विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/गंगा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गङ्गा नदी[सम्पादन गर्नुहोस्]

गङ्गा वाराणसीमा

गङ्गा नदी (हिन्दुस्तानी: [ˈɡəŋɡaː]), वा गंगे (/ˈɡænz/ GAN-jeez) भारतको एउटा महत्वपूर्ण तथा विश्वका सम्पूर्ण हिन्दूहरूको आस्थाको एउटा केन्द्र हो। जसले भारत र बंगलादेशमा मिलाएर २,५१० किमीको दूरी तय गर्दै उत्तराखण्डमा हिमालयबाट लिएर बंगालको खाडीको सुन्दरवनसम्मको विशाल भू -भागलाई सिंचित गर्दछ । यो भारतको प्राकृतिक सम्पदा मात्र हैन, जन जनको भावनात्मक आस्थाको आधार पनि हो। २,०७१ किमी सम्म भारत तथा बंगलादेशमा आफ्नो लामो यात्रा गर्दै यो सहायक नदीहरूको साथै दस लाख वर्ग किलोमिटर क्षेत्रफलको अति विशाल उपजाऊ मैदानको रचना गर्छ। सामाजिक, साहित्यिक, सांस्कृतिक र आर्थिक दृष्टिबाट अत्यन्त महत्त्वपूर्ण गङ्गाको यो मैदान आफ्नो घनो जनसङ्ख्याको कारण पनि जानिन्छ। १०० फिट (३१ मी)को अधिकतम गहिराई भएको यो नदी भारतमा पवित्र मानिन्छ तथा यसको उपासना माँ र देवीको रूपमा गरिन्छ। भारतीय पुराण र साहित्यमा आफ्नो सौन्दर्य र महत्वका कारण पटक-पटक आदरका साथ वन्दित गङ्गा नदीको प्रति विदेशी साहित्यमा पनि प्रशंसा र भावुकतापूर्ण वर्णन गरिएको छ।

यस नदीमा माछा तथा सर्पको अनेक प्रजातिहरू त पाईछन् नै मीठा पानीका दुर्लभ डल्फिन पनि पाइन्छन्। यो कृषि, पर्यटन, साहसिक खेलहरू तथा उद्योगहरूको विकासमा महत्त्वपूर्ण योगदान दिन्छ तथा आफ्नो तटमा बसेका सहरहरूको जलापूर्ति पनि गर्छ। यसको तटमा विकसित धार्मिक स्थल र तीर्थ भारतीय सामाजिक व्यवस्थाका विशेष अङ्ग हुन्। यसको माथि बनेका पुल, बाँध , नदी परियोजनाहरू भारतको बिजुली, पानी र कृषिसँग सम्बन्धित आवश्यकतालाई पूरा गर्छ। वैज्ञानिकहरू भन्छन् कि यो नदीको जलमा ब्याक्टिरियोफेज नामक विषाणु हुन्छन् जो जीवाणुहरू र अन्य हानिकारक सूक्ष्मजीवहरूलाई जीवित रहन दिदैनन्। गङ्गाको यस असीमित शुद्धीकरण क्षमता र सामाजिक श्रद्धा रहेता पनि यसको प्रदूषण रोक्न सकिएको छैन ।(पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Nepaboy, भवानी गौतम र बिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: लेखको आधार, प्रयाप्त पर्यटकीय क्षेत्र भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:०३, ३० अप्रिल २०१६ (युटिसी(UTC))

-- प्रमुख लेख बन्नको लागि अयोग्य घोषित ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:०७, १ मे २०१६ (युटिसी(UTC))

 असमर्थन अयोग्य लेख- Has data without references and remaining of Hindi translation. _DULAL (मसँग कुरा गर्नुहोस्) १७:५१, ३० अप्रिल २०१६ (युटिसी(UTC))