सामग्रीमा जानुहोस्

मुनामदन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुनामदन
लेखकमहाकवी लक्ष्मीप्रसाद देवकोटा
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विषयकविता
प्रकारखण्डकाव्य
प्रकाशकसाझा प्रकाशन
आइएसबिएन978-99933-2-690-8

मुनामदन महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित एक खण्डकाव्य हो । मुना मदन झ्याउरे लयमा आधारित कविता हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो। मुना मदनलाई लिएर सन् १९५९मा आफ्नो मृत्यु अघि उनले भनेका थिए म मरेपछि मेरा सबै कृति जलाईदिए पनि मुना मदन चाही नजलाउनु। मुना मदन अहिलेसम्मकै सबैभन्दा धेरै बिक्रि भएको पुस्तक हो।

मुना मदन एक कारुणिक खण्डकाव्य हो, जसले मुना र मदनको बिछोडको प्रेम कथाको बर्णन गर्दछ। मदन धन कमाउनको लागि ल्हासा जान्छन् र फर्कने क्रममा बाटोमा बिरामी हुन्छन्। बिरामी मदनलाई बीच बाटोमै छोडेर उसका साथिहरू आउछन र मदनको मृत्यु भएको कुरा भन्छन्। यो कुराले मुनालाई निकै पीडा हुन्छ। यहि पीडा सहन नसकी शोकमै मुनाको मृत्यु हुन्छ। उता मदनलाई बाटोमा अलपत्र रूपमा एक जना भोटेले फेला पार्छन। उनले मदनको खुबै स्याहार गर्छन (त्यस बेला मदनले भन्छन्" क्षत्रिको छोरो यो पाउ छुन्छ घिनले छुँदैन,मानिस ठूलो दिलले हुन्छ जातले हुदैन") र जब मदन निको भएर घर फर्कन्छ , त्यो बेला उसको परिवार मूना र आमाको मृत्यु भएको खबर सुनेर ऊ मर्माहत हुन्छ।अनि आफू पनि मर्छ ।

  • मुना
  • मदन
  • आमा
  • नैनी दिदी
  • साथीहरू
  • भोटे

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]