाटक संगीतमा, तथा पंडित नारायणराव व्याससँग हिंदुस्तानी संगीतमा उच्च शिक्षा प्राप्त गरिन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "M S Subbulakshmi: 'Nightingale' of Carnatic music", Rediff (India), १२ डिसेम्बर २००४, मूलबाट ८ जुलाई २०१५-मा सङ्ग्रहित। 
  2. Clare Arthurs (२५ जुलाई २०००), "Activists share 'Asian Nobel Prize'", BBC News, मूलबाट २५ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २००८  वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति
  3. "Ramon Magsaysay Award Foundation", Rmaf.org.ph, मूलबाट १ सेप्टेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण १ सेप्टेम्बर २०१० मिति
  4. The Ramon Magsaysay awards, Ramon Magsaysay Award Foundation, १९८२, पृ: १४१। 
  5. Srivastava, Gauri (२००६), Women role models: some eminent women of contemporary India, Concept Publishing Company, पृ: 55–57, आइएसबिएन 978-81-8069-336-6, ओसिएलसी 74991412 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]