विकिपिडिया:हालैका घटनाहरू/घटनाहरू/जुलाई २०१४
स्वरूप
- ३० जुलाई २०१४
- भारतको महाराष्ट्रस्थित पुणे जिल्लाको एक आदिवासी गाउँमा पहिरोमा परी २१ जनाको मृत्यु भएको छ । (नेपालससन्देश)
- २९ जुलाई २०१४
- सम्पूर्ण विषयको डिजिटल जानकारी राख्ने वेवसाइट विकिपिडियाले अमेरिकी संसदबाट गरिने सम्पादन कार्यमा रोक लगाएको छ । (नयाँ खबर)
- २८ जुलाई २०१४
- लण्डनको रिभरमिडमा भएको १० औं अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले एक स्वर्णसहित सात पदक जितेका छन् । (इकान्तिपुर)
- संयुक्त राष्ट्र संघले इजरायल र प्यालेस्टाइनलाई तत्कालै र विनाशर्त युद्धविरामका लागि आग्रह गरेको छ । राष्ट्रसङ्घीय सुरक्षा परिषदले युद्धविरामका लागि दुवै पक्षलाई सोमबार आग्रह गरेको हो ।(इकान्तिपुर)
- २७ जुलाई २०१४
- भारतीय विदेशमन्त्री सुष्मा स्वराजले तीनदिने नेपाल भ्रमणलाई सोचेभन्दा सफल भएको भनेकी छिन् ।(इकान्तिपुर)
- २४ जुलाई २०१४
- बुर्किना फासो बाट अल्जेरिया गइरहेको एयर अल्जीरीको विमान ११० दुर्घटना हुँदा सबैको मृत्यु भएको पुष्टि भएको छ । (इकान्तिपुर)
- २३ जुलाई २०१४
- २० औं राष्ट्रमण्डल खेलको शुरूआत स्कटल्याण्डको ग्लासगोमा भएको छ । (उज्यालो अनलाइन)
- ताइवान, विमान दुर्घटना हुँदा ४७ जनाको मृत्यु । (नेपाली भिजन)
- १७ जुलाई २०१४
- मलेशिया एयरलाइन्सको फ्लाइट १७ एमस्टरड्याम देखि क्वालालम्पुर जाँदै गर्दा युक्रेनमा दुर्घटनाग्रस्त हुँदा २९८ जनाको ज्यान गएको छ । (इकान्तिपुर)
- १४ जुलाई २०१४
- फिफा विश्वकप, अर्जेन्टिना लाई हराउंदै जर्मनी चौथौ पटक विश्व चैम्पियन। (नागरिक न्यूज)
- ९ जुलाई २०१४
- फिफा विश्वकप, नेदरल्याण्ड लाई हराउंदै अर्जेन्टिना फाइनलमा प्रवेश । (नागरिक न्यूज)
- ८ जुलाई २०१४
- फिफा विश्वकप, जर्मनी ले ब्राजिल लाई रेकर्ड ७-१ गोल अन्तरले हरायो । (नागरिक न्यूज)