नवीन विभास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नवीन विभास
जन्मवि.स. २०३६ मंसिर २९
राङ्कोट, रोल्पा
राष्ट्रियतानेपाल नेपाली
शिक्षास्नातकोत्तर (अङ्ग्रेजी)
पेशापत्रकारिता, लेखन
चिनारीको कारणकथा,कविता,निबन्ध
प्रसिद्ध कार्यरोल्पा सुइना[१]
मातापितादलबहादुर पुन मगर
दिलसरी पुन मगर

नवीन विभास नेपाली साहित्यका एक कवि, कथाकार तथा निबन्धकार हुन् ।[२]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

नवीन विभासको जन्म वि.सं. २०३६ साल मङ्सिर २९ गते राङ्कोट गाविस वडा नं.– ७, जैपा, रोल्पामा आमा दिलसरी पुन र बुवा दलबहादुर पुनको कोखबाट भएको हो । उनको खास नाम किरण पुन हो ।[३]

लेखनशैली[सम्पादन गर्ने]

विशेष गरी विपन्न र समाजको नेपथ्यमा छेकिएका मानिसहरूका कथालाई कविता, निबन्ध तथा कथाका माध्यमबाट प्रस्तुत गर्न माहिर नवीन विभास युद्ध साहित्य लेखनमा क्रियाशील छन् । राजनीतिक द्धन्द्धको परिवेश, भोगाइ र असरहरूलाई कथ्यमा उतार्ने प्रयासमा नवीन विभासले मानवजीवनका दैनन्दिनी समातेर सम्वेदनशील र चिन्तनीय कथाहरू लेख्न सिपालु छन् ।[४]

कार्य जीवन[सम्पादन गर्ने]

नवीन विभास साहित्य र पत्रकारितामा समानान्तर कलम चलाउँछन् ।[५]एक दशक भन्दा लामो समय नेपाली र अंग्रेजी दैनिक पत्रिकामार्फत् नेपालको राजनीति र द्धन्द्धलाई पछ्याएका नवीन विभासले नेपालको बहुसंस्कृतिलाई पनि नजिकबाट नियालेका छन् । संयुक्त राष्ट्र संघको राजनीतिक मामिला विभागमा समेत काम गरेका स्वतन्त्र अनुसन्धाता विभास राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार र बैचारिक लेख लेख्छन् ।[६]

प्रकाशित कृतिहरू[सम्पादन गर्ने]

  • आधाबाटो हिँडेपछि (कथासङ्ग्रह, २०५७),
  • मौसमका हरफहरु (सङ्युक्त कवितासङ्ग्रह, २०५८),
  • उनका गजल (सङ्युक्त गजलसङ्ग्रह, २०५९)[७]
  • रात पनि ऐठन परेको रातमा (निबन्धसङ्ग्रह, २०६०)
  • रोल्पा सुइना (कथासङ्ग्रह, २०७३)[८][९][१०]

पुरस्कार तथा सम्मान[सम्पादन गर्ने]

  • राप्ति साहित्य पुरस्कार,२०४९
  • प्रतिभा पुरस्कार २००८, बेलायत
  • इच्छुक पुरस्कार, २०७२, जनसांस्कृतिक महासंघ, दाङ
  • इच्छुक स्मृति  पुरस्कार २०७४, इच्छुक प्रतिष्ठान, काठमाण्डौं[११][१२]
  • दलसुर कथा पुरस्कार, रोल्पा[१३]

अन्य लेख रचनाहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "नवीन विभासको रोल्पा सुइना पोखरामा" (नेपालीमा), २०१८-०३-१०, अन्तिम पहुँच २०१८-०६-२४ 
  2. "The Record - Nabin Bibhas", www.recordnepal.com (en-USमा), अन्तिम पहुँच २०१८-०६-२४ 
  3. "नवीन विभास", nepalipratibhapratishthanuk.org (नेपालीमा), अन्तिम पहुँच २०१८-०६-२४ 
  4. भास्कर गौतम, रोल्पा सुइना भूमिका
  5. "सुखीलाई हेरी भएन, दुःखीलाई हेरी मन बुझाउँछु", अन्तिम पहुँच २०१८-०६-२४ 
  6. रात पनि ऐठन परेको रातमा कभर पेज भूमिका, साङ्ग्रिला बुक
  7. "[कथा] काँडा" (npमा), अन्तिम पहुँच २०१८-०६-२४ 
  8. "दाङमा ‘रोल्पा सुइना’को परिचर्चा" (नेपालीमा), अन्तिम पहुँच २०१८-०६-२४ 
  9. "Writing the war" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०६-२४ 
  10. 1979-, Vibhāsa, Navīna,. Rolpā suinā : kathāsaṅgraha (Saṃskaraṇa pahilo संस्करण). Kāṭhamāḍaum̐. ISBN 9789937910477. https://www.worldcat.org/oclc/978900747. 
  11. https://kala.setopati.com/news/5798/
  12. http://www.thahakhabar.com/news/10425
  13. https://jagaranonline.com/literature/19089