नवीन विभास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नवीन विभास
जन्मवि.स. २०३६ मंसिर २९
राङ्कोट, रोल्पा
राष्ट्रियतानेपाल नेपाली
शिक्षास्नातकोत्तर (अङ्ग्रेजी)
पेशापत्रकारिता, लेखन
चिनारीको कारणकथा,कविता,निबन्ध
उल्लेखनीय कार्य
रोल्पा सुइना[१]
मातापितादलबहादुर पुन मगर
दिलसरी पुन मगर

नवीन विभास नेपाली साहित्यका एक कवि, कथाकार तथा निबन्धकार हुन् ।[२]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

नवीन विभासको जन्म वि.सं. २०३६ साल मङ्सिर २९ गते राङ्कोट गाविस वडा नं.– ७, जैपा, रोल्पामा आमा दिलसरी पुन र बुवा दलबहादुर पुनको कोखबाट भएको हो । उनको खास नाम किरण पुन हो ।[३]

लेखनशैली[सम्पादन गर्नुहोस्]

विशेष गरी विपन्न र समाजको नेपथ्यमा छेकिएका मानिसहरूका कथालाई कविता, निबन्ध तथा कथाका माध्यमबाट प्रस्तुत गर्न माहिर नवीन विभास युद्ध साहित्य लेखनमा क्रियाशील छन् । राजनीतिक द्धन्द्धको परिवेश, भोगाइ र असरहरूलाई कथ्यमा उतार्ने प्रयासमा नवीन विभासले मानवजीवनका दैनन्दिनी समातेर सम्वेदनशील र चिन्तनीय कथाहरू लेख्न सिपालु छन् ।[४]

कार्य जीवन[सम्पादन गर्नुहोस्]

नवीन विभास साहित्य र पत्रकारितामा समानान्तर कलम चलाउँछन् ।[५]एक दशक भन्दा लामो समय नेपाली र अंग्रेजी दैनिक पत्रिकामार्फत् नेपालको राजनीति र द्धन्द्धलाई पछ्याएका नवीन विभासले नेपालको बहुसंस्कृतिलाई पनि नजिकबाट नियालेका छन् । संयुक्त राष्ट्र संघको राजनीतिक मामिला विभागमा समेत काम गरेका स्वतन्त्र अनुसन्धाता विभास राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार र बैचारिक लेख लेख्छन् ।[६]

प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]

  • आधाबाटो हिँडेपछि (कथासङ्ग्रह, २०५७),
  • मौसमका हरफहरु (सङ्युक्त कवितासङ्ग्रह, २०५८),
  • उनका गजल (सङ्युक्त गजलसङ्ग्रह, २०५९)[७]
  • रात पनि ऐठन परेको रातमा (निबन्धसङ्ग्रह, २०६०)
  • रोल्पा सुइना (कथासङ्ग्रह, २०७३)[८][९][१०]

पुरस्कार तथा सम्मान[सम्पादन गर्नुहोस्]

  • राप्ति साहित्य पुरस्कार,२०४९
  • प्रतिभा पुरस्कार २००८, बेलायत
  • इच्छुक पुरस्कार, २०७२, जनसांस्कृतिक महासङ्घ, दाङ
  • इच्छुक स्मृति  पुरस्कार २०७४, इच्छुक प्रतिष्ठान, काठमाण्डौं[११][१२]
  • दलसुर कथा पुरस्कार, रोल्पा[१३]

अन्य लेख रचनाहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "नवीन विभासको रोल्पा सुइना पोखरामा" (नेपालीमा), २०१८-०३-१०, अन्तिम पहुँच २०१८-०६-२४ 
  2. "The Record - Nabin Bibhas", www.recordnepal.com (en-USमा), अन्तिम पहुँच २०१८-०६-२४ 
  3. "नवीन विभास", nepalipratibhapratishthanuk.org (नेपालीमा), अन्तिम पहुँच २०१८-०६-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-१८ मिति
  4. भास्कर गौतम, रोल्पा सुइना भूमिका
  5. "सुखीलाई हेरी भएन, दुःखीलाई हेरी मन बुझाउँछु", अन्तिम पहुँच २०१८-०६-२४ [dead link]
  6. रात पनि ऐठन परेको रातमा कभर पेज भूमिका, साङ्ग्रिला बुक
  7. "[कथा] काँडा" (npमा), अन्तिम पहुँच २०१८-०६-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०४ मिति
  8. "दाङमा ‘रोल्पा सुइना’को परिचर्चा" (नेपालीमा), अन्तिम पहुँच २०१८-०६-२४ 
  9. "Writing the war" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०६-२४ 
  10. 1979-, Vibhāsa, Navīna, Rolpā suinā : kathāsaṅgraha (Saṃskaraṇa pahilo संस्करण), Kāṭhamāḍaum̐, आइएसबिएन 9789937910477 
  11. https://kala.setopati.com/news/5798/ वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-२२ मिति
  12. http://www.thahakhabar.com/news/10425
  13. https://jagaranonline.com/literature/19089[dead link]