२०१४ अस्ट्रेलियन ओपन
२०१४ अस्ट्रेलियन ओपन | ||
---|---|---|
मिति: | १३-२६ जनवरी २०१४ | |
अंक: | १०२ औँ | |
श्रेणी: | ग्रयाण्ड स्ल्याम (आइटिएफ) | |
मैदान: | हार्डकोर्ट | |
स्थान: | मेलबर्न, भिक्टोरिया, अस्ट्रेलिया | |
खेल हुने ठाँउ: | मेलबर्न पार्क | |
बिजेताहरु | ||
पुरुषको एकल | ||
स्टानिलास वावरिन्का | ||
महिलाको एकल | ||
ली ना | ||
पुरुषको डबल | ||
लुकास्ज कुबोट / रोबर्ट लिंडेसटेड | ||
महिलाको डबल | ||
सारा इरानी / रोबर्ट भिन्सी | ||
मिक्स्ड डबल | ||
क्रिस्टिना लादेनोभिक / डेनियल नेस्टर | ||
केटाको एकल | ||
अलेक्जेन्डर भेरेभ | ||
केटीकी एकल | ||
एलिजाभेट कुलिच्कोभा | ||
केटाको डबल | ||
लुकास मिड्लेर / ब्र्याडली माउसले | ||
केटीको डबल | ||
अन्हालिना कालिनिना / एलिजाभेट कुलिच्कोभा | ||
' | ||
टोड वुब्रिज / मार्क वुडफोर्ड | ||
' | ||
निकोल ब्राडके / रेन्ने स्टुब्स | ||
व्हीलचेयर पुरुषको एकल | ||
सिंगो कुनियेडा | ||
व्हीलचेयर महिलाको एकल | ||
सबिने एल्लारब्रोक | ||
व्हीलचेयर क्वाड एकल | ||
डेभिड वाग्नर | ||
व्हीलचेयर पुरुषको डबल | ||
स्टेफान हाउडेट / सिंगो कुनियेडा | ||
व्हीलचेयर महिलाको डबल | ||
युइ कामिजी / जोर्डाने व्हिले | ||
व्हीलचेयर क्वाड डबल | ||
एन्ड्रयु लेप्थोरने / डेभिड वाग्नर |
सन् २०१४ को अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता अस्ट्रेलियाको मेलबर्न पार्कमा जनवरी १३ देखि जनवरी २६ सम्म सञ्चालन भएको थियो । यो अस्ट्रेलियन ओपनको १०२ औ संस्करण रहेको थियो । सन् २०१४ को पहिलो ग्रयाण्ड स्ल्याम टुर्नामेन्ट पनि रहेको थियो । यो प्रतियोगितामा टेनिस जगतका व्यवसायिक खेलाडीहरूको सहभागिता रहेको थियो । यस प्रतियोगितामा एकल, जोडी तथा मिश्रित जोडीका प्रतिस्पर्धा हुने गर्छ ।
फाइनलमा चीनकी ली नाले महिलातर्फको एकल उपाधि जितिन् । ली ना ले उपाधि जित्ने क्रममा स्लोभाकियाकी डोमनिका चिबुलकोभालाई उपाधि भिडन्तमा ७–६, ६–० को सोझो सेटमा पराजित गरेकी थिइन् । त्यस्तै पुरुषतर्फ आफ्नो जीवनको पहिलो ग्रयाण्ड स्ल्याम टुर्नामेन्ट हात पार्न स्विजरल्याण्डका स्टानिलास वावरिन्का सफल भए । वावरिन्काले फाइनलमा तत्कालिन विश्वको नम्बर १ स्पेनका राफेल नाडाललाई ३–६, २–६, ६–३, र ३–६ को सेटमा पाखा लगाएका थिए ।