१९७८ फिफा विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९७८ फिफा विश्वकप
Copa Mundial de Fútbol
Argentina '78
  (स्पेनी)
प्रतियोगिता विवरण
आयोजक राष्ट्रअर्जेन्टिना
मिति१–२५ जुन
टोलीहरू१६(५ सङ्घहरूबाट)
स्थान(हरू)६ (५ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता अर्जेन्टिना (१औँ उपाधि)
उप-विजेता नेदरल्यान्ड
तेस्रो स्थान ब्राजिल
चौथो स्थान इटाली
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू३८
गोल सङ्ख्या१०२ (२.६८ प्रति खेल)
उपस्थिति१,५४५,७९१ (४०,६७९ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)अर्जेन्टिना मारियो केम्पेस (६ गोल)
उत्कृष्ट खेलाडी(हरू)अर्जेन्टिना मारियो केम्पेस[१]
उत्कृष्ट युवा खेलाडीइटाली आन्तोनियो काब्रिनी[२]
उत्कृष्ट खेल पुरस्कार अर्जेन्टिना[२]


१९७८ फिफा विश्वकप फिफा विश्वकपको ११औँ संस्करण थियो, जुन पुरुषहरूको वरिष्ठ राष्ट्रिय टोलीहरूको लागि प्रत्येक चार वर्षमा हुने फुटबल प्रतियोगिता थियो। प्रतियोगिता अर्जेन्टिनामा १ देखि २५ जुन सम्म आयोजना भएको थियो।

आयोजक राष्ट्र अर्जेन्टिनाले नेदरल्यान्डलाई अतिरिक्त समयपछि फाइनलमा ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो। फाइनल अर्जेन्टिनाको राजधानी बुएनोस आइरेस स्थित रिभर प्लेटको घरेलु रङ्गशाला एस्तादियो मोनुमेन्तालमा भएको थियो। यो जित अर्जेन्टिनाका लागि पहिलो विश्वकप उपाधि थियो। आयोजकले उपाधि जित्ने अर्जेन्टिना पाँचौँ टोली (उरुग्वे, इटाली, इङ्ल्यान्डपश्चिम जर्मनी पछि) थियो। जीतसँगै अर्जेन्टिना विश्वकप जित्ने तेस्रो दक्षिण अमेरिकी टोली बनेको थियो। अर्जेन्टिना, नेदरल्यान्ड र ब्राजिलले क्रमशः स्वर्ण, रजत र कास्य पदक जितेका थिए। इरानट्युनिसियाले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएका थिए। यो अन्तिम विश्वकप प्रतियोगिता पनि थियो जसमा १६ टोलीको मूल समावेशप्रयोग गरिएको थियो। सन् १९३० मा भएको पहिलो विश्वकप देखि, केवल १५ टोलीहरू (आयोजक, जो स्वचालित रूपमा छनोट भएका थिए) लाई छनोट हुन अनुमति दिइएको थियो (सावित विजेताहरूले पनि १९३४ देखि २००२ सम्म स्वत: योग्यता प्राप्त गरेका थिए) तर अर्को विश्वकपको लागि, स्पेनमा, फिफाले त्यो प्रतियोगितालाई २४ टोलीहरूमा विस्तार गरेको थियो।

यो प्रतियोगिता स्पष्ट विवाद, घरेलु राजनीति, र अर्जेन्टिनाको अधिनायकवादी सैन्य सरकारद्वारा कथित हस्तक्षेप र खेल मिलेमतोद्वारा प्रभावित भएको थियो। अपेक्षाकृत नयाँ सैन्य सरकारले विश्व मञ्चमा वैधता खोज्नको लागि यस प्रतियोगितालाई राष्ट्रवादी प्रचारको अवसरको रूपमा प्रयोग गरिरहेको थियो। एक खेलाडी, राल्फ एडस्ट्रोम, बुएनोस आइरेसमा एक व्यक्तिसँग कुरा गरेको आरोपमा गिरफ्तार गरिएको थियो। यद्यपि, अर्जेन्टिनी सेनाले उनलाई आफ्नो त्रुटि (साधारण व्यक्ति नभई खेलाडी भएकोले) भनि पहिचान गरेर रिहा गरेको थियो।[३]

खेलमा प्रयोग भएको आधिकारिक बल एडिडास ट्याङ्गो थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "1982 FIFA World Cup Technical Report", FIFA Technical Group, १९८२, मूलबाट २०१०-०१-०६-मा सङ्ग्रहित। 
  2. २.० २.१ "1978 FIFA World Cup Argentina - Awards", FIFA.com, Fédération Internationale de Football Association, मूलबाट ७ मार्च २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ फेब्रुअरी २०१९ 
  3. Lundström, Klas. "Argentina's World Cup 1978: When FIFA Backed a Junta". 20 November 2022.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]