विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/मैथिली भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मैथिली भाषा[सम्पादन गर्नुहोस्]

मैथिली देवनागरीमा

मैथिली' (/ˈmt[invalid input: 'ɨ']li/; Maithilī) भारोपेली भाषा हो जुन मुख्य रूपमा भारतको उत्तरी बिहारनेपालको पूर्वी तराईका क्षेत्रहरूमा बोलिने भाषा हो । यो प्राचीन भाषा समूह भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावले बंगाली, आसामी, उडियानेपालीसँग यसको धेरै निकट सम्बन्ध छ । यो भाषाको आफ्नै तिरहुता लिपि रहेता पनि यसको प्रयोग हाल न्यून रहेको छ । हाल मैथिली भाषा देवनागरीमा लेख्ने गरिन्छ । सन् २००२ मा मैथिली भाषालाई भारतको संविधानको आठौँ धारामा समावेश गरिएको हो । जसले गर्दा यस भाषालाई शिक्षा, सरकारी निकाय र अन्य आधिकारिक प्रयोजनमा प्रयोग गर्न सकिन्छ । सन् २०१५ मा मैथिलीलाई नेपालको संविधान २०७२ को भाग १, धारा ५ मा आधिकारिक भाषाको रूपमा राखिएको छ । भारतको यो एक सबैभन्दा ठुलो भाषा अन्तर्गत पर्दछ भने नेपालको यो दोश्रो ठुलो भाषा हो । सन् २०११ सम्म यो भाषा लगभग ४ करोड ४७ लाख मानिसद्वारा बोल्ने गरिन्छ जसमध्ये नेपालमा मात्रै २८ लाख र भारतमा ३ करोड ४७ लाख मानिसले मातृभाषाको रुपमा बोल्ने गरेका छन् । (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: बिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: नेपालको प्रमुख भाषा भएकोले।
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:०१, २९ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

सम्पादकहरूको मतदानको आधारमा सेप्टेम्बर महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:०१, ३० सेप्टेम्बर २०१५ (युटिसी(UTC))