कुँवर परिवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुँवर वंश/कुँवर काजी खलक
राष्ट्रगोरखा राज्य
नेपाल अधिराज्य
उपाधिहरूकाजी
सम्बोधन शैलीहरू
स्थापना१७ औँ शताब्दी
संस्थापक शासकअहिराम कुँवर (ऐतिहासिक)
रामसिंह राणा (वंशावली)
अन्तिम शासकजङ्गबहादुर राणा (रामकृष्ण परिवार)
बलभद्र कुँवर (जयकृष्ण परिवार)
अपदस्थ१५ मे १८४८ (राणा वंशको स्थापना)
जातियताखस क्षत्रिय (क्षेत्री)
धर्महिन्दू
रामकृष्ण कुँवर

कुँवर वंश वा कुँवर काजी खलक ऐतिहासिक गोरखा राज्य तथा नेपाल अधिराज्यको एक भारदारी सम्भ्रान्त परिवार थियो । यस परिवारको एक शाखापछि राणा वंश हुन गयो । यस परिवारको दुई शाखा; रामकृष्ण परिवार (राणा वंश) र जयकृष्ण परिवार थियो ।

वंशावली तथा किम्बदन्ती[सम्पादन गर्नुहोस्]

कुँवरहरूको वंशावली अनुसार चित्तौडगढमा राजा तत्ता राणा थिए । उनका भतिजा फखत सिंह राणाका छोरा रामसिंह राणा चित्तौडगढको पतनपछि नेपालको पश्चिमी पहाड पसेका थिए । रामसिंहलाई ती पहाडी राजाले बिनातीका बगाले क्षेत्री राजाकी छोरी बिहे गरिदिए । रामसिंहको बगाले राजकुमारीबाट छ जना छोरा भए । रामसिंहका एक छोराले कुँवर खड्काको उपाधि पाएका थिए । रामसिंहका छोरा राउत कुँवरलाई कास्कीका राजाले सरदार बनाए । राउतका छोरा अहिराम कुँवरले कास्कीका राजाको दमन सहन नसकेपछि पराजुली थापाहरूको सहयोगमा झडप गरी गोरखा गए ।

कुँवर वंशावलीमा भनिएको मूलपुरुष रामसिंहले बगाले क्षेत्रीकी छोरी बिहे गर्नुको अर्थ भीमसेन थापाको बगाले थापा कुलसंग कुँवरहरूको घनिष्ठता भएको जोन वेल्पटन तर्क गर्छन् ।[१]

ऐतिहासिक पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

सरदार रामकृष्ण कुँवर,

अहिराम (असिराम) कुँवर कास्कीका सम्भ्रान्त व्यक्ति थिए । उनी गोरखा राज्यको सेनामा भर्ना भए ।[२] अहिरामका तीन छोरा थिए ; रामकृष्ण कुँवर, जयकृष्ण कुँवर र अमरसिंह कुँवर ।[३] रामकृष्ण पृथ्वीनारायण शाहका प्रमुख सेनापति थिए ।[४][५]

रामकृष्ण परिवार (राणा वंश)[सम्पादन गर्नुहोस्]

काजी बालनरसिंह कुँवर, रामकृष्ण परिवारका प्रमुख उत्तराधिकारी

रामकृष्णका एक छोरा थिए; रणजीत कुँवर ।[३] रणजीत कुँवर जुम्ला क्षेत्रका सुब्बा (क्षेत्राधिकारी) थिए ।[६][७] रणजीतका तीन छोरा: बालनरसिंह कुँवर, बलराम कुँवर र रेवन्त कुँवर थिए ।[३] बालनरसिंह कुँवरले राजा रणबहादुर शाहका हत्यारा शेरबहादुर शाहलाई दरबारमा काटेका थिए ।[८][९][१०] उनी मुख्तियार भीमसेन थापाका नजिकका भारदार थिए ।[८] भीमसेनका भाइ काजी नैनसिंह थापाको ज्वाइँ भएका कारणले बालनरसिंहको भारदारी पदमा बढुवा भयो । बालनरसिंहका माहिंला छोरा जङ्गबहादुर कुँवर थिए जसले राणा वंशको उदय गराए ।

जयकृष्ण परिवार[सम्पादन गर्नुहोस्]

कप्तान बलभद्र कुँवर, नालापानीको युद्धका युद्धनायक

जयकृष्ण कुँवरका चन्द्रवीर कुँवर नामक एक छोरा थिए ।[११] सरदार चन्द्रवीर गढवाल क्षेत्रको एक-तिहाइ भूभागका सुब्बा (बडाहाकिम) थिए ।[११] उनी काभ्रे भँवरकोटका बासिन्दा थिए ।[११] चन्द्रवीरका छोराहरू: वीरभद्र र बलभद्र कुँवर थिए ।[२] कप्तान बलभद्र कुँवर नेपालको राष्ट्रिय विभूति (नायक) मानिन्छन् ।

हेर्नुहोला[सम्पादन गर्नुहोस्]

सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Whelpton 2006, पृष्ठ 36.
  2. २.० २.१ http://www.royalark.net/Nepal/lamb2.htm
  3. ३.० ३.१ ३.२ Pradhan 2012, पृष्ठ 193.
  4. Adhikari 1984, पृष्ठ 27.
  5. Hamal 1995, पृष्ठ. 180-181.
  6. Mahesh Chandra Regmi 1975, पृष्ठ 223.
  7. Bolt 1967, पृष्ठ 51.
  8. ८.० ८.१ Acharya 2012, पृष्ठ 67.
  9. Nepal 2007, पृष्ठ. 62–63.
  10. Pradhan 2012, पृष्ठ. 27-28.
  11. ११.० ११.१ ११.२ Regmi 1987, पृष्ठ 48.