नेपालका राजपुत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालको राजपुत
तुल्सीपुर रजौटाका ४५औं चौहान सरदार हरदयाल सिंह
जम्मा जनसङ्ख्या
४१,९७२ (२०११ नेपाल जनगणना)[१][२]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 Nepal
भाषाहरू
नेपाली भाषा, मैथिली भाषा, भोजपुरी भाषा
धर्महरू
हिन्दू
सम्बन्धित जातीय समूह
छथरीय श्रेष्ठ, ठकुरी, मैथिल तथा अन्य इन्डो-आर्य गण

नेपालका राजपुत वा प्राचीनतम राजपुत्र प्राचीन तथा मध्यकालीन भारतबाट बसाइँ सरी आएका राजपुतहरूको समुहहलाई भनिन्छ । विशेषतः काठमाडौँ उपत्यका, खस मल्ल राज्य, पश्चिमी बाइसी-चौबिसी राज्यहरू तथा अन्य तराईका भूभागहरूमा राजपुतहरूको प्राचीनदेखि मध्यकालमा बसाइँ सरेको देखिन्छ ।

गङ्गामैदानबाट उत्पत्ति भएको पहिलो नेपाली राजवंश लिच्छवी हो[३] जो राजपुत थिए[४] र त्यस वंशले राजपुत्र नामक उपाधि धारण गरेका थिए ।[५] त्यस्तै ईश्वीको १२ औँ शताब्दीमा भारतमा मुसलमान शासकहरूको बढ्दो हमलाले भारतीय क्षेत्रहरूबाट राजपुत पलायन भै नेपाल आएका थिए ।[६][७][८] ती राजपुत समुहहरू हिमाली भेगको मध्य तथा पश्चिमी पहाडी क्षेत्र (बाइसी-चौबिसी)हरूमा बसोबास गरी आफूसंग धेरै मेल खाने खस समुदायमा मिश्रित भए ।[९] ती पश्चिमी नेपालको राजपूत समुहहरूको खस राज्यलाई बाइसी-चौबिसी राज्यमा टुक्र्याउन ठूलो भूमिका रहेको इतिहासकार फ्रान्सीस टुकर बताउँछन् ।[९]

केही काठमाडौँका मल्लवंशी राजाहरू पनि राजपुत उद्गमका देखिन्छन् मुख्यतः जयस्थिति मल्ल[१०] गङ्गामैदानबाट विभिन्न राजपुत परिवारहरूलाई काठमाडौँका मल्लवंशी राजाहरूले बोलाहट गरी तिनका दरसन्तानबाट नयाँ भारदारी वर्गको निर्माण गरेका थिए ।[११] नेपालको शाह वंशका राजाहरूले राजपुतहरूलाई कानुनी रूपमा विशेष प्राथमिकता दिएका थिए तथा त्यस जातिय समुहहलाई तागाधारी[१२] एवम् दास बनाउन नमिल्ने जातमा वर्गीकरण गरेका थिए ।[१३]

इतिहास[सम्पादन गर्नुहोस्]

खस राज्यका राजपुतहरू[सम्पादन गर्नुहोस्]

चित्तौडको १३०३ को विध्वंसभन्दा पूर्व हिन्दूहरू सानो समुह बारम्बार भएको मुसलमानी हमलाबाट बच्न नेपालतिर पसेका थिए ।[९] अलाउद्दीन खिल्जीद्वारा चित्तौडको १३०३ मा भएको विध्वंस पश्चात राजपुतहरूको ठूलो समुह धार्मिक हिंसाबाट बच्न नेपाल पस्न थाले । यस घटनालाई दुवै नेपाली तथा राजस्थानी परम्पराहरूले समर्थन गर्छ ।[६][७][१४][९][note १] भारतीय विद्वान राहुल रामका अनुसार राजपुतहरूको भारतबाट नेपालमा आगमन भएको घटना निश्चित हो तर नेपालको उच्च घरानाहरूको नश्लिय शुद्धताको विषयमा शंका भने हुनसक्छ ।[१७] इतिहासकार जेम्स टोडका अनुसार एउटा राजस्थानी परम्पराले चित्तौड तथा मोहम्मद घोरीको युद्धपश्चात राजपुतहरू मेवाड देखि हिमालयसम्म १२ औँ शताब्दीको पछिल्लो आर्द्धमा बसाइँ सरेका थिए ।[८] इतिहासकार जोन टि हिचकक तथा जोन वेल्पटनका अनुसार बारम्बारको मुसलमानी हमलाले राजपुत तथा ब्राह्मणहरूको ठूलो बसाइँ सराइँ ईश्वीको १२औं शताब्दी देखि सुरू भएको थियो ।[१८][१९]

स्रोत[सम्पादन गर्नुहोस्]

नोट[सम्पादन गर्नुहोस्]

  1. Scottish scholar Francis Buchanan-Hamilton doubts the first tradition of Rajput influx to Nepal which states that Rajputs from Chittor came to Ridi Bazaar in 1495 A.D. and went on to capture the Gorkha Kingdom after staying in Bhirkot.[१५] He mentions the second tradition which states that Rajputs reached Palpa through Rajpur at Gandak river.[६] The third tradition mentions that Rajputs reached Palpa through Kumaon and Jumla.[१६]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. http://cbs.gov.np/image/data/Population/Population%20Monograph%20of%20Nepal%202014/Population%20Monograph%20V02.pdf वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-१८ मिति
  2. "Nepal Census 2011" 
  3. Pradhan 2012, पृष्ठ 2.
  4. Regmi 1973a, पृष्ठ 146.
  5. Vajracharya 1975, पृष्ठ 239.
  6. ६.० ६.१ ६.२ Hamilton 1819, पृष्ठ. 129-132.
  7. ७.० ७.१ D.R. Regmi 1961, पृष्ठ 14.
  8. ८.० ८.१ Todd 1950, पृष्ठ 209.
  9. ९.० ९.१ ९.२ ९.३ Pradhan 2012, पृष्ठ 3.
  10. Acharya 1970, पृष्ठ 4.
  11. Acharya 1970, पृष्ठ 12.
  12. "How discriminatory was the first Muluki Ain against Dalits?", २०१५-०८-२१। 
  13. Regmi 1969a, पृष्ठ 44.
  14. Wright 1877, पृष्ठ. 167-168.
  15. Hamilton 1819, पृष्ठ. 240-244.
  16. Hamilton 1819, पृष्ठ. 12-13,15-16.
  17. Ram 1996, पृष्ठ 77.
  18. Hitchcock 1978, पृष्ठ. 112-113.
  19. Whelpton 2005, पृष्ठ 10.