शेख हसिना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शेख हासिना
मस्कोभा सम्मेलनमा शेख हासिना
बङ्गलादेशको १२औँ प्रधानमन्त्री
पद बहाली
६ जनवरी, २००९ – हाल
राष्ट्रपतिइयाजउद्दिन आहम्मेद
जिल्लुर रहमान
आब्दुल हामिद
पूर्वाधिकारीफखरुद्दीन आहमेद
कार्यकाल
२३ जुन, १९९६ – १५ जुलाई, २००१
राष्ट्रपतिआबदुर रहमान विश्वास
शाहाबुद्दिन आहमेद
पूर्वाधिकारीमुहाम्मद हाबिबुर रहमान
उतराधिकारीलतिफुर रहमान
राष्ट्रिय संसद प्रतिपक्षी नेत्रि
कार्यकाल
१० अक्टोबर, २००१ – २९ अक्टोबर, २००६
पूर्वाधिकारीखालेदा जिया
उतराधिकारीखालेदा जिया
कार्यकाल
२० मार्च, १९९१ – ३० मार्च, १९९६
पूर्वाधिकारीए. एस. एम. आबदुर रब
उतराधिकारीखालेदा जिया
बङ्गलादेश अवामी लिग
पद बहाली
१७ मे १९८१ – हाल
पूर्वाधिकारीआसादुज्जामान खान
व्यक्तिगत विवरण
जन्म (1947-09-28) २८ सेप्टेम्बर १९४७ (उमेर ७६)
टुङ्गिपाडा, गोलापगञ्ज, तत्कालीन वृहत् फरिदपुर जिल्ला, पूर्व बाङ्ला, पाकिस्तान
(वर्तमान बङ्गलादेश)
राष्ट्रियताबङ्गलादेशी
राजनीतिक दलबङ्गलादेश अवामी लिग (सन् १९८१–हाल)
अन्य राजनीतिक
संलग्नता
महाजोट (२००८–हाल)
जीवन साथीवाजेद मिया
सन्तान(हरू)सजीव वाजेद जोय
सायमा वाजेल पुतुल
अभिभावकs
मातृ शिक्षाप्रतिष्ठानआजिमपुर कन्या उच्च विद्यालय
इडेन कन्या महाविद्यालय
ढाका विश्वविद्यालय

शेख हसिना दक्षिण एसियाली राष्ट्र बङ्गलादेशकी वर्तमान प्रधानमन्त्री हुन्। उनको जन्म सन् १९४७ सेप्टेम्बर २८ का दिन पूर्वी बङ्गालको टुङ्गिपाडा भन्ने ठाउँमा भएको थियो। उनी बङ्गलादेशकी १०औँ प्रधानमन्त्री हुन् र उनले यो पद सन् २००९ जनवरीबाट सम्हाल्दै आएकी छन्। साथै उनी बङ्गलादेशको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहने व्यक्ति समेत हुन्।

शेख हसिना बङ्गलादेशका प्रथम राष्ट्रिय शेख मुजिबुर रहमानकी छोरी हुन्। उनको राजनितिज्ञ जीवन करिब ४ दशक भन्दा लामो रहेको छ। उनी सन् १९८६ देखि १९९० र सन् १९९१ देखि १९९५ सम्म प्रतिपक्ष दलको नेत्रिको रूपमा रहेकी थिइन् भने उनी सन् १९९६ देखि सन् २००१ सम्म बङ्गलादेशको प्रधानमन्त्रीको रूपमा कार्यरत थिइन् भने उनले सन् १९८१ देखि अवामी लिगको सभापतिको दायित्व पालन गरेकी थिइन्।[१][२][३][४] सन् २००८ मा जनताको अधिक मतका कारण उनी प्रधानमन्त्री चुनावमा विजय भई पुनः प्रधानमन्त्री पदमा निर्वाचित भएकी थिइन्।

सन् २०१४ जनवरीमा एक विरोधीदलबिहीन निर्वाचनमा उनी तेस्रो पटक जस्तै प्रधानमन्त्री पदमा निर्वाचित भएकी थिइन् तर त्यो निर्वाचनलाई विपक्षीले अस्वीकार गरेका थिए भने अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले पनि यसको बारेमा आलोचना गरेका थिए। सन् २०१६ मा उनी चौँथो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन् भने उक्त निर्वाचनलाई विपक्षीद्वारा धाँधली भएको आरोप लगाइएको थियो। हसिना विश्वका सर्वश्रेष्ठ क्षमताशाली महिला व्यक्तिहरूको रूपमा पनि चुनिएकी थिइन्। सन् २०१६ मा फोर्ब्स पत्रिकाद्वारा सार्वजनिक एक प्रतिवेदनका अनुसार विश्वका १०० क्षमताशाली महिलाहरूको सूचीमा हसिना शीर्ष २६ मा पर्न सफल भएकी थिइन् भने सोही पत्रिकाद्वारा सन् २०१७ मा सार्वजनिक सोही शीर्षकको सूचीमा उनी ३०औँ स्थानमा रहेकी थिइन्।[५] यस बाहेक शेख हसिनालाई अमेरिका स्थित पत्रिकाले विदेश नीतिको आधारमा विश्वका शीर्ष १०० विश्वव्यापी विचारकहरूको सूचीमा सामेल गरिएको थियो।[६] उनी विश्व महिला नेत्री परिषद्की एक सदस्य पनि हुन् जो वर्तमान र पूर्व महिला अध्यक्षहरू तथा प्रधानमन्त्रीहरूको एक अन्तर्राष्ट्रिय सञ्जाल हो।[७] प्रधानमन्त्रीको रूपमा उनको कार्यकालमा धेरै घोटालाहरू र अधिनायकवादी घटनाहरू घटेका थिए। पद्मा सेतु काण्ड, हलमार्क स‍नालि बेङ्क काण्ड, शेयर बजार काण्ड, रानम प्लाज ध्वस र बङ्गलादेश सडक सुरक्षा आन्दोलन आदि उनको शासाकालका केही प्रख्यात काण्डहरू रहेका थिए।[८] उनको शासनकालमा उनले आर्थिक विकासको लागि प्रशंसित प्राप्त गरेकी थिइन्।[९]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

शेख हसिनाको जन्म सन् १९४७ सेप्टेम्बर २८ का दिन पूर्वी पाकिस्तानको टुङ्गिपाडामा भएको थियो। उनको बुबा बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमान र उनकी आमा बेगम फाजिलातुन्नेछा थिइन्। हसिनाले टुङ्गिपाडामा प्रारम्भिक शिक्षा लिएकी थिइन् भने सन् १९५४ देखि उनी आफ्नो परिवारको साथमा ढाकाको मोगलटलिको रजनी बोस लेनको घरमा बसोबास गर्न सुरु गरेकी थिइन् र पछि उनको परिवार मिन्टो सडकमा रहेको एक सरकारी निवासमा सरेका थिए। सन् १९५६ मा उनी थप शिक्षा हासिल गर्नका लागि टिकाटुलीमा रहेको नारीशिक्षा मन्दिर कन्या विद्यालयमा भर्ना भएकी थिइन्। सन् १९६१ अक्टोबर १ देखि उनको परिवार धानमोन्डी स्थित ७२ सङ्ख्याको घरमा बस्न सुरु गरेका थिए।

शेख हसिनाले सन् १९७३ मा ढाका विश्वविद्यालयबाट स्नातकोत्तर सम्पन्न गरेकी थिइन्। विश्वविद्यालयमा अध्ययन गर्दै गर्दा उनको वाजेद मियाँसँग विवहा भएको थियो। हसिना र वाजेदका सजीव वाजेद जोय र सायमा वाजेल पुतुल नामक दुइ सन्तानहरू रहेका छन्। वाजेद मियाको सन् २००९ मा मृत्यु भएको थियो। सन् १९७५ अगस्ट १५ का दिन सैनिक विद्रोहमा उनी र उनको बहिनी शेख रेहाना बाहेक उनको परिवारका सबै सदस्यहरू मारिएका थिए भने तत्कालीन समयमा उनी र उनकी बहिनी पश्चिम जर्मनीमा अध्ययन गरिरहेका थिए।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "AL hold 20 th council with Sheikh Hasina"। BSS। सङ्ग्रह मिति ६ नोभेम्बर २०१६ 
  2. "Hasina re-elected AL president, Obaidul Quader general secretary"। Dhaka Tribune। 
  3. "Legacy of Bangladeshi Politics"। Asian Tribune। 
  4. "Sheikh Hasina Wazed"Encyclopædia Britannica। सङ्ग्रह मिति १५ फेब्रुअरी २०१५ 
  5. "The World's 100 Most Powerful Women"Forbes। Forbes। ४ डिसेम्बर २०१८। सङ्ग्रह मिति ४ डिसेम्बर २०१८ 
  6. "The World's 100 Most Powerful Women"Forbes। Forbes। १ नोभेम्बर २०१७। सङ्ग्रह मिति २ नोभेम्बर २०१७ 
  7. "2019 Global Thinkers"Foreign Policy। Foreign Policy। १५ जनवरी २०१९। सङ्ग्रह मिति १५ जनवरी २०१९ 
  8. "Council of Women World Leaders Biographies" (PDF)। सङ्ग्रह मिति ९ अप्रिल २०१९ 
  9. "Landslide victory for Bangladesh ruler in polls hit by violence"The Business Times (अङ्ग्रेजी भाषा)। ३१ डिसेम्बर २०१८। सङ्ग्रह मिति ३१ डिसेम्बर २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

राजनीतिक कार्यकाल
पूर्वाधिकारी बङ्गलादेशका प्रधानमन्त्री
जुन २३, १९९६ - जुलाई १५, २००१
पछिल्लो
लतिफुर रहमान
पूर्वाधिकारी बङ्गलादेशको प्रधानमन्त्री
जनवरी ६, २००९ – हाल
बहालवाला