२०१४ अस्ट्रेलियन ओपन
| २०१४ अस्ट्रेलियन ओपन | ||
|---|---|---|
| मिति: | १३-२६ जनवरी २०१४ | |
| अंक: | १०२ औँ | |
| श्रेणी: | ग्रयाण्ड स्ल्याम (आइटिएफ) | |
| मैदान: | हार्डकोर्ट | |
| स्थान: | मेलबर्न, भिक्टोरिया, अस्ट्रेलिया | |
| खेल हुने ठाँउ: | मेलबर्न पार्क | |
| बिजेताहरु | ||
| पुरुषको एकल | ||
| महिलाको एकल | ||
| पुरुषको डबल | ||
| महिलाको डबल | ||
| मिक्स्ड डबल | ||
| केटाको एकल | ||
| केटीकी एकल | ||
| केटाको डबल | ||
| केटीको डबल | ||
| ' | ||
| ' | ||
| व्हीलचेयर पुरुषको एकल | ||
| व्हीलचेयर महिलाको एकल | ||
| व्हीलचेयर क्वाड एकल | ||
| व्हीलचेयर पुरुषको डबल | ||
| व्हीलचेयर महिलाको डबल | ||
| व्हीलचेयर क्वाड डबल | ||
सन् २०१४ को अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता अस्ट्रेलियाको मेलबर्न पार्कमा जनवरी १३ देखि जनवरी २६ सम्म सञ्चालन भएको थियो । यो अस्ट्रेलियन ओपनको १०२ औ संस्करण रहेको थियो । सन् २०१४ को पहिलो ग्रयाण्ड स्ल्याम टुर्नामेन्ट पनि रहेको थियो । यो प्रतियोगितामा टेनिस जगतका व्यवसायिक खेलाडीहरूको सहभागिता रहेको थियो । यस प्रतियोगितामा एकल, जोडी तथा मिश्रित जोडीका प्रतिस्पर्धा हुने गर्छ ।
फाइनलमा चीनकी ली नाले महिलातर्फको एकल उपाधि जितिन् । ली ना ले उपाधि जित्ने क्रममा स्लोभाकियाकी डोमनिका चिबुलकोभालाई उपाधि भिडन्तमा ७–६, ६–० को सोझो सेटमा पराजित गरेकी थिइन् । त्यस्तै पुरुषतर्फ आफ्नो जीवनको पहिलो ग्रयाण्ड स्ल्याम टुर्नामेन्ट हात पार्न स्विजरल्याण्डका स्टानिलास वावरिन्का सफल भए । वावरिन्काले फाइनलमा तत्कालिन विश्वको नम्बर १ स्पेनका राफेल नाडाललाई ३–६, २–६, ६–३, र ३–६ को सेटमा पाखा लगाएका थिए ।